Saturday, December 20, 2014

आर्यन, विराजहरू मेरा बच्चा हुन्-रेखा थापा-दुई वर्षभित्र बिहे गर्छु

रेखा फिल्म्स्ले सधैँ नयाँ कलाकारलाई स्थान दियो । एकपटक लिएको कलाकार फेरि अर्कोपटक प्रायस् लिन्नँ । किनकि, अर्कोले पनि चान्स पाउनुपर्‍यो । विराज भट्ट, आर्यन सिग्देल मैले नै ल्याएका मान्छे हुन् । सिरियल खेल्ने केटाहरूलाई हिरो बनाएँ । आर्यन सिरियल खेलिराथ्यो, लोकदोहोरी खेल्थ्यो क्यारे † मैले ‘किस्मत’मा ब्रेक दिएँ । विराजलाई ‘हिम्मत’ खेलाएँ । मैले जन्माएका सन्तान मभन्दा ठूला कहिल्यै हुन्छन् रु उल्टै मसँग नाम जोड्दा चित्त दुख्छ कि दुख्दैन र?

दुइटै हातविनाको मान्छेलाई हिरो बनाउने हैसियत भएकी केटी हुँ म । हिरो चाहिँदैन, हिरो बनाउँछु म । अहिले चलेका हिरोहरू हिजो मसँगै खेलेर हिट भएका हुन् । हो, घमन्डीचाहिँ यहीँनेर भएँ, यस कुरामा म घमन्डी नै हुँ । मान्छेले हैसियत बिर्सनुभएन । सहयोग एकपटक गर्छ मान्छेले, पटक–पटक गर्दैन । स्मरण रहोस्, आर्यन, विराजहरू रेखा फिल्म्स्ले जन्माएको हो । यी त मेरा बच्चा हुन् । तिनीहरूसँग मेरो नाम पटक–पटक जोडेर गसिप किन बनाइन्छ रु यिनीहरूलाई मैले कहिल्यै त्यो लेभलमा राखिनँ । मलाई त यिनीहरूका विषयमा कुरा गर्दा पनि लाज लाग्छ । यिनीहरूसँग मलाई जोडिन्छ, तर म बाटोमा भेट्दा बोल्दा पनि बोल्दिनँ हुँला ।


दुई वर्षभित्र बिहे गर्छु

बिहे र मृत्युबारे भाग्यमा विश्वास गर्छु, सफलताबारे कर्ममा । रेखा थापालाई अफर गर्नै डराउँछन् । हिरोइन मेरो पेसामा हो, तर म एकदमै साधारण केटी हुँ । समाज, देश र नारी जातिलाई सम्मान गर्ने पुरुष जो सानोतिनो घिसिपिटी कुरामा चियोचर्चो गर्ने खालको हुनुभएन । मर्दांगी भएको र पुरुषको परिभाषाभित्र पर्ने मान्छे मलाई मनपर्छ । जो इमानदार, स्वाभिमानी र हक्की स्वभावको होस ।
बिहे गर्ने इच्छा छ, अबको दुई वर्षभित्र गर्छु । मेरा लागि पनि कहीँ न कहीँ कोही न कोही त लेखेकै होला । भेटिएन भने पनि मसँग अथाह उमेर बाँकी नै छ । ५० वर्षको उमेरमै भए पनि गरौँला । के थाहा, न इन्डियाको रेखाजस्तै पो हुन्छु कि ?

सेक्योर’ हुन छविसँग बिहे

‘हिरो’ खेलेपछि फिल्म लाइनमा चल्ने हल्ला नराम्रा लागे । पत्रपत्रिकामा हिरोइनहरूका नराम्रा समाचार धेरै आउँथे । त्यतिवेलै कामना पत्रिकामा निरुता दिदीको धेरैजनासँगको अफेयर र गर्भवती भएको समाचार निस्कियो । त्यो समाचारले मलाई पनि त्रसित बनायो । ‘ओहो, भोलि त बिहे गर्न गाह्रो पर्ने रहेछ, हिरोइनहरूलाई त नराम्रा भन्ने रहेछन्,’ एक किसिमको ‘अनसेक्योर’ फिल गरेँ ।

