Monday, December 22, 2014

यौनजन्य एसएमएस प्रकरण, स्पष्टीकरण सोधियो

तेर दे जोम फाउण्डेसन लोनाज टिडिएचनामक संस्थाले खुलेआम यौन ब्यवसायसंग सम्बन्धीत गलत एसएमएस पठाएको भन्दै केन्द्रीय बाल कल्याण समितिले स्पष्टिकरण सहित उपस्थित हुन पत्र पठाएको छ ।

संस्थाले काठमाडौं उपत्यका भित्र किशोरकिशोरीहरु व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीका लागि यति यति नम्बरमा फोन गर्नुहोला । भन्ने सन्देश शुक्रबार तीन लाख नेपालीको मोवाइलमा पठाएको थियो ।

उक्त एसएमएसले बालबालिका देखि सम्पूर्ण अविभावकसमेतलाई नकारात्मक असर पारेको भन्दै समितिले स्पष्टिकरण सोधेको हो । सोमबार पठाएको पत्रमा उक्त एसएमएसमा समितिको ध्यानाकर्षण भएको बताइएको छ ।



बालसंबेदनशिलतारहित तथा आम रुपमा कानुन निशेधित कार्य गर्न अभिपे्ररित गर्ने अर्थ लाग्ने गरी एसएमएस के कसरी कुन क्षेत्राधिकार भित्र रही के उदेश्य प्राप्तीका लागि मोवाइल मोवाइलमा पे्रसित गरिएको हो सो सम्बन्धमा लिखित जवाफ सहित समितिको कार्याकक्षमा उपस्थित हुन अनुरोध छ सोमबार पठाएको पत्रमा उल्लेख छ ।

यौन शोषणमा परेका बालबालिकालाई संरक्षण गर्ने उदेश्यले सञ्चालन गरिएको बताउँदै आएको उक्त संस्थाले सोमबार पत्रकार सम्मेलन गरी आफुहरुले अनुसन्धानका लागि यस्तो एसएमएस पठाएको जनाएको छ । हामीले यौनशोषणमा परेका बालबालिकाको अवस्थाबारे  अनुसन्धानका लागि जनताको सहयोग जरुरी भएकाले यस्तो एसएमएस पठाएका हौं, संस्थाका प्रतिनिधि नवजीत कर्माचार्याले भने, तर, एसएमएस प्रति आम जनताको बुझाइ अन्यथा भएको नकारात्मक प्रतिक्रिया आएको हो ।

संस्थाले आफुहरुले यौन व्यवसायमा संलग्न क्रियाकलापबाट किशोरकिशोरीहरुलाई बाहिर निकाल्ने प्रयास गर्दै मोवाइल मार्फत अभियान चलाएको जनाएको छ । एसएमएसको भाषा गलत भएको बारे संस्थाले स्वीकार गरेको छैन । कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...