Tuesday, January 20, 2015

प्रहरीद्वारा सभासदलाई लाठीचार्ज, जनार्दन शर्माको टाउको फुट्यो

संविधानसभा बैठक स्थगित भएपछि कार्यक्रमका लागि विजुलीबजारतर्फ अघि बढ्दै गर्दा प्रहरीले लाठी चार्ज गरेको छन् ।

संविधानसभामा प्रक्रियाबाट कुनंै पनि हालतमा संविधान जारी गर्न नपाइने र सहमति मै संविधान हुनुपर्ने माग सहित प्रचण्डसहितका विपक्षी दलका सभासदहरु बिजुलीबजारतर्फ कार्यक्रमक लागि अघि बढ्दै गर्दा नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी र एमाओवादी कार्यकर्ताबीच झडप भएको थियो ।



प्रहरीको लाठीचार्जबाट एमाओवादी सभासद जनार्दन शर्मा, रुपा महर्जनसहित केहि कार्यकर्ताहरु घाइते भएका छन् । शर्माको टाउको फुटेको छ भने उनको उपचारका लागि अस्पताल पठाइएको छ ।

सो क्रममा अन्य कार्यकर्ताहरुलाई पनि लाठी चार्ज भएको थियो । झडपपछि प्रचण्डलाई प्रहरीको सुरक्षा घेरामा सुरक्षित स्थानतिर लगिएको थियो । केहीबेर उक्त क्षेत्र तनावग्रस्त बनेपनि अहिले सामान्य छ । रातोपाटी.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...