Friday, December 19, 2014

'काठमाडौं उपत्यकाभित्र किशोरी यौन सम्पर्कका लागि उपलब्ध छन्,' यस्तो एसएमएस तपाइलाइ पनि अायो ?

 ‘काठमाडौं उपत्यकाभित्र किशोरकिशोरी व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध छन्। थप जानकारीका लागि ९८०८९६९९९२१र९८०८९७०१११ मा फोन गर्नुहोला।’ यो सन्देश ९एसएमएस० शुक्रबार उपत्यकाभर भाइरल भयो। स्विस अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘टेरी डेस होम्मेस’ले ४४७४००३४३६५५ नम्बरबाट पठाएको यो सन्देश सामान्य नागरिक मात्रै नभएर मुलुकका न्यायाधीश, प्रहरी, सञ्चारकर्मीलगायत उच्चपदस्थको मोबाइलमा पुगेको थियो।

होम्मेसले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा बालबालिकाको व्यावसायिक यौनशोषण ९सीएसईसी० को अवस्थाबारे जानकारी हासिल गर्न अभियानका रूपमा पहिलो चरणमा बिहीबार एनसेल र नेपाल टेलिकमका तीन लाख सेवाग्राहीलाई यस्तो सन्देश पठाएको उल्लेख छ। सन्देश भने शुक्रबारमात्रै भाइरल भएको थियो।



कार्यक्रमको जानकारी र सन्देश पठाउने सम्बन्धमा काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीलाई समेत भेट्न पुगेका संस्थाका कमचारीलाई कार्कीले यस्तो सन्देश पठाउन नहुने जबाफ दिए पनि होम्मेसले जबरजस्ती पठाएको थियो। सन्देश प्रहरीकै उच्च अधिकृतलाई पुगेपछि सोधीखोजी सुरु भएको थियो।

गैरसरकारी संस्था साथी, साथसाथ, विश्वास नेपाल र चेन्ज नेपालसँगको सहकार्यमा सन् २००५ देखि नेपालमा विभिन्न कार्यक्रम गर्दै आएको होम्मेसले प्रमुख जिल्ला अधिकारी संयोजक हुने मनिटरिङ एन्ड एक्सन कमिटीसँग अभियानबारे एमओयूमा हस्ताक्षर भइसकेको जनाएको छ। सन् २०१३ देखि २०१६ सम्म चल्ने यो अभियानले व्यावसायिक रूपमा बाल यौन दुव्र्यवहारको अवस्था चित्रण गर्ने होम्मेसले जनाएको छ।
होम्मेसका नेपालस्थित कन्ट्री रिप्रिजेन्टिभ ज्यासोन स्क्वाईरी छन्।

प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले भने होम्मेसले गर्न लागेको अभियानबारे जानकारी नभएको बताए। उनले भने, ‘यो सन्देश कसरी आयो मलाई थाहा छैन, हामीसँग स्वीकृति पनि लिइएको छैन। मैले प्रहरीलाई कारबाही गर्न निर्देशन दिइसकेको छु।’

एसएसपी कार्कीले यस्तो सन्देश पठाउने सम्बन्धमा कुरा गर्न आए पनि आफूले स्वीकृति नदिएको बताए। उनले भने, ‘बाल यौन दूराचार भएको कुरा कहींकतै जानकारी छ भने हामीलाई दिनोस् भन्ने शब्द राखेर सन्देश पठाउन सकिन्छ तर सिडियो सापसँग मात्रै स्वीकृति लिएर गर्नु भनेको थिएँ। अहिले यस्तो सन्देश आयो, हामीसँगको स्वीकृतिबिना यस्तो सन्देश पठाउनेमाथि कारबाही हुन्छ।’

होम्मेसका कर्मचारी नवजितले भने प्रमुख जिल्ला अधिकारी र एसएसपीसँगको छलफलमा सन्देश पठाउनका लागि तीनचारवटा नमुना देखाइएको र अन्त्यमा उक्त सन्देश पठाइएको बताए। उनले बालबालकाको यौनशोषण हुनु हुँदैन भन्ने उद्देश्यले अभियानका रूपमा यस्तो कार्यक्रम ल्याउन लागिएको बताए।
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआईजी विज्ञानराज शर्माले यस्तो सन्देश कसको सहमतिमा बाहिर आयो भन्नेबारे अनुसन्धान तथा छानबिन गरी कारबाही गर्न काठमाडौं प्रहरी प्रमुख कार्कीलाई निर्देशन दिइएको बताए।  अन्नपूर्णपोस्टमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...