Tuesday, January 27, 2015

अपहरणपछि बालकको हत्या

बारा – कलैया–५ स्थित ताला लगाइएको कोठामा सुतिरहेका ४ वर्षीय बालकको सोमबार राति अपहरणपछि हत्या गरिएको छ । भारत मोतिहारी जिल्ला माधोपुर करमवा घर भई २ वर्षदेखि कलैयामा किराना पसल गर्दै आएका मोतिलाल साह कलवारका छोरा आशिषको हत्या भएको हो ।

अपहरणका बेला बाबु किराना पसलमै थिए । आमा रिनादेवी भने छिमेकीको होटलमा चिसो कपडा सुकाउँदै थिइन् । उनको साथमा कान्छो छोरा थिए । कोठाबाट घटनास्थल दुई सय मिटर दूरीमा छ । किराना पसल र होटलको दूरी भने ५० मिटरमा छ ।


 ‘आशिष निदाएपछि कोठामा ताल्चा लगाएर उसैले पिसाब गरेको कट्टु सुकाउन साढे ८ बजे गएँ,केहीबेरमा फर्केर आउँदा ढोका फोडेर छोरालाई लगेको रहेछ’, उनले भनिन्,‘त्यसपछि छरछिमेक र पसलमा गएर प्रहरीलाई गुहार्यौं ।’ प्रहरीले खोज्दै जाँदा आशिषलाई आफूहरु बस्ने कोठाको पूर्वपट्टि टाँगा स्टेसनसँगैको फोहोर फाल्ने ठाउँमा लगेर फालेको रहेछ,’ उनले भनिन् । घटनापछि पीडित परिवार ,उनको आफन्त विक्षिप्त छन् ।  कान्तिपुर दैनिकमा खबर छ । 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...