Monday, January 26, 2015

मुलीको मृत्युमा औंला नै काट्नुपर्ने


देश अनुसारको भेष भने झै संसारमा अनेकौ नीतिनियम हामीले देख्दै सुन्दै आएका छौं । यस्ता कैयौँ जनजाति समुदाय छन्, जसको रीतिरिवाज, परम्परा र संस्कार सुन्दा अनौठो लाग्छ । यस्तै अनौठो र दर्दनाक परम्परा भएको समुदाय इन्डोनेसियाको पापुआमा बस्ने एउटा जनजाति समुदायमा पनि छ ।

यो समुदायमा परिवारको मुख्य सदस्यको मृत्यु भएपछि परिवारका अन्य सदस्यको हातका औँला काटिन्छ । परिवारका महिला, पुरुष र बालबालिका सबैले मूल व्यक्तिको मृत्युको शोकमा बन्चरोले आफ्ना औंला कटाउनुपर्छ । औंला काटेपछि उनीहरूको अनुहारमा माटो र खरानी पोतिन्छ ।


हातको औंला काटेपछि यसरी परिवारका सदस्यहरूलाई पीडा महसुस हुन्छ । यस्तो पीडाले मृतकको आत्मालाई शान्ति दिलाउने यो समुदायका सदस्यहरूको विश्वास छ । काटिएको औँलालाई तीन मिनेटसम्म धागोले बाँधेर राखिन्छ । त्यसपछि यसलाई सुकाएर जलाइन्छ । इन्डोनेसिया सरकारले केही वर्षअघि यस्तो परम्परामाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाइएपछि औँला काट्ने क्रममा कमी आए पनि निमिट्यान्न भने भएको छैन ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...