Thursday, January 29, 2015

नातिको भूमिका तयार गर्दै पूर्वराजा

आफ्नो निजी बगानमा राजतन्त्रलाई फर्काउन सकिने वा नससकिने डिजाइन बुन्दै पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार काठमाडौं आउँदैछन् ।  बालखसा प्रभुशमशेर जवरा, पूर्वशाही पाश्र्ववर्ती भरतकेशर सिंह, पूर्वसैनिक सचिव शान्तकुमार मल्ल, रेणु राणा, करुणा राणा र प्रभुशमशेर पत्नी राज्य राणा लगायतका अति निकटसँग उनी बसेका छन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको स्रोतले बतायो । बसाइका क्रममा पूर्वराजाले आफ्नो निजी सचिव सागर तिमल्सिना र संवाद सचिव डाक्टर फणीराज पाठकलाई पनि राख्नुभएको थियो ।



नयाँ संविधान बन्न नसकेको अवस्थामा र प्रतिपक्षी दलले आन्दोलन घोषणा गरी सडक सर्घषमा गएको अवस्थामा पूर्वराजाले अति निकट मानिएकाहरुसँग  अति महत्वपूर्ण छलफल गरेका हुन् ।
छोरा पारस थाइल्याण्डमा बस्न थालेपछि नाति ह्रदयेन्द्रलाई सँगै लग्न थालेका पूर्वराजाले आफ्नो भूमिका नातिका लागि तयार गरिरहेका छन् । स्रोतका अनुसार निकटसँग भएको छलफलमा अबको राजतन्त्रको भूमिका कस्तो रहने भन्ने विषयमा गम्भीर छलफल भएको थियो । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...