Wednesday, December 24, 2014

मन्त्रीजीले मञ्चमै सुर्ती माडेर खाए

 सरकारले सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्न कानुन लागू गरे पनि कृषिमन्त्री हरिप्रसाद पराजुलीले प्रमुख अतिथिको आसनबाटै सुर्ती माडेर खाए ।

Tuesday, December 23, 2014

काठमाडौंमा वैद्य र विप्लव माओवादीका कार्यक्रम एकैदिन

सम्बन्धविच्छेद गरेका मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एकैदिन काठमाडौंमा राष्ट्रियस्तरका कार्यक्रम आयोजना गरेका छन् । माओत्सेतुङको १२१औँ जन्मजयन्तीको सन्दर्भ पारेर दुवै माओवादीले ११ पुसमा कार्यक्रम राखेका हुन् ।

शीर्ष नेताकै गाईजात्रा

एमाले अध्यक्ष केपी ओली अनुपस्थित भएपछि मंगलबार साँझ बस्ने भनिएको मधेसी मोर्चासहित प्रमुख चार दलको बैठक बस्न सकेन ।

डेढ घन्टा कुर्दा पनि ओली नआएपछि प्रधानमन्त्रीनिवास बालुवाटारबाट एकीकृत माओवादी र मधेसी मोर्चाका नेताहरू बाहिरिए । त्यतिखेर ओली प्रेस चौतारी नेपालको कार्यक्रममा व्यस्त भए । त्यसअघि बिहान नौ बजे बोलाइएको कांग्रेस, एमाले र एमाओवादीको बैठक पनि बस्न सकेन ।

मखमली चोलो चाहिँदैनमा धेरै नाचेकी छु

मिथिला शर्मा, अभिनेत्री

संगीत के हो र?
संगीत यस्तो तरंग हो, यस्तो साउन्ड हो, जसले मानिसलाई मात्र होइन, प्रकृतिलाई पनि प्रभावित गर्न सक्छ । अमूल्य र असीमित शक्ति बोकेको संगीत यति व्यापक छ कि यसलाई शब्दले व्याख्या गर्न सकिँदैन । संगीत व्याख्या गर्नेभन्दा पनि महसुस गर्ने कुरा हो । यो एउटा साधना हो, जसले समस्त सृष्टिलाई लय र तालमा हिँडाउने काम गर्छ ।

तपाईंले पहिलोचोटि सुनेको र मन पराएको गीत कुन हो र?

ओलीले भने-प्रचण्डलाई नाटकघरले किन लाँदैन ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्ड पछिल्ला दिनमा नाटकीय ढंगले प्रस्तुत भएको भन्दै नाटकघरले किन लाँदैनन् भनेर टिप्पणी गरेका छन् ।
बालुवाटार बैठकमा ओलीले धम्कीपूर्ण भाषा बोलेको र आफूहरुलाई पेलेर जान खोजेको भनेर प्रचण्डले आलोचना गरिरहेकोबेला ओलीले ‘आफूले खस्रो पाउरोटीलाई जाम हालेर चिल्लो पारेर बोलेको’ प्रष्टिकरण समेत दिए ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘कुनै नाटक पनि यति नाटकीय हुँदैन होला । नाटक घरले प्रचण्डलाई किन लाँदैन ?

‘राजा महाराजा होइन’

ओलीले आफू राजा महाराजा नभइ यो देशको पहरेदार भएको पनि बताए ।

नारायणकाजीले भने, 'पार्टीभित्र सल्लाह नगरी आमहड्ताल घोषणा गर्यो'

एमाओवादी नेतृत्वको मार्चोले सोमबार सिंहदरवारमा आमहडतालसहितको विरोध कार्यक्रमको घोषणा गर्दा आफ्नै पार्टीभित्र सल्लाह नगरेको खुलेको छ । एमाओवादी नेता नारायणकाजी श्रेष्ठ पार्टीभित्र आन्दोलनको कार्यक्रमबारे सल्लाह नगरिएको भन्दै यतिबेला रुष्ट रहेका छन् ।

एक नेताका अुनसार मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गर्दा उनी अर्कै कार्यक्रममा व्यस्त थिए । मोर्चाको बैठकमा अध्यक्ष प्रचण्ड र डा।बाबुराम भट्टराई मात्र उपस्थित थिए । आन्दोलनको कार्यक्रम घोषणा गर्दा उनीसँग कुनै सल्लाह नै गरिएन ।

आन्दोलनको कार्यक्रम अहिले गर्न नहुने भन्दै मत राख्दै आएका श्रेष्ठले आफ्नो असन्तुष्टि पोख्दै आफ्नो ट्वीटरमा लेखेका छन्, ‘म अहिले जे भइराखेको छ त्यसमा असहज महसुस गरिराखेको छु । हामी कता जाँदै छौं ।’ अहिले आन्दोलनको घोषणा गर्दा जनतामा गलत सन्देश जाने श्रेष्ठको ठहर छ । यस विषयमा श्रेष्ठसँग रातोपाटीले बुझ्न खोज्दा उनले भने, ‘अहिले म धेरै प्रतिक्रिया दिन चाहन्न ।’ रातोपाटी.कमबाट

घूस दिनेलाई ७७ अर्ब जरिवाना

सरकारी अधिकारीहरुलाई घूस दिएको अभियोगमा फ्रान्सको इन्जिनियरिङ कम्पनी आल्स्टोमलाई अमेरिका ७७ अर्ब रुपैयाँ जरिवाना तोकिएको छ। इण्डिोनेसिया र मौरिससमा कम्पनीको सेवा विस्तार गर्ने विषयमा आल्स्टोमले अमेरिकी अधिकारीलाई घूस दिएको प्रमाणित भएको हो।

