Sunday, December 21, 2014

चितवनमा ज्ञानेन्द्रलाई कांग्रेस कार्यकर्ताको समेत स्वागत

संविधान जारी गर्ने मिति माघ ८ नजिकिदै जाँदा पूर्वराजा ज्ञानेन्द्र शाह तराईका जिल्लाको भ्रमणमा निस्किएका छन् । उनी आज मध्य तराईको चितवन आइपुगेका छन् ।

ज्ञानेन्द्रसँग नाती हृदयन्द तथा उनका साथी पनि छन् । वुद्ध एयरको नियमित उडानमार्फत दिउसो १ वजे भरतपुर ओर्लिएका पूर्वराजा शाहलाई स्वागत गर्न राजावादी भनेर चिनिएको राप्रपा नेपाल, राप्रपा र कांग्रेसका  कार्यकर्ताहरु समेत विमानस्थल पुगेका थिए ।
स्वागत गर्नेको पहिलो लाईनमा राप्रपाका सभासद विक्रम पाण्डे देखिएका थिए । उनीहरुलाई भरतपुर विमानस्थलमा वाजागाजाका साथ फूलमालामाले भव्य स्वागत गरिएको थियो । स्वागतका क्रममा ‘राजा आउ देश वचाउ,हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ लगायतका नाराहरु लगाएका थिए ।   उनी विमानस्थलवाट सिधै पश्चिम चितवनको मेघौलीतर्फ लागेका थिए । उनी केहीदिन मेघौलीको होटल वाराहीमा वस्ने कार्यक्रम रहेको र यो भ्रमण अत्यन्त निजी भएको उनका सहयोगी सागर तिमिल्सीनाले वताए ।

स्रोतका अनुसार उनी चितवन वसाईको क्रममा सौराहा र केही मन्दिरहरुमा समेत जानेछन् । उनलाई संचारकर्मीहरुले भ्रमणका वारेमा प्रश्न सोधेपनि जवाफ नदिइ हस्का मुस्कार दिएरै टारेका थिए । संविधान जारी गर्ने भनिएको मिति नजिकिदै गर्दा उनले गरेको यो भ्रमणलाई विश्लेषकहरुले अर्थपूण रुपमा हेरेका छन् । उनले यसअघिका केही अन्र्तवार्ताहरुमा राजनैतिक दलहरुसंग आफ्नो छुट्टै सम्झौता भएको दावी समेत गरेका थिए । कतिपयले संविधानमा आफ्नो स्पेस खोज्ने समय भएको र दलहरुलाई संकेत गर्नका लागि पनि पूर्वराजाले भ्रमणमा निस्किएको विश्लेषण गरेका छन् । यसअघि पनि बेलाबेलामा ज्ञानेन्द्र व्यक्तिगत भ्रमणका नाममा देश दौडाहामा निस्कँदै आएका थिए । रातोपाटी.कम

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...