Monday, December 22, 2014

ओलीले बिगारे : प्रचण्ड

ओलीलाई मन नपरेको परिवर्तन

ओलीले सामन्ती, संकीर्ण, परम्परावादी सोचको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँलाई परिवर्तन मन परेको छैन । ०६२–०६३ को आन्दोलनमा सुरुदेखि नै उहाँको सहभागिता थिएन । अहिले पनि उहाँले जटिल बनाइरहनुभएको छ ।

दुई पक्षबीच सहमति अनिवार्य
हिजो विस्तृत शान्ति– सम्झौता जस–जसबीच भएको हो, ती दुई पक्ष सहमत नहुँदासम्म दुईतिहाइ त के ९० प्रतिशत भएछ भने पनि त्यस्तो संविधानसभाबाट संविधान बनेको मानिँदैन ।



दुईतिहाइ हुँदा पनि सहमति खोज्यौँ
पहिलो संविधानसभामा  जनजाति, मधेसकेन्द्रित, कांग्रेस–एमालेकै सभासद्ले समेत हस्ताक्षर गरेर मलाई दिएका थिए । तर, कांग्रेस–एमालेलाई छाडेर संविधान बनाएनौँ, किनकि त्यो लागू गर्न सकिँदैनथ्यो ।

प्रधानमन्त्रीले ठोस प्रस्ताव ल्याउनुभएन
प्रधानमन्त्रीले ‘विन–विन सिचुएसन’मा सहमति गरौँ भनेर पटक–पटक भन्नुभएको छ, तर प्रधानमन्त्रीको हैसियतमा ‘गिभ एन्ड टेक’को ठोस प्रस्ताव ल्याउन सक्नुभएन ।

प्रक्रियामा जान पनि सहमति
हाम्रो नियमावलीअनुसार दुईतिहाइ छ भनेर देखाउन प्रश्नावली तयार पारेर प्रस्तुत गर्नुपर्छ र भोटिङ हुनुपर्छ । त्यो प्रक्रिया अगाडि बढाउन पनि प्रमुख राजनीतिक दलबीच सहमति हुनुपर्छ । सहमति नभई नियमावली परिवर्तन
हुन सक्दैन ।

‘सेरेमोनियल’ राष्ट्रपति बन्दिनँ
यही परिवेशमा सेरेमोनियल राष्ट्रपति बन्ने मैले कल्पना पनि गरेको छैन । सेरेमोनियल राष्ट्रपति बन्ने मेरो दिमागको कुनै कुनामा पनि सोच छैन ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...