Saturday, December 20, 2014

ओवामा नेपाल नअाउने,जिनपिङको संभावना

आगामी महिना भारतमा आउने हुदाँ पनि अमेरिकी राष्ट्रपति बाराक ओवामाको  दृष्टि नेपालमा परेको छैन । कान्तिपुर दैनिकमा समाचार छ ।  ओवामाले यस पटक दक्षिण एसिया भ्रमण गर्दा नेपाल आउनसक्ने संभावना केलाएर प्रधानमन्त्री सुशील कोइरालाले हालै मात्र औपचारिक निम्तोपत्र नै पठाएका थिए ।

राजदूत पिटर डब्लु बोडीलाई निवासमै बोलाएर अमेरिकी राष्ट्रपतिलाई निम्तो पत्र दिएका थिए ।
भारतको राष्ट्रिय दिवस संविधान जारी भएको गणतन्त्र दिवसमा प्रमुख अतिथीको रुपमा निम्त्याइएका राष्ट्रपति ओबामाले छोटो समयको लागि भए पनि नेपाल भ्रमणका लागि समय मिलाउन आग्रह गर्दै प्रधानमन्त्री कोइरालाले वासिंटन डिसीस्थित नेपाली दूताबास र बालुवाटार दुवै स्थानबाट पत्राचार गरेका थिए ।
नेपालमा छोटो सयममा विभिन्न परिवर्तन हुदै अहिले प्रजातन्त्रको संस्थागत विकास प्रक्रियामा अघि बढ्न लागेको छ । यस्तो समयमा प्रजातान्त्रिक मुलुकका राष्ट्रपतिले सानो स्टपको रुपमा भए पनि नेपाल भ्रंमण गरिदिदा प्रजातन्त्रमा आस्था राख्नेलाई ठूलो मद्दत र हौसला मिल्ने थियो,प्रधानमन्त्रीले राजदूतलाई मात्र भनेनन् पत्रमै लेखेर पठाए ।

राष्ट्रसंघको महासभामा सहभागी हुन कोइराला न्यूयोर्क जादा राष्ट्रपतिसँगको भेटमा पनि उनले त्यस्तो निमन्त्रणा गरेका थिए । २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले क्लिनटनको भ्रमणको पहल गरेका थिए ।

नेपालमा पूर्व राष्ट्रपतिकौ हैसियतमा सन २००८ पछि जिम्मी कार्टरले पटकपटक भ्रमण गरे । क्लिनटनको समयमा प्रथम महिलाको रुपमा हिलारी क्लिनटनले नेपालको औपचारिक भ्रमण गरेकी थिइन । त्यसअघि १२ वर्षअघि अमेरिकी विदेशमन्त्री कोलेन पावेलले नेपालको भ्रमण गरेका थिए । हिलारीको भ्रमणपछि नेपालमा सहायकमन्त्रीस्तरका अमेरिकी अधिकारीले मात्र भ्रमण गरेका छन् ।
जिनपिङको संभावना

चीनका राष्ट्रपति सि जिनपिङले भने सन २०१५ को सुरुवाती महिनामै नेपाल भ्रमण गर्ने निश्चित प्रायः रहेको छ । कुनै ठूलो संकट नआएको खण्डमा उनको भ्रमण हुनेछ । उनको भ्रमणको तयारीस्वरुप धेरै भ्रमणहरु भइरहेका छन् ।
आगामी बिहीबार चिनियाँ विदेशमन्त्री बाङ यी तीन दिने औपचारिक भ्रमणमा नेपाल आउनेछन । उनी चीन फर्केको केही समयपछि नेपाल चीन विदेश सचिव स्तरीय बैठक बस्नेछ । त्यो बैठकमा नै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र अन्य दुईपक्षीय सहयोगको एजेण्डाहरु तय हने अधिकारीहरुले बताए ।
जसरी ओबामालाई निमन्त्रणा गरिएको छ त्यही तवरको निमन्त्रणा भने चिनिया पक्षलाई नगरिएको परराष्ट्र अधिकारीले बताए । त्यसो त चीनले पनि राष्ट्रपति नथा प्रधानमन्त्रीलाई बेइजिङमा रेड कार्पेटको लागि निमन्त्रणा गरेको छैन ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...