नक्कली बन्दुक लिएर बच्चाहरु गए बैंक लुट्न

इजरायलको राजधानी तेल अवीवमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । १२ र १३ वर्षका दुई स्कुले विद्यार्थी गत पुस २ गते बुधबार बैंक लुट्न हिँडेका थिए त्यो पनि नक्कली बन्दुकको साथमा ।

क्ष्वचबभज्ञिदुबैले आफ्नो हातमा सक्कली जस्तो देखिने नक्कली राइफल आफ्नो हातमा लिएका थिए र पछाडि स्कुलको ब्याग पनि भिरेका थिए, सायद लुटिएको पैसा राख्नका लागि होला ।

करेन्ट लागी घाइते भएका बाँदरलाइ बाँदरले नै गरे उपचार

आखिर मान्छेको पुर्खा न पर्यो । बाँदरमा पनि मानिसमा जस्तै केही प्राथमिक उपचार सम्बन्धि विवेक र अक्कल हुँदो रहेछ भन्ने पुष्टि गरेको छ, एउटा बाँदरले । करेन्ट लागेर मर्नु र बाँच्नुको अवस्थामा पुगेको आफ्नो साथीलाई एउटा बाँदरले प्राथमिक उपचार गरी होसमा ल्याएर बँचाएको छ । त्यो पनि २० मिनेटको समय लगाएर ।

 घटना भारतको कानपुरस्थित रेलस्टेशनको हो । रेल स्टेशन नजिकैको हाइटेन्सन लाइनमा चढेको बेला करेन्ट लागेपछि एउटा बाँदर तल रेलवे ट्रयाकमा खस्यो र अचेत बन्यो ।

१० वर्षदेखि ब्रा र पेन्टी चोर्ने पक्राउ, कोठामा भेटिए २ हजार अन्तरवस्त्र

छिमेकी महिलाहरुका पेन्टी र ब्रा चोरेर १० वर्षदेखि हैरान पार्दै आएका एक चर्चित अन्तरवस्त्र चोर अन्ततः पक्राउ परेका छन् । चीनको दक्षिणपूर्वी युनिल सहरका ती ब्रा चोरलाई २ हजार पेन्टी सहित प्रहरीले पक्राउ गरेको छ । पूरै नाम नखुलाइएका ती झण्डै ३० वर्षीय पुरुषको थर टान रहेको बताइएको छ ।

 युलिन सहरस्थित उनको अपार्टमेन्टको सिलिङमा बनाइएको खोपामा २ हजार थान ब्रा र पेन्टी भेटिए । ब्रा र पेन्टीको संख्या निकै धेरै हुँदा धेरै वजनका कारण सिलिङ भत्किएर ठूलो आवाज आएपछि अपार्टमेन्टमा बस्ने अन्य मानिसहरुले प्रहरीलाई बोलाएर उनको कोठाभित्र हेर्दा कोठाभरि ब्रा र पेन्टी फेला परेका हुन् ।

Monday, December 22, 2014

डेनमार्कमा लोक गायिका ज्योती मगरको सेक्सी प्रस्तुती (भिडियो सहित)

लोक गायिका ज्योती मगर गीत संगीत सँगै ड्रेसअप र प्रस्तुतीका कारण अधिकांश चर्चामा रहने गर्छिन । स्टेज तताउन सिपालु गायिका कार्यक्रमकै लागि देश विदेश घुमिरहन्छीन ।
गायक शिव परियार र गायिका मिलन नेवार सँग डेनमार्क पुगेकी गायिका मगरले शनिवार भएको सांगितिक कार्यक्रमा डेनमार्कबासि नेपालीलाई नचाइन् ।

२६ लाखसहित ढुकुटी खेल्ने २५ पक्राउ

प्रहरीले ढुकुटी खेल्ने, खेलाउने २५ जनालाई २६ लाख नगदसहित पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धले आइतबार बौद्धस्थित लक्ष्मी टोलमा सपना लामाको कोठामा छापा मारी २५ जनालाई पक्राउ गरेको हो । ढुकुटीको हिसाब–किताब गरिरहेको अवस्थामा पक्राउ पर्नेमा २३ महिला र दुई पुरुष छन् । प्रहरीले उनीहरूबाट २५ लाख १५ हजार पाँच सय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ पर्नेमा नानीमाया बस्नेत, शान्ति गुरुङ, पुनम श्रेष्ठ, सुजिता कपाली, मनिता राई, बबिता भट्ट, कल्पना भण्डारी, डोल्मा लामा, गिता थापा, मन्दिरा खड्का र रिता श्रेष्ठ छन् ।

ओलीले बिगारे : प्रचण्ड

ओलीलाई मन नपरेको परिवर्तन

ओलीले सामन्ती, संकीर्ण, परम्परावादी सोचको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँलाई परिवर्तन मन परेको छैन । ०६२–०६३ को आन्दोलनमा सुरुदेखि नै उहाँको सहभागिता थिएन । अहिले पनि उहाँले जटिल बनाइरहनुभएको छ ।

दुई पक्षबीच सहमति अनिवार्य
हिजो विस्तृत शान्ति– सम्झौता जस–जसबीच भएको हो, ती दुई पक्ष सहमत नहुँदासम्म दुईतिहाइ त के ९० प्रतिशत भएछ भने पनि त्यस्तो संविधानसभाबाट संविधान बनेको मानिँदैन ।

