Monday, January 26, 2015

सडकछेउ लुगा सिलाएरै करोडपति

सुनसरी । २४ वर्षअघि १३ सय रुपैयाँको लुगा सिउने मिसन बाकेर मोरङको दर्बेसाबाट सुनसरीको इटहरी पसेका ४३ वर्षीय सुशील महरा यतिबेला करोडका मालिक भएका छन् । सीप सदुपयोग गरे पैसा कमाउन विदेश जानु नपर्ने मान्यता राख्ने महरा इटहरकिा लागि मात्र नभई मुलुकभरका बेरोजगार युवाका निम्ति उदाहरणीय बनेका छन्, नयाँ पत्रिकामा खबर छ ।

इटहरी उपमहानगरपालिकाको मुख्य चोकबाट दक्षिणतर्फ इटहरी(विराटनगर राजमार्गको पूर्वमा रहेको आकर्षण बस्त्रालय अगाडि एउटा लुगा सिउने मेशिन एरि बसेका महरालाई काम थालेदेखि एक दिन पनि खाली बस्नु परेको छैन ।
उनी १७ वर्षको उमेरमै विवाहबन्धनमा बाँधिई ०४७ मा १३ सयमा किलेको लुगा सिउने मेशिन बोकेर इटहरी झरेका थिए ।

गाउँमै ऋण खोजेर महराले छिमेकी गाउँ बिसनपुरबाट सेकेण्डहृयाण्ड मेसिन खरिद गरेका थिए । उनी इटहरी आउँदा कपडा पसल कमै मात्र खुलेका थिए । रेडिमेट कपडा पसल भर्खरै खुल्न थालेका थिए । जिन्सका रेडिमेट कपडा बेच्ने पसल धमाधम खुल्न थालेका थिए । इटहरी गएर केही फरक काम गर्ने सोंच बनाएर नै उनले मेसिन काँधमा बोकेर आएको स्मरण गर्छन् ।

गाउँबाटै ब्यापार गर्न इटहरी आएका शुभकामना र भट्टराई स्टोरका सञ्चालकको सुझावमा सुरुबाटै जिन्स पेन्ट फिटिङ, फुल फिटिङ, उध्रिएको कपडा सिलाउने लगायतका काम थालेको उनी बताउँछन् ।

जुन स्थानमा उनी पहिले मेसिन राखेर काम गर्थे अहिले पनि त्यही ९सडकपेटी० बसेरै ब्यवसायलाईं निरन्तरता दिइरहेका छन् । महराले ०५२ देखि ब्यवसायकि रुपमै जिन्स र कटन पेन्ट तथा सर्टको फिटिङ थालेका थिए ।
सुरुमा एउटा पेन्ट फुल फिटिङ गरेको ज्यालाबापत ३० रुपैयाँ लिने गरेको उनी सम्झिन्छन् । त्यतिबेला लिने ३० रुपैयाँ ज्याला अहिले बढेर ७० पुगेको छ । बजारमा चलेको फेसनअनुसार जिन्स पेन्ट चुज बनाउन र फुल फिटिङ गर्न सबैभन्दा बढी युवती आउने गरेको महरा बताउँछन् ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...