Thursday, January 29, 2015

ओलीले क–कसलाई देखाए राष्ट्रपतिको सपना ?

बालकोटमा बसेर दक्षिणपन्थी कोर्सलाई सहयोग पु¥याइरहेका र भावी प्रधानमन्त्रीको सपनामा चुर्लुम्म डुबेका एमाले अध्यक्ष केपी ओलीले एकैपटक तीन–तीन जनालाई राष्ट्रपतिको सपना पनि बाँडेको रहस्य खुलेको छ । आफू नजिकका पार्टी नेताहरुको बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालाले ओलीले राष्ट्रपतिका लागि तीन जनालाई सपना बाँडेको खुलासा गरेका हुन् । उक्त बैठकमा सहभागी कांग्रेसका एक नेताका अनुसार ओलीले भावी राष्ट्रपतिका रुपमा प्रधानमन्त्री सुशील कोइराला, एमाले उपाध्यक्ष विद्या भण्डारी र एमाले वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने सपना देखाएको बारे प्रधानमन्त्री कोइरालाले ब्रिफिङ गरेका थिए ।

गोर्खाल्याण्डका नेता घिसिङको निधन

गोर्खाल्याण्ड आन्दोलनका  प्रणेता एवं साहित्यकार नेता सुवास घिसिङको ८० वर्षको उमेरमा निधन भएको छ । कान्तिपुर दैनिकमा समाचार छ । दिल्लीस्थित गंगाराम अस्पतालमा उपचाररत घिसिङ लामो समयदेखि थाइराइडको समस्याले ग्रस्त थिए ।

सन् १९८० देखि १९८६ सम्म चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन घिसिङकै नेतृत्वमा भएको थियो । उक्त आन्दोलन हिंसात्मक वन्दा करिव १ हजार २ सय वढीले ज्यान गुमाउनु परेको थियो ।

नातिको भूमिका तयार गर्दै पूर्वराजा

आफ्नो निजी बगानमा राजतन्त्रलाई फर्काउन सकिने वा नससकिने डिजाइन बुन्दै पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार काठमाडौं आउँदैछन् ।  बालखसा प्रभुशमशेर जवरा, पूर्वशाही पाश्र्ववर्ती भरतकेशर सिंह, पूर्वसैनिक सचिव शान्तकुमार मल्ल, रेणु राणा, करुणा राणा र प्रभुशमशेर पत्नी राज्य राणा लगायतका अति निकटसँग उनी बसेका छन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको स्रोतले बतायो । बसाइका क्रममा पूर्वराजाले आफ्नो निजी सचिव सागर तिमल्सिना र संवाद सचिव डाक्टर फणीराज पाठकलाई पनि राख्नुभएको थियो ।

ज्योति मगर भन्छिन्, 'मेरो ज्यान छुनलाइ होइन, हेर्न चै पाइन्छ'

लोकगायिका ज्योति मगरका ‘उही मुलाको सिन्कीु, ‘पिरतीमा दम छु, ‘जिम्वाल बाउकी छोरीु आदि गीत चर्चित छन्। आफैँ गीत लेख्ने र कम्पोज गर्ने मात्रै होइन, आफ्ना गीतमा आफैँ मोडलिङ गर्छिन् उनी। उत्तजेक भावभंगी र पहिरन शैलीका कारण ज्योति बेलाबेलामा चर्चामा आइरहन्छिन्। उनीसँग शुक्रबार साप्ताहिकका डिबी खड्काले गरेको अन्तरंग कुराकानीः

केटाकेटीको जाडो बाख्राले खान्छ भन्थे। तपाईं जाडोमा पनि स्टेज कार्यक्रममा छोटै पहिरनमा देखिनुहुन्छ। तपाईंको जाडोचाहिँ केले खान्छ ?

उठेरै पिसाब फेर्न पाउने अदालतको फैसला

भाडा बस्ने मानिसहरुले आफु बसेको घरको शौचालयमा पिसाब फेर्दा उठीउठी फेर्न पाउने फैसला अदालतले गरेको छ । आफ्नो घरमा भाडामा बस्ने एक जना युवकले ट्वाइलेटमा उठेर पिसाब फेर्दा भुइँमा चुहेको पिसाबले ट्वाइलेटको मार्वलमा क्षति पूराएको भन्दै एकजना घरबेटीले हालेको मुद्दामा अदालतले यस्तो फैसला गरेको हो ।

छोरीको नग्न तस्बिर देखेपछि बुवाले त्यागे प्राण

मोडलिङ क्षेत्रमा पाइला राखेलगत्तै रोमानियाको एक पुरुषहरुको म्यागजिनमा नग्न फोटोसुट गरेकी प्लेब्वाई मोडलका बुवाले छोरीको यस्तो फोटो देख्नेबित्तिकै प्राण त्याग गरेका छन् । लोरेडाना चिभुले आफू र आफ्नो बुवाको सम्बन्ध निकै नै निकट भएको बताउँदै नग्न फोटोसुट सँगै आफ्ना बुवाले सदाका लागि छोडेर गएको बताइन् ।

उक्त फोटोसुटपछि बुवा पहिले त आफूसँग नबोलेको तर चिभुले यो क्षणीक सोचेको बताएकी छिन् । उनले भनिन्, ‘मैले सपनामा पनि सोचेको थिइनँ कि मेरो बुवाले आफैँलाई मार्नुहुनेछ । मैले गरेको व्यवहार थाहा पाएपछि उनले आफूले आफैलाई काटे र मलगायतका परिवारलाई एक्लो बनाएर सधैँका लागि हामीबाट बिदा भए । ’ फोटोसुट पछिको केहि महिनासम्म आफ्नो बुवासँग पहिलाको जस्तै सम्बन्ध स्थापित गराउन खोज्दाखोज्दै एक दिन बुवाको मृत शरिर भेटिएको चिभुले डेली मेललाई बताइन् ।