'नेपालको नयाँ संविधान पर्खंदै भारत'


भारतीय संसद्का सदस्य एवं कांग्रेस पार्टीका वरिष्ठ नेता करण सिंहले भारत नेपालको नयाँ संविधानको पर्खाइमा रहेको बताएका छन्।  आफूलाई नेपालको ज्वाइँ भनी परिचित गराउन चाहने सिंहले भने, कहिले अग्रभाग तथा कहिले पृष्ठभागमा रहेर नेपालसँग ६० वर्षदेखि निकट छ। हामीले अहिले नेपालको नयाँ संविधानका लागि व्यग्रतापूर्वक पर्खिरहेका छौं।

नयाँदिल्लीमा नीतिगत समूह तथा नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड स्टारटेजिक स्टडिजले नेपाल(भारत वार्ता विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। सिंहले २० औं शताब्दीको दक्षिण एसियाको मानव इतिहास मृत्युको शताब्दी भएको टिप्पणी गरेका थिए।

क्रिकेटको चार करोड गुम्यो

नेपाल क्रिकेट संघको क्यानको गैरजिम्मेवारका कारण क्रिकेट विकासका लागि प्राप्त हुने ४ करोड भन्दा बढी रुपैयाँ गुमेको छ ।

एसियाली परिषद् एसीसीले पटक पटक ताकेदा गर्दा पनि संघले ब्यावसायिक प्रस्ताव समेत नपठाएपछि नेपालले पाउने झन्डै ४ लाख ८ हजार डलर फ्रिज भएको हो । एसीसीले २ वर्ष अन्तरमा एसिया कप आयोजना गर्छ । यो एसीसीले गर्ने प्रमुख प्रतियोगिता हो ।

नेपाल सहभागिता जनाउन नपाउने यो प्रतियोगितामा भारत, पास्कितान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले प्रतिष्प्रर्धा गर्छन । प्रतियोगिताबाट हुने नाफा रकम भने एसीसीले नेपालसहित एसोसिएट राष्ट्रलाई विकास सहयोग भनेर प्रदान गर्छ ।  कान्तिपुर दैनिकमा खबर छ ।

भत्ता माग्दै अवरोध

अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको अवरोधले संविधानसभाको सोमबारको बैठक डेढ घण्टा अवरुद्ध भयो ।  सहरी विकास मन्त्रालय अन्तर्गत पर्ने केन्द्रका ८८ जना कर्मचारीले संविधानसभा र संसद सचिवालयका कर्मचारीकै सरह भत्ता सुविधा माग गर्दै विहान १० बजेदेखि नै संविधानसभा भवनमा ताला लगाएका थिए ।

सचिवालयले आफूहरुलाई काजमा खटाएको तर खाजा र खाना भत्ता सुविधामा भने भेदभाव गरेको भन्दै केही दिनदेखि एमाओवादी समर्थित केन्द्रका कर्मचारीहरु विरोधमा उत्रेका थिए । सोमबार भने तालाबन्दी नै गरेपछि सभासद संविधानसभा बाहिर बस्न बाध्य भएका थिए ।

एमालेले बृहत कार्यकर्ता भेला गर्ने

एमालेले संविधानका अन्तरबस्तुमा पार्टीको धारणा प्रष्ट गर्न र माघ८ भित्रै संविधान जारी गर्नका लागि अनुकुल वातावरण सिर्जना गर्न पुस १८ गते मुख्य सहर र जिल्लाहरुमा बृहत् कार्यकर्ता भेला गर्ने  भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

एमाले सचिवालयको सोमबारको बैठकले भेला गर्ने निर्णय गर्दै त्यसको कार्यक्रम सार्वजनिक गरेको हो ।  महासचिव इश्वर पोखरेलका अनुसार प्रमुख  सहरहरुमा हुने भेलामा पार्टीका पदाधिकारीहरुले मुख्य सम्बोधन गर्नेछन् ।

यौनजन्य एसएमएस प्रकरण, स्पष्टीकरण सोधियो

तेर दे जोम फाउण्डेसन लोनाज टिडिएचनामक संस्थाले खुलेआम यौन ब्यवसायसंग सम्बन्धीत गलत एसएमएस पठाएको भन्दै केन्द्रीय बाल कल्याण समितिले स्पष्टिकरण सहित उपस्थित हुन पत्र पठाएको छ ।

संस्थाले काठमाडौं उपत्यका भित्र किशोरकिशोरीहरु व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीका लागि यति यति नम्बरमा फोन गर्नुहोला । भन्ने सन्देश शुक्रबार तीन लाख नेपालीको मोवाइलमा पठाएको थियो ।

उक्त एसएमएसले बालबालिका देखि सम्पूर्ण अविभावकसमेतलाई नकारात्मक असर पारेको भन्दै समितिले स्पष्टिकरण सोधेको हो । सोमबार पठाएको पत्रमा उक्त एसएमएसमा समितिको ध्यानाकर्षण भएको बताइएको छ ।

घुस खुवाएर जेल जान्छन् नेपाली

झट्ट सुन्दा जो कोहीलाई विश्वास लाग्दैन । घुस खुवाएर कोही जेल पर्ला रु तर, यो वास्तविता हो । खाडीलगायत अन्य मुलुकमा रोजगारीको लागि पुगेका थुप्रै नेपालीहरु घुस खुवाएर जेल जान्छन् ।

