Monday, January 26, 2015

सयको नुन लिन २५ सय खर्च

बाजुरा । बाजुराको दुर्गम गाउँ रुगिनका अर्जुन रोकाया सात दिन समय र २५ सय रुपैयाँ खर्च गरेपछि गत शनिबार ११ किलो नुन लिएर घर फर्किए । ११ किलो नुनको मूल्यबापत भने उनले जम्मा ९९ रुपैयाँ तिरे ।

उनको गाउँबाट नुन डिपो पुग्न तीन दिन लाग्छ । र्फकन अर्को तीन दिन र एक दिन लाइनमा बसेपछि उनले नुन पाए । यो सात दिनको अवधिमा खान र बास खर्चबापत उनको २५ सय खर्च भएको छ । भन्छन्, ‘११ किलो नुनलाई २५ सय ९९ रुपैयाँ तिरेपछि ठूलै युद्ध जितेजस्तो भो ।’ अब उनको अर्को ११ किलो नुन लिने पालो एक महिनापछि मात्रै आउने राजधानीमा खबर छ ।


विच्छयाँ गाविसकी पानकला बुढाले त ९९ रुपैयाँको नुन किन्नका लागि एक हजार रुपैयाँ ऋण नै काढेकी छन् । अर्को साता उनी नुनका लागि कोल्टी जाँदै छिन् । ‘के थाहा, गाउँमा फोन छैन हाम्रो पालो आ’छरछैन, धेरै दिन बस्नुपर्ला भनेर ऋण काढेकी छु,’ बुढाले भनिन् ।

कोल्टीबाट बाजुराको दुर्गम गाउँ रुगिन र विच्छयाँका बासिन्दा ११ किलो नुन लिन एक साता धाउनुपर्ने बाध्यता छ । ११ किलो नुनको मूल्य ९९ रुपैयाँ तोकिए पनि आउँदाजाँदाको बाटोखर्चसमेत गर्दा कम्तीमा २५ सय खर्च हुने गरेको रोकाया बताउँछन् ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...