Tuesday, January 27, 2015

स्कर्टभित्र टिभी लुकाएर फरार भइन् महिला(भिडियो)

चोरीका अनेक किस्सा तपाइहरुले सुन्नुभएकै होला । तर, वास्तविक जीवनमै पनि यस्तो घटना हुनेरहेछन् । कोस्टारिकाकी एक महिलाले एउटा टिभी स्टोरबाट टिभी निकाली स्कर्टभित्र लुकाएर फरार भएकी छिन् ।
उनको यो हर्कत सिसिटिभीबाट पत्ता लगेको हो । अहिले यो भिडियो भाइरल बनेको छ । उनलाई अहिलेसम्म प्रहरीले पक्रन सकेको छैन ।–एजेन्सी
भिडियो हेर्नु भित्र

राम्री देखिन सर्पको रगत पिउछन्

जकार्ता । इन्डोनेसियाका महिलाहरु आफुलाई सुन्दर र राम्रो बनाइराख्न सर्पको रगत पिउने गर्छन् । कोब्राको रगत छालालाई चमकदार बनाइराख्ने काइदाको औषधी भएको उनीहरुको बुझाइ छ ।

त्यसैले जकार्तामा कोब्राको रगत बेचिन्छ । मानिसहरु साँझको समयमा कुनै पसलमा गएर यस्तो रगतको चुस्की लिन्छन् । रगतको माग बढेसँगै एक पसलमा हजारभन्दा बढी सर्प काटिन्छन् । सर्पको मासु खाने प्रचलन पनि रहेकोले यहाँ एक रातमै उनीहरु १५–२० लाख कमाउँछन् ।




विपक्षीको आन्दोलन कमजोर पार्न एमालेले ल्यायो यस्तो योजना

एमालेले संविधान निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिन र विपक्षीको सम्भावित आन्दोलन कमजोर पार्न मुलुकभर संगठन परिचालन गर्ने भएको छ ।

यसका लागि पार्टीले तत्कालै कार्यक्रमहरु तयार गर्नेछ । संसदीय दलले सभासद्हरुलाई १० दिनका लागि गाउँ जान निर्देशन दिइसकेको छ । अन्य जनसंगठलाई पनि कसरी परिचालन गर्ने भन्नेबारे पार्टी कार्यालयले गृहकार्य थालेको छ ।

पाकिस्तानी खेलाडीलाई 'भूत'ले तर्साएपछि....

विज्ञानले भूतुको अस्तित्व स्वीकार गर्दैन। उसले भूतलाई मनोवैज्ञानिक त्रासका रूपमा व्याख्या गर्छ। विज्ञानको विकास उत्कर्षमा पुगे पनि 'भूतुको त्रास भने कायमै रहेको पाइन्छ। 'भूतु आतंकका कारण पाकिस्तानी क्रिकेट टोलीका एक सदस्य ह्यारिस सोहेल यतिबेला चर्चामा छन्।

हाल टोलीसँगै न्युजिल्यान्डमा रहेका सोहेलले होटलमा राति अचानक भूतले तर्साएको भनी आत्तिएको खबर पाकिस्तानी सञ्चारमाध्यममार्फत विश्वभर छाएको छ। पाकिस्तानी क्रिकेट टोलीका व्यवस्थापक माभिद अक्रम चिमाका अनुसार सोहेलले सुतिरहेका बेला खाट हल्लाएको भन्दै मध्य रातमा प्रशिक्षकलाई फोन गरेका थिए।

कोसँग कस्तो छ प्रधानमन्त्रीको सम्बन्ध ?

काठमाडौं, कांग्रेस सभापति सुशील कोइराला देशमा पछिल्लो समयमा विकसित भएका राजनीतिक घटनाक्रमलाई काबुमा ल्याउन सक्ने स्थान प्रधानमन्त्रीको कुर्सीमा छन् । विपक्षी दलहरु सत्तारुढ दलले जवरजस्ती संविधानसभामा प्रक्रिया थाल्ने कदम लिएपछि उनीमाथिको अपेक्षा झनै बढेको छ ।

देशको संविधान बनाउने संविधानसभामा चालिएको पछिल्लो कदम असंवैधानिक भएको भन्दै विपक्षी दलहरुले संविधानसभा छाड्ने सम्मका चेतावनी दिइरहेका छन् ।

अपहरणपछि बालकको हत्या

बारा – कलैया–५ स्थित ताला लगाइएको कोठामा सुतिरहेका ४ वर्षीय बालकको सोमबार राति अपहरणपछि हत्या गरिएको छ । भारत मोतिहारी जिल्ला माधोपुर करमवा घर भई २ वर्षदेखि कलैयामा किराना पसल गर्दै आएका मोतिलाल साह कलवारका छोरा आशिषको हत्या भएको हो ।

अपहरणका बेला बाबु किराना पसलमै थिए । आमा रिनादेवी भने छिमेकीको होटलमा चिसो कपडा सुकाउँदै थिइन् । उनको साथमा कान्छो छोरा थिए । कोठाबाट घटनास्थल दुई सय मिटर दूरीमा छ । किराना पसल र होटलको दूरी भने ५० मिटरमा छ ।

पर्सिदेखि घर नजिकै ग्यास

ग्यास नपाएर हैरान भइरहेका काठमाडौंबासीले अब घर नजिकैनजिकै रहेको ग्यास डिपो ९ग्यास पसल० बाट ग्यास पाउने भएका छन्।

