Wednesday, January 21, 2015

एमाओवादी मोर्चाले गर्ने भो देशैभर प्रदर्शन

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभाबाट संविधान जारी गर्ने भनिएको दिन बिहीबार देशैभर प्रदर्शन र विरोधसभा गर्ने भएको छ ।

विगतका सहमति, सम्झौता र प्रतिबद्धताअनुसार सहमतिमै संविधान जारी गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागिएको मोर्चाले जनाएको छ ।

शीर्ष नेताको उपस्थितिमा राजधानीको इन्द्रेणी फुडल्याण्डमा बुधबार बसेको संयुक्त जनआन्दोलन समितिको कार्यदल बैठकले राजधानीसहित देशैभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।


कार्यदल संयोजक एवम् एमाओवादी महासचिव कृष्णबहादुर महराले राजधानीमा भने बानेश्वर आसपास क्षेत्रमा धर्ना र प्रदर्शन गर्ने निर्णय भएको काठमाण्डु टुडेलाई जानकारी दिए । उनका अनुसार बैठकले सत्तारुढ कााग्रेस–एमालेले प्रक्रियाका नाममा संविधानसभामा जबर्जस्ती गरेकाले मुलुकमा मुठभेड निम्तिने खतरा बढेको निष्कर्ष निकालेको छ ।

बैठकले मंगलबारको बन्द सफल भएको ठहर गर्दै बन्दका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ताको बिनासर्तअबिलम्ब रिहाइको माग गरेको छ । यस्तै बन्दका क्रममा भएको झडपमा घाइते भएका एमाओवादी नेता जनार्दन शर्मा, सभासद दलजित श्रीपाली र एमाओवादी पर्वतका इन्चार्ज कृष्णप्रसाद शर्मा पोखरेलको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको महराले बताए ।

बैठकमा कार्यदल सदस्यहरुका साथै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य, फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देव, फोरम नेपालका नेता रामसहायप्रसाद यादवलगायतको उपस्थिति थियो । काठमान्डुटुडे.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...