Saturday, December 20, 2014

मस्त्येन्द्रनाथ मन्दिरको तोरनको मूर्ति चोरी

बुंगमती स्थित मस्त्येन्द्रनाथ मन्दिरको मूल ढोकाको तोरनको मूर्ति  चोरी भएको छ  । कान्तिपुर दैनिकमा समाचार छ । सुनको लेप लगाएको लोकेश्वरको ८(८ इन्च भएको मूर्ति चोरी भएको हो । मन्दिरमा बारम्बार मुर्ति चोरी हुने गरेको छ ।

मन्दिर मूल ढोका बन्द हुदा मस्त्येन्द्रनाथ दर्शन गर्न चाहने भक्तजनहरुलाई दर्शन गर्न मस्त्येन्द्रनाथको रुपमा थापन गरिएको मूर्ती चोरी भएको हो ।


मन्दिरका पुजारी नेम राज शाक्यले चोरी भएको मुर्ति सात बर्षअघि राखिएको हो । यहाँको पुरानो बहुमूल्य मुर्ति चोरी भएपछि यो मुर्ति राखिएको हो । चोरी भएको राती २ बजेतिर किरकिर आवाज आइरहेको थियो, मुसा भन्ठानेर त्यसै सुतिरहे,उनले भने, स्थानीयहरु चोर आयो भनेर ग्वाहालि ग्वाहालि कराउन थाले, बाहिर आउदा मूर्ति चोरेर लगिसकेको रहेछ ।

शाक्यका अनुसार मन्दिर भित्र मोबाइलको टावर नटिप्ने भएकाले केहि भएमा कसैलाई खवर गर्न सक्दैन । दातृ निकाय र स्थानीयको सहयोगमा राखिएको मूर्ति चोरी भएको हो ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...