सरकारले शुक्रबारदेखि काठमाडौंका उपभोक्तालाई घर नजिकैबाट सहजै ग्यास उपलब्ध गराउने गरी ‘विशेष वितरण कार्यक्रम’ चलाउने भएको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ। जसअनुसार उपत्यकालाई विभिन्न सात क्षेत्रमा छुटइएर सात दिनसम्म दिन बिराएर ग्यास वितरण गरिने नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए।

सबैभन्दा पहिले कुर्सी तोड्ने सभासद्ले भने– ‘बाबुरामले गर्दा कुर्सी तोडें’

काठमाडाैं । माघ ५ गते संविधानसभाभित्र तोडफोड गर्ने एनेकपा माओवादीको पूर्वयोजना थियो कि थिएन ? अहिले यो प्रश्न व्यापक रूपमा उठिरहेको छ।
 
एमाओवादीले बहुमतीय प्रक्रिया रोक्नका लागि आफूहरूले प्रतिवाद गर्दा यो अवस्था आएको बताउँदै आएको छ भने सत्ता पक्षले सुनियोजित आक्रमण भन्दै आएको छ। संविधान निर्माण गर्ने थलोमै राजनीतिक मुठभेडले विश्वभरि नै राम्रो सन्देश गइरहेको छैन।
 
एमाओवादीलगायतका सभासद्ले कुर्सी तोडफोड र नाराजुलुस गरे पनि सभाध्यक्षले बहुमतबाटै संविधान निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने ढोका खोलिसेका छन्। माघ ५ गते मध्यरातमा सबैभन्दा पहिला कुर्सी तोडफोड गर्ने एमाओवादीका सभासद् दलजित श्रीपालीले कुर्सी तोडफोड गरेर आफूले कुनै गल्ती नगरेको बताएका छन्।
 

प्रचण्ड मोर्चाबाट बाहिरिए मोहन वैद्य

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० को नेतृत्वमा घोषण गरिएको संयुक्त आन्दोलनको मोर्चाबाट मोहन वैद्य नेतृत्वको नेकपा(माओवादी बाहिरिएको छ। आजको अन्नपूर्णमा खबर छापिएको छ।

संविधानसभा विघटन गर्ने मुद्दामा प्रचण्ड नेतृत्वको मोर्चा सहमत नभएपछि वैद्य पक्ष बाहिरिएको हो। संविधानसभामा संविधान लेखनका लागि अघि बढाइएको प्रक्रियाविरूद्ध प्रचण्डले वैद्यसमेतलाई साथमा लिएर माघ ६ गते संयुक्त आन्दोलन गरेका थिए।

मान्छेकै मासु खानुपर्दाका दिन

हिटलरको यातना भोगेकी महिला काठमाडौंमा 
काठमाडौं स् ुउरी, मलाई कोट देऊ तु, हिटलरको यातनाशिविरबाट उम्किएकी सारा अटमोन संयोगले हिउँदे चिसोमा हिमालयको देश आइपुगिन् र उरी ९पति० सँग कोट मागिन्।


 'लगभग यही बेलातिरकै चिसो सम्झिए हुन्छु, काठमाडौंको हिउँदे चिसोले उनलाई ११ वर्षको उमेरमा हिटलरको पन्जामा पर्दाको कठ्यांग्रिने दिनहरू सम्झायो।

Monday, January 26, 2015

छिमेकीसँग प्रेम गरेको भन्दै बाबुले गरे छोरीको हत्या

वीरगन्ज । छिमेकी युवकसँग प्रेमसम्बन्ध राखेकै कारण पर्साको लापर्साकी एक किशोरीलाई आफ्नै बाबुले हत्या गरेको रहस्य खुलेको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले किशोरीका बाबु र आमासहित चारजनालाई पक्राउ गरेपछि घटना बाहिर आएको हो ।

लालपर्सा ८ की १४ वर्षीया फूलपती कुमारीको हत्या उनकै बाबु रमेश महतो धानुकले गरेको रहस्य खुलेको हो । छोरी फूलपती र छिमेकी युवक मुन्ना साह तेलीबीच प्रेम सम्बन्ध रहेको हल्ला गाउँमा फैलिएपछि आक्रोसमा आएका रमेशले छोरीलाई कुटपिट गरी हत्या गरेका थिए ।

नेपालमा ५० हजार विदेशी कामदार !

काठमाडौं । स्वदेशमा काम नपाएको भन्दै दैनिक १५ सयभन्दा बढी नेपाली युवा बिदेसिइरहँदा नेपालमै काम गर्न आउने विदेशी पनि उल्लेख्य छन् । धेरैजसो नेपाली खाडी मुलुकमा जस्तो काम गर्छन, ठीक त्यस्तै अर्थात निर्माण क्षेत्रमा आउने कामदारको संख्या निकै बढेको छ ।

नेपालका ठूला परियोजना विदेशी ठेकेदारमार्फत कार्यान्वयन हुन थालेपछि विदेशी कामदारका लागि पनि नेपाल आकर्षक गन्तव्य बनेको कारोबारमा खबर छ ।

सडकछेउ लुगा सिलाएरै करोडपति

सुनसरी । २४ वर्षअघि १३ सय रुपैयाँको लुगा सिउने मिसन बाकेर मोरङको दर्बेसाबाट सुनसरीको इटहरी पसेका ४३ वर्षीय सुशील महरा यतिबेला करोडका मालिक भएका छन् । सीप सदुपयोग गरे पैसा कमाउन विदेश जानु नपर्ने मान्यता राख्ने महरा इटहरकिा लागि मात्र नभई मुलुकभरका बेरोजगार युवाका निम्ति उदाहरणीय बनेका छन्, नयाँ पत्रिकामा खबर छ ।

