Monday, December 22, 2014

स्काइपबाट शासन चलाउने राजा

‘तोग्बे ङ्गोरिफिया सेफास कोसी बन्सा’ यानी होईको राजा बन्सा अफ्रिकाको एक असली राजा हुन् । तर, उनी अन्य राजाभन्दा फरक छन् । राज्यसत्ता चलाउन उनी पूरानो ढर्रा अपनाउदैनन् । उनी आफ्नो देशमा पनि बस्दैनन् । जर्मनीमा बस्ने उनी त्यहीँबाट स्काइपको माध्यमले आफ्नो शासन चलाउँछन् ।

  ६६ वर्षीय यी राजा विद्यार्थीका रुपमा धेरै अघि जमर्नी पुगेका थिए । त्यहाँ पुगेपछि त्यही देशसँग उनको प्रेम बस्यो र उनी त्यहीँ बस्ने निर्णय गरे ।   तर, सनु १९८७ मा उनी आफ्नो राज्यको उत्तराधिकारीका रुपमा नियुक्त भए । आफ्नो बुवा र दाजुको साटो हजुरबुवाले उनलाई राजा छानेका थिए । अझ रोचक कुरा त के छ भने उनको दाजु र बुवा देब्रे हात चलाउने भएकै कारण उत्तराधिकारी चयन भएनन् । होई राज्यमा देब्रे हात चलाउनु भनेको बेइमानी हो ।   उनले सन् १९९२ मा सत्तारोहण गरे तर उनी त्यहीँ बस्न भने मानेनन् । उनी आज पनि फ्रांकफर्ट नजिकै आफ्नो जर्मन पत्नीका सथामा बस्छन् ।



उनी त्यहाँ कार बनाउने गराज चलाउँछन् । काम गर्दा गर्दा उनी घानाको दक्षिण पूर्वी भागमा रहेका २ लाख होईका जनतालाई पनि शासन गर्न भ्याउँछन् । यसका लागि उनी स्काइप र टेलिफोनको प्रयोग गर्ने गरेका छन् ।   समाचार माध्यमका अनुसार उनी रातीसम्म उठेर त्यहाँका विवादहरु सुल्झाउने गरेका छन् र वर्षमा कम्तीमा ६ पटक त्यहाँ पुग्छनु । जमर्नीमा बसेपनि उनले आफ्नो राज्यको कामकारवाहीमा कुनै असर हुन दिएका छिनन् । उनले जमर्नीमा बसेर आफ्नो राज्यको स्वास्थ्य क्षेत्रको लागि ठूलो सहयोग जुटाउने काम पनि गरेका छन् ।   केही समयअघि मात्र आफ्नो घरमा चोरी भएपछि उनी समाचारमा आएका थिए । रातोपाटी.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...