Monday, January 26, 2015

नेपालमा ५० हजार विदेशी कामदार !

काठमाडौं । स्वदेशमा काम नपाएको भन्दै दैनिक १५ सयभन्दा बढी नेपाली युवा बिदेसिइरहँदा नेपालमै काम गर्न आउने विदेशी पनि उल्लेख्य छन् । धेरैजसो नेपाली खाडी मुलुकमा जस्तो काम गर्छन, ठीक त्यस्तै अर्थात निर्माण क्षेत्रमा आउने कामदारको संख्या निकै बढेको छ ।

नेपालका ठूला परियोजना विदेशी ठेकेदारमार्फत कार्यान्वयन हुन थालेपछि विदेशी कामदारका लागि पनि नेपाल आकर्षक गन्तव्य बनेको कारोबारमा खबर छ ।



श्रम विभागको अध्ययनअनुसार नेपालमा करिब ५० हजार विदेशी कामदार छन् । तीमध्ये अधिकांश निर्माण क्षेत्रमा छन् । सेवा क्षेत्रमा पनि विदेशी धेरै छन् । यो संख्या भारतीयबाहेकको हो । खुला सीमा, समान संस्कृति तथा रहनसहनका कारण औपचारिक क्षेत्रमा काम गर्ने भारतीय र नेपाली कामदारको अन्तर छुट्याउन सकिँदैन् ।
१० हजारको मात्र श्रम स्वीकृति

विभागका अनुसार नेपालमा कार्यरतमध्ये करिब २० प्रतिशत ९१० हजार० विदेशी कामदारले मात्र श्रमस्वीकृति लिएका छन् । कानुनतः सबै विदेशी कामदारले श्रम विभागबाट पूर्वस्वीकृति लिएरमात्र काम गर्नुपर्ने प्रावधान छ । श्रम ऐनमा कूटनीतिक सुविधा पाउने व्यक्तिबाहेक अन्य कर्मचारीरकामदारले अनिवार्य रुपमा श्रमस्वीकृति लिनुपर्ने प्रावधान छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...