इटहरी उपमहानगरपालिकाको मुख्य चोकबाट दक्षिणतर्फ इटहरी(विराटनगर राजमार्गको पूर्वमा रहेको आकर्षण बस्त्रालय अगाडि एउटा लुगा सिउने मेशिन एरि बसेका महरालाई काम थालेदेखि एक दिन पनि खाली बस्नु परेको छैन ।

सयको नुन लिन २५ सय खर्च

बाजुरा । बाजुराको दुर्गम गाउँ रुगिनका अर्जुन रोकाया सात दिन समय र २५ सय रुपैयाँ खर्च गरेपछि गत शनिबार ११ किलो नुन लिएर घर फर्किए । ११ किलो नुनको मूल्यबापत भने उनले जम्मा ९९ रुपैयाँ तिरे ।

उनको गाउँबाट नुन डिपो पुग्न तीन दिन लाग्छ । र्फकन अर्को तीन दिन र एक दिन लाइनमा बसेपछि उनले नुन पाए । यो सात दिनको अवधिमा खान र बास खर्चबापत उनको २५ सय खर्च भएको छ । भन्छन्, ‘११ किलो नुनलाई २५ सय ९९ रुपैयाँ तिरेपछि ठूलै युद्ध जितेजस्तो भो ।’ अब उनको अर्को ११ किलो नुन लिने पालो एक महिनापछि मात्रै आउने राजधानीमा खबर छ ।

विदेशका पार्टी संगठनलाई पैसा बाड्दै सरकार

काठमाडौ । विदेशमा रहेका नेपालीहरुलाई स्व्देशमा फर्किएर आर्थिक विकासमा लाग्न प्रधानमन्त्री सुशील कोइराला पटक(पटक आग्रह गर्छन् । तर तिनै प्रधानमन्त्री कोइराला विदेशमा रहेका संघ संस्थाहरुलाई मन्त्रिपरिषदमा ठाडो प्रस्ताव लगेर पैसा बाड्ने निर्णय गरिरहेका छन् ।

भारतमा रहेको नेपाली जनसम्पर्क समितिलाई मन्त्रीपरिषदबाट निर्णय गराएर पाँच लाख रुपैयाँ सहयोग गरिएको छ । त्यो पनि बीपी कोइरालाको नाममा कार्यक्रम गर्नको लागि, दृष्टि साप्ताहिकमा खबर छ ।

पोर्न फिल्म हेरे मृत्युदण्ड



एजेन्सी– यो समाचार हो उत्तर कोरीयाको जहाँ भिखारीहरुको फोटो खिच्न समेत मनाही छ ।
चरम भोकमरी र भ्रष्टाचारबाट गुज्रिरहेको उत्तर कोरियाको कानुन निकै कडा छ ।

त्यस्तै कानुनहरुको बीचमा एउटा यस्तो कानुन बनेकोछ त्यहाँ, जुन आफैमा आश्चर्यजनक छ ।
त्यहाँको कानुनमा पोर्न फिल्म हेर्नेलाई मृत्युदण्ड दिइन्छ ।

त्यहाँ पोर्न फिल्म हेर्नु गम्भीर अपराध हो ।
त्यहाँका मानिसहरुलाई जिन्सका लुगा लगाउन पनि प्रतिबन्ध छ । यदि कसैले जिन्सका लुगा लगाएमा त्सलाई कडा सजाए दिइन्छ ।

आफ्नै सेक्स भिडियो आफैं बनाउँदै माइली

एजेन्सी । माइली साइरस सबैभन्दा विवादीत र चर्चामा आइरहने अभिनेत्री हुन् । उनले फेरी एकपटक विवादीत निर्णय गरेकी छन् ।

चर्चाकालागि अनेक तिकडम गर्ने माइलीले आफ्नो सेम्स भिडियो बनाउने तयारीमा लागेको बताउन थालेकी छिन् ।

उनले बनाउने सेक्स भिडियोको नायिका उनी आफैं हुने छिन् भने निर्देशन पनि आफैंले गर्ने बताएकी छन् ।
उनले भिडियो चाँडै नै बजारमा आउने बताएकी छन् । अति उत्ताउली स्वभावकी माइली यस्तै हर्कतका कारण चर्चामा आउने गरेकी छिन् ।

अब उनको यौन भिडियोले कस्तो चर्चा पाउने हो, त्यो हेर्न चाँहि दुई चार दिन कुर्नुपर्ने हुन्छ ।

मुलीको मृत्युमा औंला नै काट्नुपर्ने


देश अनुसारको भेष भने झै संसारमा अनेकौ नीतिनियम हामीले देख्दै सुन्दै आएका छौं । यस्ता कैयौँ जनजाति समुदाय छन्, जसको रीतिरिवाज, परम्परा र संस्कार सुन्दा अनौठो लाग्छ । यस्तै अनौठो र दर्दनाक परम्परा भएको समुदाय इन्डोनेसियाको पापुआमा बस्ने एउटा जनजाति समुदायमा पनि छ ।

यो समुदायमा परिवारको मुख्य सदस्यको मृत्यु भएपछि परिवारका अन्य सदस्यको हातका औँला काटिन्छ । परिवारका महिला, पुरुष र बालबालिका सबैले मूल व्यक्तिको मृत्युको शोकमा बन्चरोले आफ्ना औंला कटाउनुपर्छ । औंला काटेपछि उनीहरूको अनुहारमा माटो र खरानी पोतिन्छ ।

