Tuesday, January 27, 2015

विपक्षीको आन्दोलन कमजोर पार्न एमालेले ल्यायो यस्तो योजना

एमालेले संविधान निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिन र विपक्षीको सम्भावित आन्दोलन कमजोर पार्न मुलुकभर संगठन परिचालन गर्ने भएको छ ।

यसका लागि पार्टीले तत्कालै कार्यक्रमहरु तयार गर्नेछ । संसदीय दलले सभासद्हरुलाई १० दिनका लागि गाउँ जान निर्देशन दिइसकेको छ । अन्य जनसंगठलाई पनि कसरी परिचालन गर्ने भन्नेबारे पार्टी कार्यालयले गृहकार्य थालेको छ ।



कार्यक्रम तयारीका लागि मंगलबार पार्टी केन्द्रीय कार्यालय बल्खुमा नेताहरुले १६ जनसंगठनका प्रमुखहरुलाई बोलाएर छलफल गरे । छलफलमा बरिष्ठ नेता झलनाथ खनालले र माधवकुमार नेपालले संविधान निर्माणमा एमाओवादी र मधेसीले खडा गरेको व्यवधानबारे जानकारी दिँदै ती विषय जनतामा लैजान निर्देशन दिए । उनीहरुले विपक्षीले गर्ने सम्भावित आन्दोलनको आँकलन गरी आफ्नो रणनीति बनाउन पनि भनेका छन् ।आजको कान्तिपुर दैनिकमा खबर छ । 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...