Tuesday, December 23, 2014

नारायणकाजीले भने, 'पार्टीभित्र सल्लाह नगरी आमहड्ताल घोषणा गर्यो'

एमाओवादी नेतृत्वको मार्चोले सोमबार सिंहदरवारमा आमहडतालसहितको विरोध कार्यक्रमको घोषणा गर्दा आफ्नै पार्टीभित्र सल्लाह नगरेको खुलेको छ । एमाओवादी नेता नारायणकाजी श्रेष्ठ पार्टीभित्र आन्दोलनको कार्यक्रमबारे सल्लाह नगरिएको भन्दै यतिबेला रुष्ट रहेका छन् ।

एक नेताका अुनसार मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गर्दा उनी अर्कै कार्यक्रममा व्यस्त थिए । मोर्चाको बैठकमा अध्यक्ष प्रचण्ड र डा।बाबुराम भट्टराई मात्र उपस्थित थिए । आन्दोलनको कार्यक्रम घोषणा गर्दा उनीसँग कुनै सल्लाह नै गरिएन ।

आन्दोलनको कार्यक्रम अहिले गर्न नहुने भन्दै मत राख्दै आएका श्रेष्ठले आफ्नो असन्तुष्टि पोख्दै आफ्नो ट्वीटरमा लेखेका छन्, ‘म अहिले जे भइराखेको छ त्यसमा असहज महसुस गरिराखेको छु । हामी कता जाँदै छौं ।’ अहिले आन्दोलनको घोषणा गर्दा जनतामा गलत सन्देश जाने श्रेष्ठको ठहर छ । यस विषयमा श्रेष्ठसँग रातोपाटीले बुझ्न खोज्दा उनले भने, ‘अहिले म धेरै प्रतिक्रिया दिन चाहन्न ।’ रातोपाटी.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...