यौनप्यासी युवासँग एक फन्को

हामी होटलको टेबुलमा बसेर स्थिति बुझिरहेका थियौँ। खाइलाग्दो ज्यान भएका, ३० वर्ष नकटेका एक युवा आए। उनले झोलाबाट मोबाइल निकाले र चार्ज गर्न अघि बढे। चार्ज उनी आफैँ पनि हुनु थियो। मोबाइलमा समेत रहेनछ। हातमा चुरोट सल्काएर हिँडिरहेकी युवतीले रोकिन्, ‘दाइ, हामी बन्द गर्न लाुको, चार्जमा नलगाउनुस्।'

उक्त सेक्स सेन्टरका नियमित ग्राहक उनको आशा निराशामा बदलियो। न आफू चार्ज हुन पाए, न मोबाइल चार्ज भयो। उनी हाम्रो टेबुलतिर बढेर प्रश्न गरे, ‘किन आज चाँडै बन्द गर्न लाग्यारुु हामीलाई कुनै आइडिया थिएन। १२ वर्ष जतिको एउटा केटो नजिकै भाँडा माझ्दै थियो। उसले भन्यो, ‘साहूजीलाई पुलिसले लग्या छ।'
हामीले साधेखोज गर्यौँ । एक्कासि प्रहरीको भ्यान आएर यौनधन्दा चलाएको भन्दै एक युवतीसहित साहूजीलाई लिएर गएछ। ती युवाको अनुहारमा निराशा मडारिएको स्पष्टै देखिन्थ्यो। तर, उनले ठट्टा गरे, ‘यस्तो त भइरन्छ नि, के पिर हैन त सोल्टी?

दुनियाको सबैभन्दा ठूलो गोलभेँडा, तौल डेढ किलो

एउटा गोलभेँडाको गेडाको तौल कति होला रु कल्पना गर्न सक्नुहुन्छ, डेढ किलो तौल भएको गोलभेँडा रु बजारमा डेढ किलो गोलभेँडा किन्न एउटा प्लास्टिक भरि दर्जनौँ गोलभेँडाका गेडा बोकेर आउने हाम्रो लागि डेढ किलो तौल भएको एउटा गोलभेँडाको गेडाको विषय साँच्चीकै नौलो हो ।

यो हाम्रोलागि मात्र होइन विश्वभरकै लागि नौलो कुरा हो । बेलायतमा विश्वकै अहिलेसम्मकै ठूलो गोलभेँडा फलेको छ ।

११ हजार भोल्टको बिजुलीले पनि केही हुदैन दीपकलाई

हरियाना । बिजुलीको लाइनमा छोए ज्यानै जाने सम्भावना हुन्छ । कैयौंको ज्यान बिजुलीको झट्काबाट गएको हामीले सुनेकै छौ । कैंयौ अंगभंगका सिकार भएका छन् । तर एक युवकलाई भने ११ हजार भोल्टले पनि केही असर गर्दैन ।

उनी पानीमा करेन्ट प्रवाहित तार डुबाउछन्, अनि हातले चलाउँछन् । उनलाई केही हुदैन । प्लसमाइनस तार जिब्रोमै राखेर जोड्छन्, तैपनि उनलाई खासै केही हुदैन । यी अचम्मको युवा हुन् भारत हरियानाका १६ वर्षे दीपक जाँगड ।

सडकमै महिलाले लिंग टोकिदिएपछि युवकको मृत्यु

एउटा सानो सडक दुर्घटनापछि भएको झगडाले यति विकराल रुप लियो की एकजनाले ज्यान नै गुमाउनु पर्यो । त्यो मृत्यु कुनै हतियारले प्रहार गरेर, गर्धन च्याँपेर वा गोली चलाएर भएको होइन, लिंगलाई दाँतले टोकेर भएको हो ।

घटना नाइजेरियाको हो । नाइजेरियाको बेनिन सहरस्थित इसिहोर इलाकामा केही दिनअघि जिप र कार एक आपसमा ठोक्किएर दुर्घटना भयो । दुर्घटनापछि कारमा रहेकी महिला र जिपमा रहेका पुरुष बाहिर निस्किएर एक अर्कासँग बाझ्न थाले । सुरुमा मुखमात्र चलाएका थिए तर पछि हात हालाहाल नै भयो ।

राम्री बन्न अनुहारको रौँ खौरदैँ जापानी महिला

जापानी महिलाहरु राम्रो छालाका लागि प्रख्यात छन् । उनीहरुको राम्रो छालाको श्रेय स्वच्छ खानपिन र उनीहरुले पाउने जीनलाई पनि जाने गर्दछ । यसका साथसाथै उनीहरुको राम्रो छालाको पछाडि केहि गोप्य रहस्य पनि रहेको छ – अनुहार खौरनु १ यो प्रवृत्ति जापानका सैलुनहरुले प्रतिपादन गरेका हुन् र अहिले थुप्रै महिलाहरुले यसलाई आफ्नो राम्रो छालाको श्रेय मानिरहेका छन् ।  

ओहो कस्तो मेल खाको

रेस्टुरेन्टमा एकजना पुरुषले किंगफिसर बियर अर्डर ग¥यो ।
नजिकै बसेकी महिला बोलीः ओहो कस्तो मेल खाको मैले पनि किंगफिसर नै अर्डर गरेकी छु ।
पुरुषः आज म खुसीको सेलिब्रेट गर्न आएको ।
महिलाः ओहो कस्तो मेल खाको, म पनि सेलिब्रेट गर्न आकी ।
पुरूषः ओहो कस्तो मेल खाको,,तर केको खुशी मा हो ?

