Sunday, January 18, 2015

७७ वर्षका मन्त्रीले गरे २४ वर्षीया नर्ससँग विवाह

भारतको मणिपुर राज्यका ७७ वर्षीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री फुंग्झथांग तोनसिङले शुक्रबार २४ वर्षीया नर्स थांगैया सांगसँगको विवाहका कारण निकै चर्चित भएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार तोनसिङ र सांगले चर्चमा एक समारोहका बिच एक–अर्कालाई जीवनसाथीको रुपमा स्विकार गरेका छन् । यो विवाह समारोहमा मुख्यमन्त्री ओकराम इबोबी सिंह र अरु विशिष्ठ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।



तोनसिङको यो दोस्रो विवाह हो र उनकी दुलही उनीभन्दा ५३ वर्षले कान्छी छिन् । उनका पाँच सन्तान छन् र उनकी पहिलो श्रीमतीको सन् २०११ अप्रिलमा मृत्यु भएको थियो । गत नोभेम्बरमा बंगलादेशका ६७ वर्षीय रेलवे मन्त्री मुजीबुल हकले २९ वर्षीय होनुफ अख्तर रिक्तासँग विवाह गरेर चर्चा बटुल्न सफल भएका थियो । रातोपाटी.कमबाट

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...