संविधानका मुख्य विवादित बिषय शासकीय स्वरुप र संघियतामा निर्णायक छलफल गर्न शनिबार बसेको तीन दलको बैठक चर्काचर्कीपछि स्थगित भएको छ । कान्तिपुर दैनिकमा समाचार छ । बालुवाटारमा बसेको बैठकमा कांग्रेस, एमाले र एमाओवादीका नेताहरूबीच चर्काचर्की भएको हो । प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलिसकेपछि एमाओवादी नेताले आपत्ति जनाउदै बैठक छाडेर हिडेका थिए ।
बैठकमा एमाले अध्यक्ष ओलीले २२ दलीय मोर्चा विघटन गर्ने माग गर्नुका साथै संविधानमा सहमति नभए प्रक्रियामा जाने बताएपछि एमाओवादी नेताहरू बिच्किएका थिए । त्यसअघि प्रधानमन्त्री कोइरालाले दुवै पक्षलाई विनविन हुनेगरी समझदारीमा आउन एमाओवादी नेताहरूलाई आग्रह गरेका थिए ।
लेनदेनकै आधारमा सहमति गरौं । सहमति गर्दा कसैले जित्ने र कसैले हार्ने रुपमा नभई विनविन हुने गरी समझदारी जुटाउँ । समय खेर नफालौुं प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । त्यसलगतै एमाले अध्यक्ष ओली बोलेका थिए । उनले सुरुमै एमाओवादी नेतृत्वमा रहेको २२ दलिय मोर्चा विघटन हुनुपर्ने माग गरेका थिए ।
संविधानमा समझदारी जुटाउन चार पक्षबीच बार्ता भइरहेका बेला आन्दोलनको मोर्चामा बस्नु राम्रो भएन, यो विघटन हुनुपर्छु ओलीको भनाई थियो । साथै, उनले संविधानमा तत्काल सहमति नहुने भए प्रक्रियामा जानुपर्नेमा जोड दिएका थिए । संविधानका लागि कतिञ्जेल पर्खने रुु ओलीको भनाई थियो, सहमति नहुने हो भने प्रक्रियामा जाउँ ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले ओलीको प्रस्तुति यसअघिको तुलनामा नरम रहदारहदै पनि एमाओवादीले बैठक छाडेर जानुलाई आश्चर्यजनक भने । समय मात्रै विताउन खोजेका हुन कि गम्भिर नभएका हुन्, हामीलाई आशंका जन्मिएको छु, उनले भने ।
एमाओवादीले भने सहमतिलाई भन्दा प्रक्रियालाई मात्रै जोड दिन थालेकाले बैठक छाडेको बताएको छ । अध्यक्ष पुष्पकमल दाहालले भनाई राखिसकेपछि एमाओवादीले बैठक बहिष्कार गरेको थियो ।

No comments:
Post a Comment