Wednesday, January 21, 2015

ल्हुक लोसारका केही तस्विरहरू


‘बामदेवले भिजिलान्ते लगाएर मेरो टाउको फुटाए’

एकीकृत माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले आफूमाथि राज्यद्वारा परिचालित ‘भिजिलान्तेले’ आक्रमण गरेको बताएका छन् ।

नर्भिक अस्पतालमा उपचाररत शर्माले बुधबार स्वास्थ्य अवस्था बुझ्न गएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साग त्यस्तो बताएका हुन् ।

शर्माले उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको निर्देशनमा खटिएका सरकारी ‘भिजिलान्ते’ ले छानीछानी आफू, सभासदद्वय महेन्द्रबहादुर शाही र दलजित श्रीपालीमाथि आक्रमण गरेको बताएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

एमाओवादी मोर्चाले गर्ने भो देशैभर प्रदर्शन

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभाबाट संविधान जारी गर्ने भनिएको दिन बिहीबार देशैभर प्रदर्शन र विरोधसभा गर्ने भएको छ ।

विगतका सहमति, सम्झौता र प्रतिबद्धताअनुसार सहमतिमै संविधान जारी गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागिएको मोर्चाले जनाएको छ ।

शीर्ष नेताको उपस्थितिमा राजधानीको इन्द्रेणी फुडल्याण्डमा बुधबार बसेको संयुक्त जनआन्दोलन समितिको कार्यदल बैठकले राजधानीसहित देशैभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

जबर्जस्ती गरे प्रतिकार गर्ने ३० दलको निर्णय

प्रक्रियाको विरोध गर्दै सहमतिबाट संविधान जारी गर्न दवाब दिँदै आएको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले जबर्जस्ती गरे प्रतिकार गर्ने निर्णय गरेको छ। बुधवार बसेको ३० दलीय मोर्चाको बैठकले बिहीवारसम्म आन्दोलन जारी राख्ने निर्णय गर्दै बिहीवार बस्ने संविधानसभा बैठकमा प्रश्नावली समिति बनाउने खोजे जसरी पनि रोक्ने निर्णय गरेको छ।

माघ ८ मा राजधानीमा विशेष सुरक्षा, आवश्यक परे सेना परिचालन गरिने

माघ ८ मा संविधान आउन नसक्ने भएपछि संभावित मुठभेड र  सुरक्षा खतरालाई ध्यानमा राखेर बिहीबार राजधानीमा विशेष सुरक्षा व्यवस्था गरिएको छ।

गृह मन्त्रालयले काठमाडौं प्रवेश गर्ने नाकाहरू, संविधानसभा भवन, विमानस्थल, सिंहदरबार, बालुवाटार, कुटनीतिक नियोग तथा दूतावास, शितलनिवास, शीर्ष नेताहरूको निवास्थललगायतका उपत्यकाका संवेदनशिल स्थानमा उच्च सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायलाई विशेष निर्देशन दिएको छ।खासगरी संविधानसभा भवन नयाँ बानेश्वरलाई विशेष सुरक्षा घेरामा राखिएको छ।

'एमाओवादी बोकोहराम हुन खोज्दैछ'

एमाले अध्यक्ष केपी ओलीले अन्तराष्ट्रिय रुपमा कुख्यात आतंकवादी समूह बोकोहरामको भूमिकामा एमाओवादी प्रस्तुत हुन खोजेको आरोप लगाएका छन्।

उनले भने, बोकोहरामको त्यो भारी नेपालमा हामीलाई बोकाउन खोजिदैछ। त्यो संभव छैन। त्यो भारी नेपाली बोक्दैनन्।'

विश्वका चर्चित मानिसहरुको ट्वाइलेट आसन, ओबामादेखि पुटिनसम्म

विश्वका हरेक मानिसले दिसापिसाब गर्नैपर्छ, चाहे त्यो सबैभन्दा ठूलो राजा होस् वा रंक नै किन नहोस् । आखिर मलमुत्र त्याग गर्ने न हो, मान्छेहरुले आफ्नो आफ्नो तरिकाले ट्वाइलेटमा प्रस्तुत हुन्छन् ।

कौतुहलताको विषय, यस्तो त्यागको चरणमा विश्वका चर्चित मानिसहरुको आसन कस्तो हुँदो हो रु अब यो विषय कौतुहलताको विषय रहेन । एक जना कलाकारले विश्वका चर्चित व्यक्तिहरुको शौचालयको आसनलाई कलात्मक ढंगले प्रस्तुत गरेकी छिन् ।

इटालियन डिजिटल आर्टिस्ट क्रिस्टिना गुग्गेरीले अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि रुसी राष्ट्रपति भ्लादमिर पुटिन तथा बेलायती रानी एलिजाबेथ देखि जर्मन चान्सलर एन्जेला मर्केलसम्मको दिसा गर्दाको बेलाका पोज तयार पारेकी छिन् ।

डेली ड्युटी अर्थात् दैनिक कामकाज शीर्षकमा उनले फोटोसपमार्फत विश्वका चगभिर्चत व्यक्तिरुलाई कमोटको आसनमा बसालेर आश्चर्यलाग्दा तस्वीर सार्वजनिक गरेकी हुन् ।

विश्वका ठूला मान्छेहरुले कसरी दिसा गर्दा हुन् रु भन्ने कौतुहलता मेट्ने प्रयास गर्दै उनले भनेकी छिन्, ‘हामी सबैले यो दैनिक कार्य एउटै पाराले गछौर्ँ । हामी चुपचाप एक्लै बसिरहेका हुन्छौँ ।’

नुनबाट बन्यो रेष्टुरेन्ट

दुनियामा आजभोलि एकपछि अर्को गर्दै अद्भुत कार्यहरु भैरहन्छन् । यस्तै अद्भुत काममध्येको एक बनेको छ, नुनको रेष्टुरेन्ट । मध्यपूर्वको देश इरानले विश्वकै पहिलो नुन रेष्टुरेन्ट बनाएर सबैलाई आश्चर्यमा पारेको छ ।

