Saturday, January 17, 2015

एसएलसी दिने विद्यार्थीले नै जानेनन् २१२ लाई २ ले भाग गर्न

२१२ लाई २ ले भाग गर्दा परिणाम कति आउँछ रु फ्याट्टै भन्न सकिन्छ १०६ । तर,दाङ,रुकुम,सल्यान,पाल्पा ,स्याङजा र कास्कीका केही सामुदायिक विद्यालयका ९ र १० का विद्यार्थीले कापीमा लेखेर निकाले १६ ।

 शिक्षा मन्त्रालयको मूल्यांकन तथा निरीक्षण महाशाखाका प्रमुख सूर्यप्रसाद गौतमसहितको टोली पुस पहिलो साता त्यहाँ गएको थियो । विद्यार्थीको शैक्षिक अवस्था हेर्न गएका ४ अधिकारी यस्तो परिणामले जिल्ल परे ।



‘एसएलसी दिन लागेका विद्यार्थीलाई गणितको सामान्य भाग गर्न आउँदैन भने सिकाइ कस्तो रहेछ रु’ अनुगमनमा खटिएका एक अधिकारीले भने,‘यसले सरकारी लगानी खेर गएको प्रष्ट भयो ।’ आजको कान्तिपुर दैनिकमा खबर छ । 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...