रोजगारीका लागि मलेसिया पुगेका सिन्धुलीका भीम कार्कीले त्यहाँ पुगेपछि पहिले भनिए अनुसारको काम पाएनन । ‘जाँदा ७ सय रियाल दिन्छु भनेको थियो । पुगेपछि ४ सय मात्रै पाइयो । सेवा शुल्क, खाना लगायतका खर्च कटाउँदा एक बर्षमा पनि ऋण चुक्दा नहुने भयो । वैधानिक रुपमा अर्को कम्पनीमा काम गर्न पाइन्न । अन्ततः मैले भाग्ने निणर्य गरे । ’ कार्कीले आफ्नो ब्यथा सुनाए ।

मल्लिका शेरावत र ओम पुरी रोमान्स गर्दै गरेको भिडियो सार्वजनिक

लामो समय बलिउडबाट टाढा रहेकी नायीका मल्लिका शेरावत पुनः बलिउडमा देखिने भएकी छिन् । उनी चलचित्र ‘डर्टी पोलिटिक्स’ मा ओम पुरी, नसीरूद्दीन साह, आशुतोष राना र अनुपम खेरको साथमा देखिने छिन् । उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।

स्काइपबाट शासन चलाउने राजा

‘तोग्बे ङ्गोरिफिया सेफास कोसी बन्सा’ यानी होईको राजा बन्सा अफ्रिकाको एक असली राजा हुन् । तर, उनी अन्य राजाभन्दा फरक छन् । राज्यसत्ता चलाउन उनी पूरानो ढर्रा अपनाउदैनन् । उनी आफ्नो देशमा पनि बस्दैनन् । जर्मनीमा बस्ने उनी त्यहीँबाट स्काइपको माध्यमले आफ्नो शासन चलाउँछन् ।

  ६६ वर्षीय यी राजा विद्यार्थीका रुपमा धेरै अघि जमर्नी पुगेका थिए । त्यहाँ पुगेपछि त्यही देशसँग उनको प्रेम बस्यो र उनी त्यहीँ बस्ने निर्णय गरे ।   तर, सनु १९८७ मा उनी आफ्नो राज्यको उत्तराधिकारीका रुपमा नियुक्त भए । आफ्नो बुवा र दाजुको साटो हजुरबुवाले उनलाई राजा छानेका थिए । अझ रोचक कुरा त के छ भने उनको दाजु र बुवा देब्रे हात चलाउने भएकै कारण उत्तराधिकारी चयन भएनन् । होई राज्यमा देब्रे हात चलाउनु भनेको बेइमानी हो ।   उनले सन् १९९२ मा सत्तारोहण गरे तर उनी त्यहीँ बस्न भने मानेनन् । उनी आज पनि फ्रांकफर्ट नजिकै आफ्नो जर्मन पत्नीका सथामा बस्छन् ।

‘अश्लिल’ एसएमएसका कारण समस्यमा आइएनजीओ

शनिबार राती ११ बजे ३ लाख नेपालीको मोवाइलमा एउटा म्यासेज आयो । म्यासेजमा भनिएको थियो ‘काठमाडौं उपतयका भित्र किशोर किशोरीहरु व्यावसायीक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीको लागि ९८०८९६९९१२ वा ९८०८९७०१११ मा फोन गर्नु होला ।’

सन्देशमा उल्लेख गरिएको शब्दले सोझै बाल यौन हिंसा बढाएको तथा साइबर अपराध गरेको भन्दै विभिन्न अहिले निकायबाट छानविन समेत भइरहेको छ ।

दाइजो माग्नु त यस्तो पो, बेहुलाका बारीमा अढाइ सय रुख

बिहेमा थुप्रै दाइजो नल्याएको निहुँमा महिलाहरुलाई आफ्नो लोग्नेको घरमा लोग्ने र परिवारका अन्य सदस्यले विभिन्न खाले हिंसा गर्ने गरेका तथा कहिलेकाहीँ जिउँदै समेत जलाएका समाचार आउने गर्छन् । दाइजो प्रथा विरोधी कानून बनेपनि दाइजो माग्ने(दिने परम्पराले निकै गहिरो गरि जरा गाडेको छ । हाम्रो देशमा मात्र होइन भारतमा दाइजो प्रथाको विकृति झनै गाँजिएको पाइन्छ ।


Madonna releases part of new album after online leak

Agencies

Following her outbursts on Instagram earlier in the week, Madonna has decided to hit back against the leakers by releasing six tracks from her new album Rebel Heart.

The complete track listing from Madge's thirteenth full-length record, which was not due to be released until March 2015, appeared online on Wednesday (December 17) in what she insisted were unfinished demo formats.

The star's publicist Liz Rosenberg made it clear that the decision had been taken in direct response to the leak, and, while the completed album's release date remains the same, Madonna will be releasing more music online on February 9.

Sunday, December 21, 2014

पूर्वयुवराज पारसको कपाल मुण्डन गरियो, डेढ महिनादेखि थाई कारागारमै

अवैध लागूऔषध सेवनका कारण थाइल्याण्डमा पटक पटक पक्राउ परेका पूर्वयुवराज पारस शाह डेढ महिनादेखि थाई कारागारमा बस्न बाध्य छन् । उनी गत कात्तिक महिनाको अन्तिम सातादेखि थाइल्याण्डको रुङ्खाइस्थित कारागारमा छन्, राजधानी दैनिकमा खबर छ ।

पछिल्लो पटक अवैध लागूऔषधसहित पक्राउ परेका पारसको मुद्दामा थाई अदालतले अन्तिम फैसला भने गरेको छैन । आगामी २७ डिसेम्बरमा उनको मुद्दाको म्याद गुजारेको अभियोगमा थाई अदालतलेउनलाई पुर्पक्षका लागि भन्दै कारागार पठाउने निर्णय गरेको थियो ।