मैले सत्य बोल्नुपर्छ, त्यतिवेला मलाई सेक्युरिटी चाहिएको थियो । म स्वाभिमानमा बस्न रुचाउँछु, भोलि कसैले नराम्रो भने मैले फिल्म लाइन नै छाड्नुपथ्र्यो होला । ‘बरु बिहे नै गरौँ, एटलिस्ट सेक्योर त भइन्छ’ भन्ने लाग्यो । अनि, मैले छवि ओझासँग बिहे गरेँ । मेरो त्यो निर्णयमा बुबाबाहेक अरू कोही पनि सहमत हुनुहुन्नथ्यो । दुईरदुईवटी स्वास्नीमा फेलियर मान्छे, माया नै गर्ला भन्ने लोभ भयो । ‘सेक्योर’ पनि हुनु थियो । आफ्नै खुसीले छविसँग बिहे गरेँ । तर, त्यो असफल भयो । मैले भन्नुपर्दा सायद त्यो विवाह नै थिएन ।
मैले वैवाहिक जीवनको अनुभूति गर्न नै पाइनँ । श्रीमान्बाट पाउने माया कस्तो हुन्छ, त्यो पाउने चाहना पनि थिएन मलाई । श्रीमान्सँगको जिन्दगी कस्तो हुन्छ, त्यो नियाल्ने फुर्सद पनि थिएन मसँग । सधैँ बाउसँग बसेजस्तो फिल हुन्थ्यो । र, उसले पनि स्वास्नीको व्यवहार कहिल्यै गरेन, जहिले पनि आफ्नो जेठो छोरा भन्थ्यो मलाई । म पनि जवान केटी, सम्भवतस् सधैँ छोरा बन्न सकिनँ हुँला । टिनएजर्स थिएँ, त्यो टाइममा बिहे गर्दा मेरो बुद्धि पुगेन होला ।

मन मिलेन, छुट्टिएँ

छविसँगै बसेर म जवान भएँ । मलाई पनि थाहा छैन, हामीबीच कहाँबाट नराम्रो भयो । राम्रो कहिले र नराम्रो कहिले भयो थाहै भएन । यो सबै समयको खेल हो । मलाई जुन समय जे राइट लाग्यो, त्यही गरेँ । र, यसमा खुसी पनि छु । मैले बिहे गरेँ, खुसी भएँ या पछुताएँ त्यो मेरो नितान्त निजी कुरा हो । १० वर्ष ऊसँग बस्दा मैले जे भोगेँ, जे फेस गरेँ, त्यो समयलाई सम्मान गर्छु । म खुसी भइनँ होला, मलाई खुसी केमा थियो, उहाँले बुझ्नुभएन होला । उहाँले खुसीमा राख्दाराख्दै त्यो खुसी मलाई पचेन पनि होला । यति मात्र भन्न सक्छु– मन मिलेन, छुट्टिएँ ।

कानुनी हिसाबले नेपालमा डिभोर्स गर्दा श्रीमान्को आधा सम्पत्ति पाइन्छ । तर, म यस्ती महिला पात्र हुँ, एक पैसा नलिई उल्टै गाडी गिफ्ट दिएर हिँडेकी केटी हुँ । म सम्पत्ति या कुनै पनि कुरामा लालायित हुने केटी होइन । मैले चर्को घाममा ढुंगामाथि खुट्टामा खिया आउने गरी नाचेर जगेडा गरेको पैसा र ऋणमा किनेको गाडी थियो त्यो । गाडी मेरै थियो, फिर्ता गरेकी होइन ।

जीवन एकपटक पाइन्छ, कोहीसँग सम्झौता गर्नुपर्छ भन्ने मलाई लाग्दैन । कसैको शासकीय प्रवृत्तिमा, कसैको दमनमा बस्नुपर्छ भन्ने जरुरी छैन । कोही कसैको दासी होइन । आफ्नो अडान र इमानदारितामा रम्ने स्वाभिमानी केटी हुँ म । उहाँले रेखाले मेरो घर र गाडी फिर्ता दिई, मैले रेखा फिल्म्स् उसलाई दिएँ भन्नुहुन्छ रे π रेखा नाम कसको हो रु अनि रेखा फिल्म्स् कसरी मेरो नाममा फिर्ता हुन्छ रु कस्तो अजीब कुरा, म त जिल्ल पर्छु । छवि प्रोडक्सन मलाई दिएको हो र रु त्यो त मेरो नाम युज गरेर बनाएको ब्यानर थियो । अनि मेरै ब्यानर मलाई कसरी फिर्ता हुन्छ रु मेरो लाइफमा म मात्रै छु, मेरो बारेमा बोल्ने अधिकार मलाई मात्रै छ । मलाई जुन समय जे राइट लाग्यो, त्यही गरेँ । र, यसमा खुसी पनि छु । अब म ‘पास्ट’का कुरा गर्न चाहन्नँ ।

छवि बीचको पुरुष पर्नुभयो

‘आई एम ब्याचलर’ । आजभोलि चाहिँ कताकता बिहे गरौँ जस्तो लाग्छ । श्रीमान्को महत्त्व कस्तो हुन्छ होला रु बिहे गरेपछि के–के हुन्छ होला रु त्यो चिज बुझ्न मन लागेको छ । बिहे गर्ने उमेर भर्खर त भा’छ । आमा बन्ने रहर अझै छैन मलाई । पहिले त बिहे नै गर्ने रहर छ, अवश्य त्यतिवेला पनि बच्चा चाहिनँ होला ।

