Tuesday, January 20, 2015

मलाई पनि ट्याक्सीभित्रै राखेर जलाउन खाेजियाे

मेरो नाम धर्म मगर हो। म ४७ वर्षको भएँ। मेरो घर सर्लाही हो तर, १० वर्षदेखि म कंलकीको स्युचाटारमा परिवारसहित बस्छु।

आज बन्द भन्ने त थाहा थियो तर, बिहानै स्युचाटारबाट एक यात्रुलाई पुल्चोक ल्याउनुपर्ने थियो। अघिल्लो दिन साँझ नै चिनजानका एक छिमेकीले पुल्चोक लैजान आग्रह गरेका थिए। पुल्चोकमा यात्रु छाडेर म स्युचाटार फर्कदै थिएँ। दमकल चोकबाट झम्सिखेल हुँदै नयाँबाटो निस्किएर म कलंकी फर्कदै थिएँ।



अँध्यारो थियो, ठाडोढुंगा चोकमा एक्कासी चारैतिरबाट ढुंगा बर्सियो। एक जना अगाडि आएर उभियो। एकछिनमै ५ जना आइहाले। एउटाले मिनिरल वाटरको वोत्तलमा पेट्रोल लेराएको रैछ। ट्याक्सीमा छर्न थाले, म बाहिर निस्कन खाजेँ, ढोका खोल्ने ठाउँमा एक जना आएर उभियो।

डर लाग्यो, म भित्रै छु जलाउने भए भन्दै श्रीमती र छोराछोरी सम्झिएँ।  एउटाले भन्यो, मर्न मन छ कि क्या हो रु म भित्रै थिएँ, सलाई कोरेर आगो लगाए। अनि उनीहरु भागे।  अनि बाहिर निस्केँ। मोवाइलबाट १०० नम्बरमा प्रहरीलाई फोन गरेँ।

आफ्नो कुरा बताए। ५ मिनेटमा प्रहरी भ्यान चारैतिरबाट आयो। दमकल पनि आयो। त्यतिबेलासम्म ट्याक्सी पूर्ण रुपमा जलिसकेको थियो। चालक हुँ, ट्याक्सी मेरो होइन। दिनभर यही ट्याक्सी चलाएर जीविका चलाउनुपर्छ। गरिब र सर्वहारा वर्गको निम्ति लडेका माओवादीले म जस्तोलाई गरिखान समेत दिएनन्।
कुर्सीमा बस्न नपाएको झोंकमा मेरो ट्याक्सी जलाइदिए। गरिब र सर्वहारा वर्गको उत्थान गर्छु, भन्दै हिँड्ने माओवादी अर्को चुनावमा म जस्तासँग कसरी भोट माग्ला ?
प्रकाश लामा/सेतोपाटी

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...