विद्यार्थी यात्रु होइनन्, '१० को माल'

राजधानीका कलेजमा बिहानी सिफ्टमा पढ्ने विद्यार्थी तथा पढाउने शिक्षक माइक्रो बसको मनपरी मारमा पर्ने गरेका छन्। भाडा छुटको सुविधा दिनुपर्ने भएपछि व्यवसायीले माइक्रो नचलाउँदा विद्यार्थी तथा शिक्षक मारमा परेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

चक्रपथबाहिरका विभिन्न स्टेशनबाट रत्नपार्क भित्रने काइक्रो बसले यस्तो गर्ने गरेका छन्। बिहानी सिफ्टमा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षकका लागि ५स्४५ देखि ६स्१५ को अवधि कलेज जाने पिक आवर हो। तर यही अवधीमा व्यवसायीले माइक्रो नै सञ्चालन गर्दैनन्।

प्रचण्डको प्रश्न-ओली देशका ठेकेदार कि महाराज ?

बालुबाटार बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्तुतिबाट बिच्किएर हिँडेका एमाओवादी अध्यक्ष प्रचण्ड ओलीप्रति आक्रामक बनेका छन् ।
आइतबार अपरान्ह संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग १९ दलीय मोर्चाको तर्फबाट छलफल गरेलगत्तै पत्रकारहरुसँगप्रचण्डले ‘को हुन् ओली रु भन्दै प्रश्न गरेका छन् ।
दुई चार सिट बढी आयो र पार्टी अध्यक्ष भयो भन्दैमा ओलीले आफूलाई महाराज र अरुलाई रैती जस्तो व्यवहार देखाएको भन्दै उनले भने(‘उनी यो देशको ठेकदार पनि होइनन महाराज पनि होइनन् ।’

चितवनमा ज्ञानेन्द्रलाई कांग्रेस कार्यकर्ताको समेत स्वागत

संविधान जारी गर्ने मिति माघ ८ नजिकिदै जाँदा पूर्वराजा ज्ञानेन्द्र शाह तराईका जिल्लाको भ्रमणमा निस्किएका छन् । उनी आज मध्य तराईको चितवन आइपुगेका छन् ।

ज्ञानेन्द्रसँग नाती हृदयन्द तथा उनका साथी पनि छन् । वुद्ध एयरको नियमित उडानमार्फत दिउसो १ वजे भरतपुर ओर्लिएका पूर्वराजा शाहलाई स्वागत गर्न राजावादी भनेर चिनिएको राप्रपा नेपाल, राप्रपा र कांग्रेसका  कार्यकर्ताहरु समेत विमानस्थल पुगेका थिए ।

लिटरमा ८ रूपैयाँ दूध महँगिने

एकाबिहानैदेखि हरेकको भान्सामा चाहिने अत्यावश्यक खाद्यपदार्थ दूधको मूल्य सरकारले फेरि बढाउने भएको छ। कच्चा दूधको लागत मूल्यअनुसार ुसमायोजनु गर्न मूल्यवृद्धि गर्न लागेको भन्दै सरकारले एक लिटरमा ८ रूपैयाँसम्म बढाउने तयारी गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ।

सरकारले भनेअनुसार भयो भने अर्को सातादेखि एक लिटर दूध किन्दा उपभोक्ताले ६४ रूपैयाँ तिर्नुपर्छ। गत वर्ष पुसमा सरकारले दूधमा ४ रूपैयाँ मूल्य बढाएर ५६ रूपैयाँ पुर्‍याएको थियो।

सहमति नभए ८० प्रतिशत बढीको समर्थनमा संविधान : ओली

एमाले अध्यक्ष केपी ओलीले एमाओवादीलगायतका केही दल संविधान नबनाउने र बन्न पनि नदिने ढंगले प्रस्तुत भइरहेको दाबी गर्दै अब दुई तिहाईभन्दा बढी मतले संविधान जारी गर्ने दाबी गरे।  सहमतिका लागि अधिकतम लचिलो हुँदा पनि एमाओवादीलगायतका दलले संविधान निर्माणभन्दा पनि मोर्चाबन्दी र आन्दोलनका कार्यक्रम तयार पार्न थालेपछि उनीहरुको नियत स्पष्ट भइसकेको ओलीले बताए। ुउहाँहरुको छाँटकाँट संविधान नबनाउने र बन्न  पनि नदिने जस्तो छु अध्यक्ष ओलीले आइतबार कान्तिपुरसँग भने, ुसहमतिका लागि हामी तयार छौं तर कोही सहमति हुनै नदिने कसम खान्छ, त्यस्तो ढंगले अघि बढ्छ भने अब पर्खेर बस्न सकिदैन संविधानसभाको ८० प्रतिशतभन्दा बढी मतले संविधान जारी हुन्छ।

शोभाको सनसनीपूर्ण फोटो हेर्नुहोस

Model Shova Bhandhari. PhotoGrapher-Gopal Chitrakar From-annapurnapost.com

मृत श्रीमतीको भित्री बस्त्र लगाउने इन्टरनेटमा चर्चित

शरीरमा गुलाबी रंगको ब्रा र खुट्टामा अग्लो हिल लगाएर व्यस्त बसमा यात्रा गर्ने एक व्यक्ति इन्टेरनेटमा चर्चित बनेका छन् ।