दक्षिणी इरानको सिराजमा बनेको यो दुइतले रेष्टुरेन्ट आश्चर्यको केन्द्र बनेको छ । यो रेष्टुरेन्ट आफुले पकाएका खानाका लागि होइन यसको विशेषता अर्कै छ । वास्तवमा यो रेष्टुरेन्टको भवन नै नुनबाट बनेको छ ।
यो रेष्टुरेन्टमा भवनका साथै पाहुनाहरुलाई बस्नका लागि बनाइएका फर्निचर र किचेन समेत नुनबाट बनाइएको छ ।

Tuesday, January 20, 2015

मलाई पनि ट्याक्सीभित्रै राखेर जलाउन खाेजियाे

मेरो नाम धर्म मगर हो। म ४७ वर्षको भएँ। मेरो घर सर्लाही हो तर, १० वर्षदेखि म कंलकीको स्युचाटारमा परिवारसहित बस्छु।

आज बन्द भन्ने त थाहा थियो तर, बिहानै स्युचाटारबाट एक यात्रुलाई पुल्चोक ल्याउनुपर्ने थियो। अघिल्लो दिन साँझ नै चिनजानका एक छिमेकीले पुल्चोक लैजान आग्रह गरेका थिए। पुल्चोकमा यात्रु छाडेर म स्युचाटार फर्कदै थिएँ। दमकल चोकबाट झम्सिखेल हुँदै नयाँबाटो निस्किएर म कलंकी फर्कदै थिएँ।

प्रहरीद्वारा सभासदलाई लाठीचार्ज, जनार्दन शर्माको टाउको फुट्यो

संविधानसभा बैठक स्थगित भएपछि कार्यक्रमका लागि विजुलीबजारतर्फ अघि बढ्दै गर्दा प्रहरीले लाठी चार्ज गरेको छन् ।

संविधानसभामा प्रक्रियाबाट कुनंै पनि हालतमा संविधान जारी गर्न नपाइने र सहमति मै संविधान हुनुपर्ने माग सहित प्रचण्डसहितका विपक्षी दलका सभासदहरु बिजुलीबजारतर्फ कार्यक्रमक लागि अघि बढ्दै गर्दा नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी र एमाओवादी कार्यकर्ताबीच झडप भएको थियो ।

बन्दकर्ताबाटै कुटिए प्रचण्डका सुरक्षाकर्मी, प्रहरीद्वारा प्रचण्डको ‘रेस्क्यु’

एमाओवादी अध्यक्ष प्रचण्डको सुरक्षार्थ लाजिम्पाटस्थित निवासमा खटिएका सशस्त्र प्रहरीले एमाओवादीकै कार्यकर्ताबाट सोमबार नयाँ बानेश्वरमा कुटाइ खाएका छन् ।

संविधानसभाबाट निस्केर सोमबार सवा ४ बजे बिजुली बजारमा कार्यकर्तालाई सम्बोधन गर्न हिँडेका प्रचण्ड कृष्णटावर नजिकै पुगेपछि उनका अंगरक्षकहरुले बन्दकर्ताको पिटाइ खाएका हुन् ।

आफ्ना सुरक्षागार्डमाथि बन्दकर्ताले नचिनेर आक्रमण गरेपछि एमाओवादी अध्यक्ष प्रचण्ड प्रहरीको भ्यानमा चढेर नयाँ बानेश्वर हुँदै लाजिम्पाटतर्फ लागेका छन् । नयाँ बानेश्वरमा संविधानसभा बैठकमा भाग लिन प्रचण्ड लाजिम्पाटबाट प्रहरीकै भ्यानमा आएका थिए ।

कुर्सी भाँच्ने सभासद को को ?


मंगलबार बिहान संविधान सभा बैठक एकाएक रण मैदानमा परिणत भयो। प्रक्रियाबाट संविधान निर्माण अघि बढाउने चरण सुरु गरेपछि एमाओवादी नेतृत्वको मोर्चा आक्रमण र तोडफोडमा उत्रियो। संविधान सभाका कुर्सी भाँचिए, माइक फुटाइए। राजनीतिक लज्जाको यो विषयमा को को संलग्न छन्रु टिम नागरिकन्युजले तोडफोडमा संलग्न सभासद पहिचानगर्ने प्रयास गरेको छ।

बिएस्सी ड्रपआउट उमेशकुमार यादव

Sunday, January 18, 2015

मोडल सुजना ढकाल

मोडल सुजना ढकालका सुन्दर तस्बिरहरू । 

७७ वर्षका मन्त्रीले गरे २४ वर्षीया नर्ससँग विवाह

भारतको मणिपुर राज्यका ७७ वर्षीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री फुंग्झथांग तोनसिङले शुक्रबार २४ वर्षीया नर्स थांगैया सांगसँगको विवाहका कारण निकै चर्चित भएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार तोनसिङ र सांगले चर्चमा एक समारोहका बिच एक–अर्कालाई जीवनसाथीको रुपमा स्विकार गरेका छन् । यो विवाह समारोहमा मुख्यमन्त्री ओकराम इबोबी सिंह र अरु विशिष्ठ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

दुनियाकै ठूलो वक्षस्थलवाली महिला



जर्मन एडल्ड मोडेल बेसाइन, जसको खास नाम मेरा हिल्स हो । उनको नाउँमा यस्तो किर्तिमान छ, जुन अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । उनी विश्वमा सबैभन्दा ठूला कृत्रिम वक्षस्थल भएकी महिला हुन् ।

