Thursday, January 29, 2015

ओलीले क–कसलाई देखाए राष्ट्रपतिको सपना ?

बालकोटमा बसेर दक्षिणपन्थी कोर्सलाई सहयोग पु¥याइरहेका र भावी प्रधानमन्त्रीको सपनामा चुर्लुम्म डुबेका एमाले अध्यक्ष केपी ओलीले एकैपटक तीन–तीन जनालाई राष्ट्रपतिको सपना पनि बाँडेको रहस्य खुलेको छ । आफू नजिकका पार्टी नेताहरुको बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालाले ओलीले राष्ट्रपतिका लागि तीन जनालाई सपना बाँडेको खुलासा गरेका हुन् । उक्त बैठकमा सहभागी कांग्रेसका एक नेताका अनुसार ओलीले भावी राष्ट्रपतिका रुपमा प्रधानमन्त्री सुशील कोइराला, एमाले उपाध्यक्ष विद्या भण्डारी र एमाले वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने सपना देखाएको बारे प्रधानमन्त्री कोइरालाले ब्रिफिङ गरेका थिए ।



एमाले अध्यक्ष ओलीले गत वर्ष कांग्रेस–एमालेबीच भएको सत्ता साझेदारी सम्बन्धी सहमतिकै आधारमा आफू प्रधानमन्त्री बन्न कोइरालालाई राष्ट्रपतिको अफर गरेको कांग्रेसवृत्तमा चर्चा छ । ओलीले कोइरालालाई राष्ट्रपति बनाउन सके आफ्नो प्रधानमन्त्रीको पदमा कांग्रेसले मोहर लगाउने विश्वास लिएका छन् । त्यसैका लागि उनले आफ्नो पार्टीका संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता संविधानका मूलभूत अन्तरबस्तु थाती राखेर कांग्रेसको प्रस्ताव स्वीकार गरेको कांग्रेसका नेताहरुको बुझाइ छ । त्यसो त प्रधानमन्त्री कोइरालाले पनि आफू राष्ट्रपति भए ओलीलाई कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनाइदिने आश्वासन दिएको कांग्रेसकै नेताहरु बताउँछन् । पार्टी सभापति पनि नछाड्ने, प्रधानमन्त्री पनि चाहिने र अब राष्ट्रपतिमा पनि आँखा लगाउने कोइरालाको कदमलाई भने कांग्रेसकै वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले भने मन पराएका छैनन् । अन्तिममा यो कोर्समा कोइरालालाई असहयोग हुनसक्ने कांग्रेसभित्रका केही सूत्रहरुको दाबी छ । अहिले कोइराला र ओलीबीच देखिएको घनिष्ठता राजनीतिक–वैचारिक धरातल भन्दा पनि भावी सत्ता साझेदारीको कोर्समा भएको आन्तरिक समझदारीको परिणाम रहेको कांग्रेसका एक सभासद्ले बताए ।

यता कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रपतिको अफर दिनुपूर्व ओलीले आफ्नै पार्टीका दुई नेतालाई यस्तो सपना देखाएका छन् । एमाले महाधिवेशनका बेला राष्ट्रपति बनाउने आश्वासन दिएर झलनाथ खनालको समर्थन लिएका थिए ओलीले । अन्तिम समयसम्म मौन बसेर खनालले ओलीलाई केही मतले जिताउन सफल भएका थिए । एमालेका एक केन्द्रीय सदस्यका अनुसार ओलीको यो सपनामा अहिले पनि खनाल पौडिरहेका छन् र त्यसै कारण उनले माओवादी र मधेशवादी दलविरुद्ध उत्तेजित भाषण दिइरहेका छन् । प्रधानमन्त्री निवासमा भएको बैठकमा ओलीको राष्ट्रपतिको यो सपनाबारे पनि छलफल भएको र ओलीले खनाललाई कुनै हालतमा राष्ट्रपति बनाउन नसक्ने निष्कर्ष निकालेको स्रोतको भनाइ छ । ओलीले कोइराला र खनालबाहेक राष्ट्रपतिको सपना एमाले उपाध्यक्ष विद्या भण्डारीलाई देखाएका छन् । ओलीले विद्यालाई नेपालको पहिलो महिला राष्ट्रपति बनाउने आश्वासन दिएका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...