Monday, January 26, 2015

छिमेकीसँग प्रेम गरेको भन्दै बाबुले गरे छोरीको हत्या

वीरगन्ज । छिमेकी युवकसँग प्रेमसम्बन्ध राखेकै कारण पर्साको लापर्साकी एक किशोरीलाई आफ्नै बाबुले हत्या गरेको रहस्य खुलेको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले किशोरीका बाबु र आमासहित चारजनालाई पक्राउ गरेपछि घटना बाहिर आएको हो ।

लालपर्सा ८ की १४ वर्षीया फूलपती कुमारीको हत्या उनकै बाबु रमेश महतो धानुकले गरेको रहस्य खुलेको हो । छोरी फूलपती र छिमेकी युवक मुन्ना साह तेलीबीच प्रेम सम्बन्ध रहेको हल्ला गाउँमा फैलिएपछि आक्रोसमा आएका रमेशले छोरीलाई कुटपिट गरी हत्या गरेका थिए ।


पुस ८ गते छिमेकी बेल्वा गाविसमा लागेको मेलामा फूलपती बहिनीसँगै गएकी थिइन् । मेलामा फूलपती र मुन्नाबीच गोप्य भेटघाट भएको खबर उनकी बहिनीले राति घर फर्किएर आमाबाबुलाई दिएकी थिइन् । रमेशले सोही रात निर्घात कुटपिट गरी छोरीको हत्या गरेका थिए । उनले हत्यापछि उखुबारीमा उनको शव जलाएर घटना लुकाउने प्रयास गरेका थिए,आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...