चीनको सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै डेली मेलले ती व्यक्तिले लगाएको लुगा आफ्नो देहवसान भएको पत्नीको रहेको उल्लेख गरेको छ ।   चीनका स्थानीय सञ्चार माध्यमहरुका अनुसार ती व्यक्ति चीनको हेनान प्रान्तमा रहेको ग्वान्जाओ सहरमा महिलाले लगाउने पहिरनमा सार्वजनिक यातायातमा यात्रा गरिरहेको भेटिएका थिए ।

मरिसकेकी गर्भवती महिलालाई डाक्टरहरुले जिउँदै राखे

मस्तिष्कको मृत्यु भैसकेकी एक गर्भवती महिलालाई अस्पतालले मर्न नदिएर जिउँदै राखिरहेको छ । ती महिलाका अभिभावकको इच्छा विपरित अस्पतालले १७ हप्ताको गर्भ पेटमा बोकेकी ती मृत महिलालाई जिउँदो बनाएर राखेको हो ।

घटना आयरल्याण्डको हो । नाम नखुलाइएकी ती महिलाको उमेर झण्डै २५ वर्ष रहेको बताइएको छ । आन्तरिक रक्तश्रावका कारण ती युवती दुइ हप्ता अगाडि मुलिंगारको मिडल्याण्ड क्षेत्रिय अस्पतालमा भर्ना भएकी थिइन् ।

प्रेमिकाका लागि ३ सय ६५ वटा प्रेमपत्र, पत्रले भरिएको भाँडो उपहार दिने योजना

एक प्रेमीले आफ्नी प्रेमिकालाई यतिधेरै माया गर्ने रहेछन् की उनले आफ्नी प्रेमिकाका लागि ३ सय ६५ वटा प्रेमपत्र लेखे । उनले लेखेका प्रेमपत्र राख्दा एउटा ठूलो जार नै भरिएको छ । अब उनले प्रेमपत्रले भरिएको उक्त जार आफ्नी प्रेमिकालाई उपहार दिँदैछन् ।

नयाँ वर्ष सन् २०१५ को उपलक्ष्यमा उनले आफ्नी प्रेमिकालाई उक्त प्रेमपत्रको भाँडो उपहार दिँदैछन् । हरेक दिन आफ्नो एउटा प्रेमपत्र पढेर प्रेमिकाको पूरै एक वर्ष बितोस् र आफ्नो प्रेमको अनुभुत गर्न सकुन् भन्ने चाहना उनको छ । सोसल साइट रेडिटका त्जभइलथिइलभडठ   नामका एक प्रयोगकर्ताले आफ्नी प्रेमिकाका लागि एक वर्षभरमा हरेक दिन एउटा चिठी लेखेका हुन् ।

रेष्टुरेन्ट, जहाँ रोबोटले खाना टक्राउँछ

चीनमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ मानव होइन यन्त्रमानवले वेटरको काम गर्छ । रेष्टुरेन्टमा आएका पाहुनाहरुलाई स्वागत गर्छ र खानाको अर्डर लिन्छ । अर्डर लिने मात्र होइन, अर्डर बमोजिमको खानेकुरा ग्राहकलाई टक्राउने जिम्मा पनि रोबोटकै हो ।

चीनको सिचुआन प्रान्तको चेंग्दुमा रहेको उक्त रेष्टुरेन्ट रोबोट वेटरका कारण चर्चित बनेको छ । रेष्टुरेन्टमा १० जना रोबोट कर्मचारी छन् । रोबोटले आखिर कसरी मान्छेले जस्तै पाहुनाको स्वागत, खानाको अर्डर लिने र अर्डर बमोजिमको खाना टक्राउने गर्ला भनेर अचम्म लाग्नु स्वभाविकै हो ।

Bikini round now removed from Miss World pageant

AGENCIES
LONDON : The Miss World contest, which has been an annual feature since 1951, will no longer feature a swimsuit round in their competition, the organisation's chairwoman Julia Morley has said.
The owners of the Miss World pageant have announced that there will be no swimsuit round in next year's competition, reports dailymail.co.uk.

"I really ... do not need to see women just walking up and down in bikinis. It does not do anything for the woman. And it does not do anything for any of us, "Morley said in an interview with Elle magazine.

Saturday, December 20, 2014

सीमा क्षेत्रमा दुर्व्यवहार भए १११४ मा फोन गर्नुहोस्

नेपालको लक्षिणी सीमावर्ती इलाकामा ओहोर(दोहोर गर्द दुर्व्यवहारलगायतका कुनै पनि  समस्या भएमा  सहज होस् भन्ने उद्धेश्यले नेपाल भारत दुबै मुलुकले  हटलाइन सेवा सञ्चालनमा ल्याएको खबर आजका पत्रपत्रिकाहरूमा छापिएको छ।

यसैबीच सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सीमा क्षेत्रमा कुनै पनि समस्या भए १११४ मा फोन गर्न आग्रह गरेको छ। उसले यो नम्बरमा टेलिफोन गर्दा पैसा नलाग्ने पनि बताएको छ।

राहदानी फारम विग्रिए एसएमएसबाटै सूचना

तपाईँको मोबाइलमा ६००१ नम्बरबाट एसएमएस आएको छरु आएको भए राम्रोसँग पढेर मात्र डिलिट गर्नुहोला। किनकि, परराष्ट्र मन्त्रालयअन्तर्गत रहदानी विभागले तपाईँलाई जरूरी सूचना पठाएको हुनसक्छ, आजको नागरिकमा खबर छापिएको छ।

