Tuesday, December 23, 2014

करेन्ट लागी घाइते भएका बाँदरलाइ बाँदरले नै गरे उपचार

आखिर मान्छेको पुर्खा न पर्यो । बाँदरमा पनि मानिसमा जस्तै केही प्राथमिक उपचार सम्बन्धि विवेक र अक्कल हुँदो रहेछ भन्ने पुष्टि गरेको छ, एउटा बाँदरले । करेन्ट लागेर मर्नु र बाँच्नुको अवस्थामा पुगेको आफ्नो साथीलाई एउटा बाँदरले प्राथमिक उपचार गरी होसमा ल्याएर बँचाएको छ । त्यो पनि २० मिनेटको समय लगाएर ।

 घटना भारतको कानपुरस्थित रेलस्टेशनको हो । रेल स्टेशन नजिकैको हाइटेन्सन लाइनमा चढेको बेला करेन्ट लागेपछि एउटा बाँदर तल रेलवे ट्रयाकमा खस्यो र अचेत बन्यो ।
अचेत त्यो बाँदरलाई गुडिरहेको रेलले किचेर मार्ने जोखिम थियो । तर एउटा नायक साथी बाँदर घटनास्थलमा आइपुग्यो । चिच्याएर आफ्ना अरु साथीहरुलाई पनि बोलायो ।

त्यो घाइते बाँदरलाई हल्लायो उसलाई होसमा ल्याउन टाउकोमा टोक्यो पनि । करेन्ट लागेर बेहोस बनेको साथीलाई होसमा ल्याउने यो प्राथमिक उपचार झण्डै २० मिनेटसम्म चल्यो । तर यसो गर्दा पनि त्यो बाँदरको होस नखुलेपछि त्यो डाक्टर बाँदरले अर्को अचम्मको उपाय रच्यो । अचेत साथीलाई बोकेर नजिकैको पानीको दहमा लगेर चोपल्यो । धन्य, यो जुक्तिले काम गर्यो ।

 घाइते बाँदरले विस्तारै आँखा खोल्यो । त्यसपछि खुसी बनेको डाक्टर बाँदर र उसका साथीहरुले रेल गुड्नु अगावै घाइते बाँदरलाई रेलको लिकबाट बाहिर सुरक्षित स्थानमा ल्याए । घाइते बाँदरलाई होसमा ल्याएर मात्र पुगेन । डाक्टर बाँदरले उक्त घाइतेलाई सुम्सुमाउने तथा घाउचोटको दुखाइ कम गर्न जिउ कन्याइदिने जस्ता काम गरेको पनि देखियो । प्लेटर्फममा रेल कुरिरहेका मानिसहरुले बाँदरको यो उद्धार कार्यलाई उत्सुकता पूर्वक हेरिरहे र आफ्नो क्यामरामा कैद समेत गरे । अनलाइनखबर.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...