Saturday, January 17, 2015

सभामै मुठभेडको खतराः प्रचण्ड

प्रमुख विपक्षी एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाभित्रै मुठभेडको खतरा बढेको बताएका छन् । उनका अनुसार कांग्रेस – एमालेको दम्भ र अहंकारले यस्तो खतरा निम्तिएको हो ।

 दोस्रो संविधानसभाको निर्वाचनपछि आफूविरुद्द कांग्रेस–एमालेले मोर्चाबन्दी गरेको आरोप उनले लगाए । ‘संविधानसभाभित्रै ठूलो राजनीतिक मुठभेड हुने खतरा पैदा भएको छ,मुलुक अराजकतातिर जाने खतरा छ,’ नागरिक समाजका अगुवासँग शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रचण्डले भने,‘विगतमा ज्ञानेन्द्रमा आएजस्तै अहंकार र दम्भ अहिले कांग्रेस–एमालेमा चुलिएको छ ।’

प्रचण्डले आफू सहमतिमा संविधान जारी गर्नुपर्ने पक्षमा रहेको पनि बताए ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...