राहदानी विभागले यसैसातादेखि राहदानीका लागि बुझाएको फारम बिग्रिए सम्बन्धित ब्यक्तिलाई एसएमएसमार्फत जानकारी गराउन थालेको छ।

बिग्रिएको फारम सच्याउन आउँदा सहज होस भनेर विभागले एसएमएसमा फारम भर्दा के समस्या भएको छ त्यो पनि खुलाउने गर्छ।
राहदानी सेवालाई अझ बढी उत्तरदायी बनाउन सेवाग्राहीलाई  यस्तो सुविधा उपलब्ध गराउन थालेको विभागले जनाएको छ।

गर्भवती नभएको नभएको भन्दै घरनिकाला

गर्भवती नभएको भन्दै भन्दै महिलालाई पतिसहित परिवारले घरबबाट निकालेका छन् । कान्तिपुर दैनिकमा समाचार छ । 

विवाह भएको ३ महिना हुदाँ पनि गर्भवती हुन नसकेको आरोपमा महेन्द्रनगर २ चक्करघट्टीकी २१ वर्षीया सरु गौतम विमलीलाइ श्रीमान, सासु र ससुराले याताना दिँदै घर निकाला गरेका हुन् ।
(प्रतीकात्मक फोटो)

ओवामा नेपाल नअाउने,जिनपिङको संभावना

आगामी महिना भारतमा आउने हुदाँ पनि अमेरिकी राष्ट्रपति बाराक ओवामाको  दृष्टि नेपालमा परेको छैन । कान्तिपुर दैनिकमा समाचार छ ।  ओवामाले यस पटक दक्षिण एसिया भ्रमण गर्दा नेपाल आउनसक्ने संभावना केलाएर प्रधानमन्त्री सुशील कोइरालाले हालै मात्र औपचारिक निम्तोपत्र नै पठाएका थिए ।

राजदूत पिटर डब्लु बोडीलाई निवासमै बोलाएर अमेरिकी राष्ट्रपतिलाई निम्तो पत्र दिएका थिए ।

मस्त्येन्द्रनाथ मन्दिरको तोरनको मूर्ति चोरी

बुंगमती स्थित मस्त्येन्द्रनाथ मन्दिरको मूल ढोकाको तोरनको मूर्ति  चोरी भएको छ  । कान्तिपुर दैनिकमा समाचार छ । सुनको लेप लगाएको लोकेश्वरको ८(८ इन्च भएको मूर्ति चोरी भएको हो । मन्दिरमा बारम्बार मुर्ति चोरी हुने गरेको छ ।

मन्दिर मूल ढोका बन्द हुदा मस्त्येन्द्रनाथ दर्शन गर्न चाहने भक्तजनहरुलाई दर्शन गर्न मस्त्येन्द्रनाथको रुपमा थापन गरिएको मूर्ती चोरी भएको हो ।

तीन दलको बैठक चर्काचर्की, बैठक भाँडियो

संविधानका मुख्य विवादित बिषय शासकीय स्वरुप र संघियतामा निर्णायक छलफल गर्न शनिबार बसेको तीन दलको बैठक चर्काचर्कीपछि स्थगित भएको छ । कान्तिपुर दैनिकमा समाचार छ । बालुवाटारमा बसेको बैठकमा कांग्रेस, एमाले र एमाओवादीका नेताहरूबीच चर्काचर्की भएको हो । प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलिसकेपछि एमाओवादी नेताले आपत्ति जनाउदै बैठक छाडेर हिडेका थिए ।

आर्यन, विराजहरू मेरा बच्चा हुन्-रेखा थापा-दुई वर्षभित्र बिहे गर्छु

रेखा फिल्म्स्ले सधैँ नयाँ कलाकारलाई स्थान दियो । एकपटक लिएको कलाकार फेरि अर्कोपटक प्रायस् लिन्नँ । किनकि, अर्कोले पनि चान्स पाउनुपर्‍यो । विराज भट्ट, आर्यन सिग्देल मैले नै ल्याएका मान्छे हुन् । सिरियल खेल्ने केटाहरूलाई हिरो बनाएँ । आर्यन सिरियल खेलिराथ्यो, लोकदोहोरी खेल्थ्यो क्यारे † मैले ‘किस्मत’मा ब्रेक दिएँ । विराजलाई ‘हिम्मत’ खेलाएँ । मैले जन्माएका सन्तान मभन्दा ठूला कहिल्यै हुन्छन् रु उल्टै मसँग नाम जोड्दा चित्त दुख्छ कि दुख्दैन र?

दुइटै हातविनाको मान्छेलाई हिरो बनाउने हैसियत भएकी केटी हुँ म । हिरो चाहिँदैन, हिरो बनाउँछु म । अहिले चलेका हिरोहरू हिजो मसँगै खेलेर हिट भएका हुन् । हो, घमन्डीचाहिँ यहीँनेर भएँ, यस कुरामा म घमन्डी नै हुँ । मान्छेले हैसियत बिर्सनुभएन । सहयोग एकपटक गर्छ मान्छेले, पटक–पटक गर्दैन । स्मरण रहोस्, आर्यन, विराजहरू रेखा फिल्म्स्ले जन्माएको हो । यी त मेरा बच्चा हुन् । तिनीहरूसँग मेरो नाम पटक–पटक जोडेर गसिप किन बनाइन्छ रु यिनीहरूलाई मैले कहिल्यै त्यो लेभलमा राखिनँ । मलाई त यिनीहरूका विषयमा कुरा गर्दा पनि लाज लाग्छ । यिनीहरूसँग मलाई जोडिन्छ, तर म बाटोमा भेट्दा बोल्दा पनि बोल्दिनँ हुँला ।


