Wednesday, January 21, 2015

नुनबाट बन्यो रेष्टुरेन्ट

दुनियामा आजभोलि एकपछि अर्को गर्दै अद्भुत कार्यहरु भैरहन्छन् । यस्तै अद्भुत काममध्येको एक बनेको छ, नुनको रेष्टुरेन्ट । मध्यपूर्वको देश इरानले विश्वकै पहिलो नुन रेष्टुरेन्ट बनाएर सबैलाई आश्चर्यमा पारेको छ ।

दक्षिणी इरानको सिराजमा बनेको यो दुइतले रेष्टुरेन्ट आश्चर्यको केन्द्र बनेको छ । यो रेष्टुरेन्ट आफुले पकाएका खानाका लागि होइन यसको विशेषता अर्कै छ । वास्तवमा यो रेष्टुरेन्टको भवन नै नुनबाट बनेको छ ।
यो रेष्टुरेन्टमा भवनका साथै पाहुनाहरुलाई बस्नका लागि बनाइएका फर्निचर र किचेन समेत नुनबाट बनाइएको छ ।



यद्यपि भवनको गाह्रो नै नुनबाट बनाइएको भने होइन । रेष्टुरेन्टको भवन तथा फर्निचरको बाहिरी भागमा नुनको बाक्लो पत्र लगाइएको हो । रेष्टुरेन्ट नै नुनबाट बनेको भनेपछि पकाइने खानामा समेत उधुम नुन हालेर चर्को पो बनाइन्छ की भन्ने शंका होला तपाइँको । तर होइन, भित्ता र भान्साको नुनको असर खानामा भने पर्दैन र खानेकुरा सामान्य नै हुन्छ ।

इम्तियाज डिजाइनिङ ग्रुपले यो विचित्रको रेष्टुरेन्टको डिजाइन गरेको हो ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...