Tuesday, January 27, 2015

कोसँग कस्तो छ प्रधानमन्त्रीको सम्बन्ध ?

काठमाडौं, कांग्रेस सभापति सुशील कोइराला देशमा पछिल्लो समयमा विकसित भएका राजनीतिक घटनाक्रमलाई काबुमा ल्याउन सक्ने स्थान प्रधानमन्त्रीको कुर्सीमा छन् । विपक्षी दलहरु सत्तारुढ दलले जवरजस्ती संविधानसभामा प्रक्रिया थाल्ने कदम लिएपछि उनीमाथिको अपेक्षा झनै बढेको छ ।

देशको संविधान बनाउने संविधानसभामा चालिएको पछिल्लो कदम असंवैधानिक भएको भन्दै विपक्षी दलहरुले संविधानसभा छाड्ने सम्मका चेतावनी दिइरहेका छन् ।
आखिर प्रधानमन्त्री कोइरालाले देशको कार्यकारीको हैसियतले सहमतिको लिग बाहिर जान लागेका देशको राजनीतिलाई स्वभाविक स्थानमा ल्याउन सक्लान् रु कस्तो छ त उनको एमाओवादी,मधेसीदल, एमाले र आफ्नै पार्टीका नेताहरुसँग सम्बन्ध रु प्रधानमन्त्री कोइरालाको राष्ट्रपतिसँगको सम्बन्ध पछिल्ला दिनमा केही बिग्रिएको जस्तो देखिए पनि उनीहरुको सम्बन्ध हार्दिक छ ।


उनको सरकारको सहयात्री दल एमालेसँग भने उनको सम्बन्ध इतिहासमै राम्रो छ । प्रधानमन्त्री एमाले अध्यक्षसँग सघन संवादमा छन् । सरकार सञ्चालनमा कांग्रेस–एमालेबीच भागबन्डाको समस्या आइरहन्छन् ,तर त्यसको प्रभाव पार्टीगत सम्बन्धमा परेको छैन । एमाओवादी अध्यक्ष प्रचण्ड कुनैबेला सुशीललाई चुनावी सरकारको बागडोर सुम्पिनसमेत तयार थिए । विस्तृत शान्ति सम्झौतासम्म खासै चिनजानसमेत नभएका सुशील र प्रचण्डबीच पछि राम्रो सम्बन्ध बनेको थियो ।

 तर,२५ पुसपछि प्रचण्डको आक्रोसको तारो सुशील भएका छन् । उनीहरुबीच सम्बन्ध सामान्य बनाउन शेखर कोइरालाले कोसिस त गरेका छन् तर त्यो परिणाममुखी भएको छैन । गिरिजाप्रसाद कोइरालासँग सोझो पहुँच भएका विजय गच्छदारसँग सुशीलको कहिल्यै राम्रो सम्बन्ध थिएन । महन्थ ठाकुरसँग भने उनको राम्रो सम्बन्ध थियो । उपेन्द्र यादव र सुशीलबीच खास सम्बन्ध कहिल्यै भएन ।

अहिले मधेस केन्द्रित कुनै दलसँग पनि उनको प्रगाढ सम्बन्ध छैन । चिरप्रितिद्वन्द्वी शेरबहादुर देउवाले अहिलेको राजनीतिक व्यवस्थापनमा कोइरालालाई कुनै डिस्टर्व गरेका छैनन् । संविधान बनेपछिको सरकार र महाधिवेशनमा मात्र ध्यान दिएका उनले अहिलेको प्रक्रियामा मतलब गरेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...