Tuesday, December 23, 2014

ओलीले भने-प्रचण्डलाई नाटकघरले किन लाँदैन ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्ड पछिल्ला दिनमा नाटकीय ढंगले प्रस्तुत भएको भन्दै नाटकघरले किन लाँदैनन् भनेर टिप्पणी गरेका छन् ।
बालुवाटार बैठकमा ओलीले धम्कीपूर्ण भाषा बोलेको र आफूहरुलाई पेलेर जान खोजेको भनेर प्रचण्डले आलोचना गरिरहेकोबेला ओलीले ‘आफूले खस्रो पाउरोटीलाई जाम हालेर चिल्लो पारेर बोलेको’ प्रष्टिकरण समेत दिए ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘कुनै नाटक पनि यति नाटकीय हुँदैन होला । नाटक घरले प्रचण्डलाई किन लाँदैन ?

‘राजा महाराजा होइन’

ओलीले आफू राजा महाराजा नभइ यो देशको पहरेदार भएको पनि बताए ।
प्रचण्डले ओलीलाई जातिय राज्यको अडान छोड्न र बहुमतीय प्रक्रियालाई स्वीकार्न राजा महाराजाले जसरी आदेश दिएको आरोप लगाउँदै आएका थिए ।

उनले जातका आधारमा प्रदेश बन्न नसक्ने अडान दोहोर्‍याए । आफूहरुले सहमतिको लागि खाका प्रस्तुत गरिसकेको भन्दै ओलीले सहमतिमा नआए एमाओवादी संविधान लेखन प्रक्रियाबाट छुट्ने बताए ।

‘कहिलेकाँही हामीले रेल छुटेको हो भन्छौं, तर रेल होइन हामी छुटेका हुन्छौं,’ कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘संविधान बनाउन प्रचण्ड तयार भएनन् भने आफै छुट्छन् ।’

उनले दुई तिहाइ बहुमतले संविधान बनाए देशमा रक्तपात हुन्छ भनेर प्रचण्डले दिएको अभिव्यक्तिको विरोधसमेत गरे ।

प्रचण्डको चेतावनीप्रति कटाक्ष गर्दै ओलीले भने, ‘के भनेको रक्तपात हुन्छ भनेर, के त्यहाँ बाख्रा लगेर काट्ने ?’अनलाइनखबर.कमबाट

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...