Saturday, January 17, 2015

करोडौं रुपैयाँ ठगेर नक्कली मेनपावर बन्द

वैदेशिक रोजगारमा दर्ता नै नभएको एक म्यानपावर एजेन्सीले आकर्षक तलबको प्रलोभन देखाई सयभन्दा बढी ब्यक्तिसँग करोडौं रुपैयाँ ठगेको छ । मरिसस, फ्रान्स, अमेरिका र क्यानाडा पठाउने भन्दै जनही ३० हजारदेखि दुई लाख रुपैयाँसम्म असुलेर ‘मकालु हृयुमन रिसोर्स’ नामक नक्कली कम्पनी बन्द भएको छ ।
‘भिसा प्रोसेसिङ्’का लागि भन्दै उसले सय भन्दा बढी नेपालीसँग एक करोडभन्दा धेरै असुलेको थियो ।

सभामै मुठभेडको खतराः प्रचण्ड

प्रमुख विपक्षी एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाभित्रै मुठभेडको खतरा बढेको बताएका छन् । उनका अनुसार कांग्रेस – एमालेको दम्भ र अहंकारले यस्तो खतरा निम्तिएको हो ।

 दोस्रो संविधानसभाको निर्वाचनपछि आफूविरुद्द कांग्रेस–एमालेले मोर्चाबन्दी गरेको आरोप उनले लगाए । ‘संविधानसभाभित्रै ठूलो राजनीतिक मुठभेड हुने खतरा पैदा भएको छ,मुलुक अराजकतातिर जाने खतरा छ,’ नागरिक समाजका अगुवासँग शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रचण्डले भने,‘विगतमा ज्ञानेन्द्रमा आएजस्तै अहंकार र दम्भ अहिले कांग्रेस–एमालेमा चुलिएको छ ।’

प्रचण्डले आफू सहमतिमा संविधान जारी गर्नुपर्ने पक्षमा रहेको पनि बताए ।

एसएलसी दिने विद्यार्थीले नै जानेनन् २१२ लाई २ ले भाग गर्न

२१२ लाई २ ले भाग गर्दा परिणाम कति आउँछ रु फ्याट्टै भन्न सकिन्छ १०६ । तर,दाङ,रुकुम,सल्यान,पाल्पा ,स्याङजा र कास्कीका केही सामुदायिक विद्यालयका ९ र १० का विद्यार्थीले कापीमा लेखेर निकाले १६ ।

 शिक्षा मन्त्रालयको मूल्यांकन तथा निरीक्षण महाशाखाका प्रमुख सूर्यप्रसाद गौतमसहितको टोली पुस पहिलो साता त्यहाँ गएको थियो । विद्यार्थीको शैक्षिक अवस्था हेर्न गएका ४ अधिकारी यस्तो परिणामले जिल्ल परे ।

प्रियंकाले असुलिन चार मिनेटकै सवा करोड

बलिउडका स्टार कलाकारहरुले फिल्मभन्दा स्टेज सोबाट धेरै पैसा कमाउने गरेका छन् । त्यसो त केही नेपाली कलाकारले पनि फिल्मभन्दा बढी बाहिरी कामबाट कमाउने गरेका छन् ।

बलिउडकी चर्चित हिरोइन प्रियंका चोपडाले चार मिनेटमा सवा करोड भारु कमाएकी छिन् । त्यो कसरी भने उनले हालै एक अवार्ड कार्यक्रममा झन्डै चार मिनेट नाचिन् । त्यसबापत उनले आयोजकबाट सवा करोड भारु असुलेकी थिइन् ।

यी हुन् डन दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरकी कमान्डर


संसद्देखि सडकसम्म हंगामा मच्चिएको चर्चित डन दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरको फिल्ड कमान्ड महिला प्रहरी अधिकृतले नै गरेकी थिइन् भन्ने कुरा धेरैलाई थाहा नुहुन सक्छ ।

तर चरी गत साउनमा काठमाडौंको भिमढुंगामा प्रहरीसँगको गोलीहानाहानमा मारिँदा उक्त अपरेसनको नेतृत्व महानगरीय अपराध महाशाखाबाट डीएसपी मिरा चौधरीले गरेकी थिइन् ।

पूर्वमहिला राष्ट्रिय महिला खेलाडीसमेत रहेकी चौधरीसहित महाशाखाको प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० पुष्कर कार्की र प्रहरी निरीक्षक कुमोदविरुद्द चरीका परिवार र खुम्बु ओलीले सर्वोच्च अदालतमा कारबाहीको माग गर्दै रिट हालेका छन्,जुन विचाराधीन छ,आजको नेपाल राष्ट्रिय साप्ताहिकमा खबर छ ।

थाहा पाउनुस्, कुन उमेरमा हुँदैछ तपाईंको भाग्योदय

हामी सबै मानिसहरुले आफ्नो–आफ्नो भाग्य बोकेर आएका हुन्छौँ । मानिसहरुले पाउने सुख, दुख, सम्पत्ति, विपत्ति सबै भाग्यले नै निर्धारण गर्ने गर्दछ । भनिन्छ, दुख पछि सुख अवश्य आउँछ । त्यसकारण सबै मानिसहरुको भाग्यमा सुख, दुख पक्कै छ ।

फरक यत्ति हो, मानिसहरुले के लाई सुख सम्झिन्छन् र के लाई सुख सम्झन्छन् । हामी सबै हाम्रो राम्रो दिन कहिले आउँछ भन्ने कुरा थाहा पाउन आतुर हुन्छौँ । हाम्रो राम्रो समय कहिले आउँछ वा हामीसँग कहिले निकै धेरै पैसा हुन्छ आदि इत्यादि ।

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...