Monday, January 26, 2015

राम्री बन्न अनुहारको रौँ खौरदैँ जापानी महिला

जापानी महिलाहरु राम्रो छालाका लागि प्रख्यात छन् । उनीहरुको राम्रो छालाको श्रेय स्वच्छ खानपिन र उनीहरुले पाउने जीनलाई पनि जाने गर्दछ । यसका साथसाथै उनीहरुको राम्रो छालाको पछाडि केहि गोप्य रहस्य पनि रहेको छ – अनुहार खौरनु १ यो प्रवृत्ति जापानका सैलुनहरुले प्रतिपादन गरेका हुन् र अहिले थुप्रै महिलाहरुले यसलाई आफ्नो राम्रो छालाको श्रेय मानिरहेका छन् ।  

पुरुषहरुले आफ्नो अनुहारमा दाह्री भएको ठाउँमा मात्र खौरिने गर्छन् भने महिलाहरुले आफ्नो अनुहारै भरि खौरिने गर्दछन् । यसले छालालाई नरम र सफा देखाउन मद्दत गर्छ जुन सबै महिलाहरुको चाहना हुने गर्दछ । यो सौन्दर्य उपचार यति चर्चित भएको छ कि लगभग जापानका सबै सैलुनले अनुहार खौरिने सुविधा दिएका छन् । कोही महिलाले प्रत्येक मौसममा फेसियलसँगै अनुहारको रौँ खौरने गर्दछन् भने कोहीले एक महिनामा । कोही महिलाले भने हरेक दिन आफ्नै घरमा आफूलाई मनलागेको ब्लेडको प्रयोग गरेर खौरिने गर्दछन् । कसैले आफ्नो पूरै शरिर खौरिन मनपराउँछन् त कसैले आफ्नो आँखीभौँ खौरिन पनि पछि पर्दैनन् ।

जापानी ब्युटी एक्सपर्टका अनुसार सयौँ वर्षदेखि पुरुषहरुले बुढ्यौलीको गतिलाई सुस्त बनाउने तरिका अपनाइरहेका छन् । एउटै उमेरका भएपनि पुरुषहरु महिलाहरुभन्दा अलि कम उमेरका जस्ता देखिने सबैभन्दा गोप्य कुरा उनीहरुले धेरैजसो आफ्नो दाह्री ‘सेभ’ गर्ने नै हो । सेभिङ क्रिमले छालालाई नरम बनाउने गर्दछ भने सेभ गर्दा यसले मसाजको भूमिका खेल्ने गर्दछ । सेभिङ प्रक्रियाले अनुहारको मरेको छालालाई पनि निकाल्न मद्दत गर्दछ । जसले अनुहारमा फाउन्डेसन र मेकअप सामग्री लगाउन मद्दत गर्दछ ।

अलि वयस्क महिलाहरुलाई पनि यसले सहयोग गर्नेछ । महिनावारी रोकिँदा अनुहारमा आउने अनावश्यक रौँहरुलाई सेभ गरेर फाल्न निकै सजिलो हुने गर्दछ ।   सेभ गर्दा धेरै मानिसहरुले यसको केहि नकारात्मक असर छ कि भनेर डराउने गर्दछन् तर यसका लागि महिलाले चिन्ता नै लिनुपर्दैन किनभने महिलाको अनुहारको रौँ पुरुषहरुको भन्दा नरम हुने गर्दछ ।

एकचोटी सेभ गरिसकेपछि रौँ बाक्लो र कडा हुने कुरामा केहि सत्यता नभएको जापानका ब्युटी एक्सपर्टहरु बताउँछन् । ‘हामी हाम्रा सबै ग्राहकहरुलाई सेभिङ गर्दाको फाइदाको बारेमा बताउने गर्दछौँ,’ सैलुनकी मालिका ममिका ओजाकीले बताइन् । ‘हलिउडका थुप्रै सुन्दरी जस्तै मेरिलिन मोनरोइ, लिज टेलरले वर्षौदेखि यो पद्धती अपनाइरहेका छन् । त्यसकारण अनुहारमा सेभ गर्दा केहि बेफाइदा हुँदैन ।’  रातोपाटी.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...