Thursday, January 29, 2015

छोरीको नग्न तस्बिर देखेपछि बुवाले त्यागे प्राण

मोडलिङ क्षेत्रमा पाइला राखेलगत्तै रोमानियाको एक पुरुषहरुको म्यागजिनमा नग्न फोटोसुट गरेकी प्लेब्वाई मोडलका बुवाले छोरीको यस्तो फोटो देख्नेबित्तिकै प्राण त्याग गरेका छन् । लोरेडाना चिभुले आफू र आफ्नो बुवाको सम्बन्ध निकै नै निकट भएको बताउँदै नग्न फोटोसुट सँगै आफ्ना बुवाले सदाका लागि छोडेर गएको बताइन् ।

उक्त फोटोसुटपछि बुवा पहिले त आफूसँग नबोलेको तर चिभुले यो क्षणीक सोचेको बताएकी छिन् । उनले भनिन्, ‘मैले सपनामा पनि सोचेको थिइनँ कि मेरो बुवाले आफैँलाई मार्नुहुनेछ । मैले गरेको व्यवहार थाहा पाएपछि उनले आफूले आफैलाई काटे र मलगायतका परिवारलाई एक्लो बनाएर सधैँका लागि हामीबाट बिदा भए । ’ फोटोसुट पछिको केहि महिनासम्म आफ्नो बुवासँग पहिलाको जस्तै सम्बन्ध स्थापित गराउन खोज्दाखोज्दै एक दिन बुवाको मृत शरिर भेटिएको चिभुले डेली मेललाई बताइन् ।


उनले भनिन्, ‘उनको मृत शरिरलाई देखेको क्षण म कहिले पनि बिर्सन सक्दिनँ । उनले सुसाइड नोट पनि लेखेका छैनन् र सबैले उनलाई अन्तिम अवस्थासम्म पनि हाँसिरहेको बताएका छन् । खुसी देखिने उनले एक्कासी यस्तो निर्णय लिएकोमा अझैसम्म पनि कसैले विश्वास गर्न सकेका छैनन् ।’ रोमानियाको राजधानी बुचरेष्टमा जन्मिएकी २५ वर्षीय उनले आफ्नो कारणले बुवाको यस्तो हालत बनाएको सधैँ त्रसित भइहरेको बताइन् । रातोपाटीबाट

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...