दुई वर्षभित्र बिहे गर्छु

Friday, December 19, 2014

गर्नै नहुने भो लभ

प्रेम गर्नु पनि ठूलै जोखिम मोल्नु भएको छ अचेल। मायालुको हातमा भएको गुलाब कतिखेर चक्कुमा परिणत हुने हो र त्यो मुटुमा रोपिने हो, ठेगान हुँदैन। प्रेमीप्रेमिका एकअर्कासँग सशंकित र त्रसित हुनुपर्ने अवस्था छ। ुलिभिङ टुगेदरु, बहुसम्बन्ध, विवाहेतर सम्बन्धका कारण पनि थुप्रैले ज्यान गुमाएका छन्। हिंसामा उत्रिएर प्रेमको पवित्रता बिटुलाउनेहरू अन्ततः नष्ट भएरै जाने हुन्। किन र कसरी क्रूर भइरहेका छन् मायालुहरू ? सजना बराल र अम्मर जिसीले तयार पारेको यो सामग्रीमा यसको जवाफ छ। 

घटना १

The Kissable Flower

Psychotria Elata -. Nature never ceases to amaze with us their imagination and embodied consequences 

These gorgeous pair of red luscious lips belongs unusual plant know as Psychotria Elata, Lips Hooker or Psychotria Sublime, but there is another, more mundane -. Shlyuhiny sponge This tropical plant can be found in the rain forests of Central and South America countries like Colombia, Costa Rica, Panama and Ecuador. 

प्रेमको प्रतिक भन्दै औँठी लगाउँछन् नेताहरु

नेपाली नेताहरु औँठीका सौखिन छन् । उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्दसहित औँठी लगाउने नेताहरुको लामै सूची बन्छ ।

क्गकजष्ज्ञिउनीहरुका ‘औँठी प्रसंग’ पनि रोचक छन् । कतिपयले ज्योतिषको सल्लाहमा राशिअनुसारको पत्थरजडित औँठी भिरेका छन्, कतिपय आफ्नो औँठीलाई प्रेमको प्रतीक बताउँछन भने कतिले उपहार पाएर लगाएको नयाँ पत्रिकामा खबर छ ।

'काठमाडौं उपत्यकाभित्र किशोरी यौन सम्पर्कका लागि उपलब्ध छन्,' यस्तो एसएमएस तपाइलाइ पनि अायो ?

 ‘काठमाडौं उपत्यकाभित्र किशोरकिशोरी व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध छन्। थप जानकारीका लागि ९८०८९६९९९२१र९८०८९७०१११ मा फोन गर्नुहोला।’ यो सन्देश ९एसएमएस० शुक्रबार उपत्यकाभर भाइरल भयो। स्विस अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘टेरी डेस होम्मेस’ले ४४७४००३४३६५५ नम्बरबाट पठाएको यो सन्देश सामान्य नागरिक मात्रै नभएर मुलुकका न्यायाधीश, प्रहरी, सञ्चारकर्मीलगायत उच्चपदस्थको मोबाइलमा पुगेको थियो।

होम्मेसले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा बालबालिकाको व्यावसायिक यौनशोषण ९सीएसईसी० को अवस्थाबारे जानकारी हासिल गर्न अभियानका रूपमा पहिलो चरणमा बिहीबार एनसेल र नेपाल टेलिकमका तीन लाख सेवाग्राहीलाई यस्तो सन्देश पठाएको उल्लेख छ। सन्देश भने शुक्रबारमात्रै भाइरल भएको थियो।

मोडल ज्वाला पाैडेल

१३ वर्षपछि निकालियो पेटबाट कैँची

भोक नलाग्ने समस्या लिएर उपचारका लागि गएका एक मानिसको पेटबाट डाक्टरहरुले कैँची निकालेका छन् । निकै भयानक लाग्ने समाचार अनुसार डाक्टरहरुले ती मानिसको आन्द्राबाट ८ इन्च लामो १३ वर्ष पूरानो कैँची निकालिदिएका हुन् ।

 उनले कैँची खाएर पेटमा अड्किएको होइन । न त, जिउमा चमत्कार भएर कैँचीको प्रादुर्भाव भएको । आखिर डाक्टरहरुले निकालेको त्यो कैँची १३ वर्ष अगाडि डाक्टरहरुले नै शल्यक्रियाको क्रममा भुलबस उनको जिउभित्र छाडेका रहेछन् । घटना काजखस्तानको हो । देशको शाखटिन्स्क सहरका एक पुरुषले सहरकै एक अस्पतालमा १३ वर्ष अगाडि पेटको शल्यक्रिया गराउने क्रममा शल्यचिकित्सकहरुले उनको पेटभित्र भुलबस कैँची छाडेका रहेछन् ।

दुइ वर्षका बालिकाका लागि भन्दै ब्रा बेच्न थालेपछि….

दुइ वर्षकी बच्चीले लगाउने ब्रा भन्दै एक कम्पनीले विज्ञापन सुरु गरेपछि त्यसैले ठूलै तरंग ल्याएको छ ।
बेलायतको चर्चित चेन डिपार्टमेन्ट स्टोर जोन लेबिसले २० इनच छाति भएका सानो आकारका ब्रा अनलाइनबाट बेच्न सुरु गरिसकेको छ ।

फूलको छापयुक्त ब्रा सँगै गन्जी र कट्टु समेत उत्पादन गरेर बेच्न थालेपछि त्यसको कडा आलोचना भएको छ ।

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...