Saturday, January 17, 2015

करोडौं रुपैयाँ ठगेर नक्कली मेनपावर बन्द

वैदेशिक रोजगारमा दर्ता नै नभएको एक म्यानपावर एजेन्सीले आकर्षक तलबको प्रलोभन देखाई सयभन्दा बढी ब्यक्तिसँग करोडौं रुपैयाँ ठगेको छ । मरिसस, फ्रान्स, अमेरिका र क्यानाडा पठाउने भन्दै जनही ३० हजारदेखि दुई लाख रुपैयाँसम्म असुलेर ‘मकालु हृयुमन रिसोर्स’ नामक नक्कली कम्पनी बन्द भएको छ ।
‘भिसा प्रोसेसिङ्’का लागि भन्दै उसले सय भन्दा बढी नेपालीसँग एक करोडभन्दा धेरै असुलेको थियो ।



पीडितको संख्या र ठगी रकमको परिणाम अझै बढ्न सक्ने अनुमान रहेको कारोबार दैनिकमा खबर छ ।
एजेन्सी सञ्चालक काभ्रेका जयराम मगर कार्यालय बन्द गरेर सम्पर्कविहिन भएका छन् । रकम फिर्ता गराउँन पीडितहरु दैनिकजसो बन्द कार्यालय पुग्छन् । ‘एक सातादेखि कार्याय बन्द भयो, सञ्चालक र कर्मचारी कोही आउँदैनन्,’ नुवाकोटका दीपक कंडेल भन्छन्, ‘कार्यालय खुल्छ की भनेर हामी ३०र४० जना साथी सधैंजसो पुग्छौं तर कसैको अत्तोपत्तो छैन ।’ उनका अनुसार पीडितको संख्या दिनहुँ बढ्दो छ । अहिलेसम्म करिब सय जना सम्पर्कमा आइसकेका छन् ।

असोजमा मकालुले कंगेललाई फ्रान्सको भिजिट भिसा दिए पनि उनले लिएनन् । भिजिट भिसामा गएर बैधानिक रुपमा काम गर्न नपाइने भउकाले उनले नलिएका हुन् । त्यसपछि सञ्चालक मगरले मरिसमा पठाउँने भनी थामथुम पारे । ‘चार महिनाअघि राम्रो कमाईको सपना बाकेर साहुबाट चर्को ब्याजमा एक लाख रुपैयाँ ऋण लिएर मकालुलाई बुझाएको हुँ,’ उनले भने, ‘मगरले काम हुन्छ हुन्छ भन्दै झाुलाए, एक सातादेखि त कार्यालय नै बन्द भयो । अव ऋण कसरी बझाउने चिन्तामा छ ।’

मकालुको कार्यालय सामाखुशी रानीबारीमा प्यान लिएको छ भने कम्पनी रजिष्टार कार्यालयमा पनि दर्ता छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...