झट्ट सुन्दा जो कोहीलाई विश्वास लाग्दैन । घुस खुवाएर कोही जेल पर्ला रु तर, यो वास्तविता हो । खाडीलगायत अन्य मुलुकमा रोजगारीको लागि पुगेका थुप्रै नेपालीहरु घुस खुवाएर जेल जान्छन् ।
रोजगारीका लागि मलेसिया पुगेका सिन्धुलीका भीम कार्कीले त्यहाँ पुगेपछि पहिले भनिए अनुसारको काम पाएनन । ‘जाँदा ७ सय रियाल दिन्छु भनेको थियो । पुगेपछि ४ सय मात्रै पाइयो । सेवा शुल्क, खाना लगायतका खर्च कटाउँदा एक बर्षमा पनि ऋण चुक्दा नहुने भयो । वैधानिक रुपमा अर्को कम्पनीमा काम गर्न पाइन्न । अन्ततः मैले भाग्ने निणर्य गरे । ’ कार्कीले आफ्नो ब्यथा सुनाए ।
नेपालबाट वैधानिक रुपमा गएका कार्की २ बर्ष अवैधानिक भएर बस्नु पर्यो । अन्तिममा घर फर्कन उनले प्रहरीलाई २ हजार रियाल ९नेपाली ६० हजार भन्दा बढी० घुस खुवाए र मिनरल वाटर बेचेको अभियोगमा जेल पुगे ।
प्रहरीसँगको सल्लाहमा नै उनलाई अवैधानिक बसेर मिनरल वाटर बचेको अभियोग लगाइयो । रक्सी लगायतका अबैध सामान बेच्ने लगायतका अबैध काम गर्दा ठूलो सजाय हुनसक्ने भएकाले उनले सानो अपराध गरेका हुन् । ३८ दिन जेलमा बसेका उनी नेपाली दुतावासको सहयोगमा नेपाल फर्किए । अब कहिल्यै विदेश नजाने बाचा गरेका कार्कीले अहिले गाइपालन व्यवसाय संचालन गरेका छन् ।
हरेक दिनजसो रोजगारीको लागि विदेशमा रहेका कुनै न कुनै नेपाली आफु बस्ने मुलुकका प्रहरीलाई घुस खुवाएर जेल जाने गरेको विदेशबाट फर्केका नेपालीहरुको अनुभव छ । घुस्याहा प्रहरीसँग सम्पर्क गराउने ठूलो गिरोह नै सक्रिय हुन्छ ।
कमाएको धेरैमध्ये थोरै पैसा जोगाएर पनि नेपाल फर्किनुपर्ने नेपालीको वाध्यता छ । नेपालबाट कामका लागि विदेश जाँदा म्यानपावरले भने अनुसारको काम र दाम पाइन्न । थोरै पैसामा काम गर्न मन नलागे अर्को कम्पनीमा जान पूर्ण प्रतिवन्ध छ ।
मलेसिया, साउदी अरेबिया लगायतका देशमा कामका लागि पुगेको धेरै नेपालीको घर फर्किने उपाय जेल नै बन्ने गरेको छ । रोजगारमा गएको देशको नीति–नियम थाहा नहुँदा, झै–झगडामा फस्दा, श्रम अनुमति नलिईकन काम गर्दा वा कार्यस्थल परविर्तन गर्दा जेल पर्ने नेपालीको संख्या ठूलो छ ।
ऋण काढेर विदेश पुगेका कामदारहरूले जेल पर्दा दुःख त पाएकै छन्, नेपालमा रहेका परिवारले समेत सास्ती खेपिरहेका छन् । सामान्य चोरीदेखि ज्यान मुद्दासम्ममा नेपालीहरु विदेशका जेलमा छन् । केहीलाई प्रहरीले विभिन्न आरोपमा समात्ने गरेपनि जानी–जानी जेल पर्नुपर्ने वाध्यतामा भएका नेपालीको संख्या पनि ठूलो छ । भुवन क्षेत्री/अोएनएसन्युज.कम

No comments:
Post a Comment