Monday, January 26, 2015

विदेशका पार्टी संगठनलाई पैसा बाड्दै सरकार

काठमाडौ । विदेशमा रहेका नेपालीहरुलाई स्व्देशमा फर्किएर आर्थिक विकासमा लाग्न प्रधानमन्त्री सुशील कोइराला पटक(पटक आग्रह गर्छन् । तर तिनै प्रधानमन्त्री कोइराला विदेशमा रहेका संघ संस्थाहरुलाई मन्त्रिपरिषदमा ठाडो प्रस्ताव लगेर पैसा बाड्ने निर्णय गरिरहेका छन् ।

भारतमा रहेको नेपाली जनसम्पर्क समितिलाई मन्त्रीपरिषदबाट निर्णय गराएर पाँच लाख रुपैयाँ सहयोग गरिएको छ । त्यो पनि बीपी कोइरालाको नाममा कार्यक्रम गर्नको लागि, दृष्टि साप्ताहिकमा खबर छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गत मंसिर १८ गतेको मन्त्रिपरिषदको बैठकबाट उक्त निर्णय गराइएको थियो । जबकि त्यसबेलासम्म अर्थ मन्त्रालयले समेत त्यसमा सहमति दिएको थिएन ।

परराष्ट्र अधिकारीहरुले पछि मात्रै पत्तो पाएका थिए । हालै पैसा निकासाका लागि कांग्रेस कार्यकर्ताहरु मन्त्रालय धाएपछि उनीहरुले यसबारे थाहा पाएका हुन् । परराष्ट्र मन्त्रालयबाट निकासा हुने गरी त्यसरी पाँच लाख रुपैयाँ विदेशमा रहेका नेपालीहरुको संस्थालाई दिइएको छ ।

राजनीतिक कार्यक्रम गर्नका लागि विदेशमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरुको संस्थाहरुको पैसा निकासा गर्नु पाखण्डीपनको चरम नमूना भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...