Saturday, January 17, 2015

थाहा पाउनुस्, कुन उमेरमा हुँदैछ तपाईंको भाग्योदय

हामी सबै मानिसहरुले आफ्नो–आफ्नो भाग्य बोकेर आएका हुन्छौँ । मानिसहरुले पाउने सुख, दुख, सम्पत्ति, विपत्ति सबै भाग्यले नै निर्धारण गर्ने गर्दछ । भनिन्छ, दुख पछि सुख अवश्य आउँछ । त्यसकारण सबै मानिसहरुको भाग्यमा सुख, दुख पक्कै छ ।

फरक यत्ति हो, मानिसहरुले के लाई सुख सम्झिन्छन् र के लाई सुख सम्झन्छन् । हामी सबै हाम्रो राम्रो दिन कहिले आउँछ भन्ने कुरा थाहा पाउन आतुर हुन्छौँ । हाम्रो राम्रो समय कहिले आउँछ वा हामीसँग कहिले निकै धेरै पैसा हुन्छ आदि इत्यादि ।
यी यावत् प्रश्नहरुको उत्तर भृगु संहितामा बताईएको हुन्छ । भृगु संहिता एउटा यस्तो ग्रन्थ हो जसमा ज्योतिष सम्बन्धी सम्पूर्ण जानकारीहरु पाइने गर्दछ । यो ग्रन्थमा मानिसहरुको राशी अनुसार भाग्योदयको कहिले हुन्छ भन्ने बारेमा जानकारी दिइएको छ । राशीअनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु यस प्रकारका छन्ः
 १। मेष राशीः
मेष राशी भएका मानिसहरुको भाग्योदय उनीहरु १६, २२, २८, ३२ वा ३६ वर्षमा हुने गर्दछ ।
२। वृष राशीः 
जो मानिसहरु वृष राशीका छन् उनीहरुको भाग्योदय २५, २८, ३६ वा ४२ वर्षमा हुने गर्दछ ।
३। मिथुन राशीः
२२, ३२, २५, २६ वा ४२ वर्षमा मिथुन राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
४। कर्कट राशीः 
जो व्यक्तिको राशी कर्कट छ, उनीहरुको भाग्योदय १६, २२, २४, २५, २८ वा ३२ वर्षमा हुने गर्दछ ।
 ५। सिंह राशीः 
सिंह राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २४, २६, २८ र ३२ वर्षमा हुने गर्दछ ।
६। कन्या राशीः 
कन्या राशीका मानिसहरुको भाग्योदय १६, २२, २५, ३२, ३३, ३५, ३६ वर्षमा हुने गर्दछ ।
 ७। तुला राशीः
२४, २५, ३२, ३३, ३५ वर्षमा तुला राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
 ८। वृश्चिक राशीः 
वृश्चिक राशीका मानिसहरुको २२, २४, २८, ३२ मा भाग्योदय हुने गर्दछ ।
९। धनु राशीः 
जुन मानिसहरुको धनु राशी छ उनीहरुको भाग्योदय १६, २२, ३२ वर्षमा हुने गर्दछ ।
 १०। मकर राशीः 
२५, ३३, ३५, ३६ वर्षको उमेरमा मकर राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
११। कुम्भ राशीः
जो मानिसहरुको राशी कुम्भ हो उनीहरुको २५, २८, ३६ वा ४२ वर्षमा भाग्योदय हुने गर्दछ ।
१२। मीन राशीः 
मीन राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २८, ३३ वर्षको उमेरमा हुने गर्दछ । 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...