स्कुलदेखि नै लैंगिक विभेदको विरोध गर्थेँ । कमाउने छोरी हुँ, छोराबराबर छु । अनि, मेरी ममी दुई दिन आएर बस्दा, दुई छाक खाँदा ‘रेखाकी आमा कति आउँछे’ भन्ने त्यो लोग्नेमान्छेको सोच कति निकृष्ट हो । सरस्वतीकी रूप हुन् मेरी आमा । सबैलाई राम्रो संस्कार दिएर हुर्काउनुभयो । ममी ६० लाग्नुभयो, छवि र ममीमा १० वर्षको ग्याप होला । मलाई लाग्छ, मेरी ममीलाई जजमेन्ट गर्ने हैसियत ऊसँग छँदै छैन । हामी छुट्टिनुमा मेरी ममीलाई दोषी देख्यो । मर्दांगी भएको पुरुषले यस्ता कुरा नगर्नुपर्ने हो, सम्भवतस् उहाँ बीचको पुरुष पर्नुभयो । कमजोर मान्छेले अर्कालाई आरोप लगाउने हो । म आरोप लाउन चाहन्नँ ।

संसारमा सबैकी आमा ममतामयी नै हुन्छन् । कुनै पनि यस्ती आमा छैनन्, जसले आफ्नै सन्तानको घर बिग्रियोस् भन्ने सोच्छ । सम्भवतस् सौतेनी आमाले पनि त्यस्तो सोच्दिनन् होला । छविलाई मेरो प्रतिप्रश्न छ स् पहिली स्वास्नी उहाँले छोड्नुभो । दोस्री स्वास्नी झुन्डिएर मरिन्, उसकी आमाले गर्दा हो रु यदि मेरी ममीजस्तै उसकी आमा भइदिएको भए सायद कुनै स्वास्नी आत्महत्या गर्नुपर्ने, कसैले छोड्नुपर्ने स्थिति आउँँदैनथ्यो होला । राम्रो संस्कार त पाउँथ्यो होला नि † उसको भाग्य नै त्यस्तै छ । ममीलाई सुनाएँ, ‘उसले त तपाईंलाई आरोप लगायो रे नि ’ ममी हाँस्नुभो । ‘बिचरा, कहिले सुध्रने होला है उसको विचार,’ ममीले यति मात्रै बोल्नुभयो ।

मैले छविलाई बनाएकी हुँ

छवि ओझाले आइटम डान्समा पनि पत्याएको थिएन मलाई । नरेश पौडेलले आफ्नी प्रेमिकालाई लिड रोलमा लिएर फिल्म बनाइदिए । तर, रेखा थापाकै ब्यानरमा बनेको ‘अजम्बरी नाता’मा निरुता सिंह लिड रोलमा थिइन् । मलाई एउटा आइटम डान्स मात्र दिइएको थियो । छविको फिल्ममा रेखा थापा कि निरुता सिंहको पछाडि कि करिश्मा मानन्धरको पछाडि एउटा सिनमा मात्रै हुन्थी । छवि ओझाले बनाएका तीनवटा फिल्म हेर्नुस्, कहाँ छु म लिड रोलमा रु अनि कसरी बनायो छवि ओझाले रेखा थापालाई ?

बरु, सोभित बस्नेतले मलाई ‘एक्सन लेडी’ बनाइदिए । मलाई फिल्म इन्डस्ट्रीमा ‘हिरो’ बनाउने सोभित बस्नेत हुन् । उनले ‘दुर्गा’मा मलाई लिड रोलमा लिए । फिल्मले सय दिन मनायो । ‘दुर्गा’मा मेरो क्रेज देखेपछि बल्ल ‘हिम्मत’ बनेको हो । म बिक्न थालेपछि छविले लिड रोलमा लिन थालेका हुन् । छविको एउटा फिल्म खेल्न अरू पाँचवटा फिल्म छाड्नुपथ्र्यो । आर्थिक रूपमा पनि नोक्सानी थियो मलाई ।

हिजो नमस्ते नेपालको टिनको छानामा बस्ने व्यक्तिको आफ्नै घर त बन्यो नि † ब्यानर बन्यो, स्थापित प्रोड्युसर भए । हिजो नरेश पौडेल र श्याम खेतानको पछाडि थर्डमा हुन्थे, मैले फस्र्ट बनाएँ नि त । रेखा फिल्म्स् बनेपछि उहाँ सोले प्रोड्युसर बन्नुभएको हो । फिल्ममा ‘अलरेडी’ मेरो नाम युज गरिन्थ्यो–रेखा थापाको हिम्मत, रेखा थापाको किस्मत । उहाँलाई त कसले चिन्थे र रु र, अर्को कुरा, रेखा थापालाई छवि ओझाले पालेको पनि होइन, म ‘इन्डिपेन्डेन्ट’ केटी हुँ । नयाँ पत्रिकामा खबर छ ।
 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...