Thursday, January 29, 2015

उठेरै पिसाब फेर्न पाउने अदालतको फैसला

भाडा बस्ने मानिसहरुले आफु बसेको घरको शौचालयमा पिसाब फेर्दा उठीउठी फेर्न पाउने फैसला अदालतले गरेको छ । आफ्नो घरमा भाडामा बस्ने एक जना युवकले ट्वाइलेटमा उठेर पिसाब फेर्दा भुइँमा चुहेको पिसाबले ट्वाइलेटको मार्वलमा क्षति पूराएको भन्दै एकजना घरबेटीले हालेको मुद्दामा अदालतले यस्तो फैसला गरेको हो ।



भाडावाल पुरुषले पिसाब फेर्दा भुइँमा चुहेको पिसाका कारण आफुले ट्वाइलेटमा विछ्याएको महंगो मार्बल क्षतिग्रस्त भएको र त्यसबाट १९ सय युरो बराबरको क्षति पुगेको भन्दै घरबेटीले भाडावाल युवकबाट सो रकम क्षतिपूर्ति बापत मागेका थिए । तर भाडावालले रकम तिर्न अस्विकार गरेपछि घरबेटीले क्षतिपूर्ति भराइपाउँ भनि अदालतमा मुद्दा हालेको थियो ।

घटना जर्मनीको हो । डुसेलडर्फ सहरस्थित अदालतमा परेको मुद्दामा न्यायाधीश स्टेफन हान्कले भाडावाल युवकको पक्षमा फैसला गर्दै भाडावाल पुरुषले उठेरै पिसाब गर्न पाउने र पिसाब गर्दा मार्बलमा पुगेको भनिएको क्षतिको क्षतिपूर्ति तिर्नुनपर्ने फैसला गरेको गार्जियनले उल्लेख गरेको छ ।

पिसाब गर्दा मार्बलमा पुगेको भनिएको क्षतिप्रति भाडावाललाई उत्तरदायी बनाउन नमिल्ने भएपनि भन्दै फैसलामा न्यायाधीशले उठेरै पिसाब फेर्न चाहने पुरुषहरुले घरबेटी तथा घरमा बस्ने अन्य मानिस, खासगरी महिलाहरुसँग बारम्बार भनाभन र झगडा भने बेहोर्नुपर्ने उल्लेख गरेका छन् ।

पिसाब फेर्ने मामिलामा पुरुषहरुले परम्परागत भन्दा अन्य विभिन्न खाले घरेलु विधिहरु अपनाउन थालेका भएपनि उठेरै पिसाब फेर्ने चलन अझैसम्म पनि सर्वव्यापी भएको न्यायाधीशको तर्क छ ।

पुरुषले उठेर पिसाब फेर्ने की बसेर रु भन्ने हाँसोउठ्दो कुरा यति ठूलो विवादको विषय बन्नु नपर्ने हो । तर यस्तो खाले विवादहरु जर्मनीमा सामान्य हुन् । जर्मनीमा कतिपय शौचालयमा उठेर पिसाब फेर्न निषेध गरिएको हुन्छ र सोही कुराको सूचकको रुपमा रेड ट्राफिक शैलीको संकेत शौचालयमा राखिएको हुन्छ ।

पुरुषले उठेरै पिसाब फेर्न पाउने तल्लो तहको अदालतको यो फैसला जर्मनीको सर्वोच्च अदालतको एक विशेष फैसलाको एक दिन पछि आएको हो । जर्मनीको सर्वोच्च अदालतले आफ्नै घरको बाल्कोनीमा बसेर समेत मनलाग्दी चुरोट पिउन नपाउने र आफ्नो घरमा कति सम्म धुवाँ उडाउन पाउने भन्ने विषयमा समेत सिमा तोकिने फैसला हालै गरेको छ । अनलाइनखबरबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...