Friday, December 19, 2014

गर्नै नहुने भो लभ

प्रेम गर्नु पनि ठूलै जोखिम मोल्नु भएको छ अचेल। मायालुको हातमा भएको गुलाब कतिखेर चक्कुमा परिणत हुने हो र त्यो मुटुमा रोपिने हो, ठेगान हुँदैन। प्रेमीप्रेमिका एकअर्कासँग सशंकित र त्रसित हुनुपर्ने अवस्था छ। ुलिभिङ टुगेदरु, बहुसम्बन्ध, विवाहेतर सम्बन्धका कारण पनि थुप्रैले ज्यान गुमाएका छन्। हिंसामा उत्रिएर प्रेमको पवित्रता बिटुलाउनेहरू अन्ततः नष्ट भएरै जाने हुन्। किन र कसरी क्रूर भइरहेका छन् मायालुहरू ? सजना बराल र अम्मर जिसीले तयार पारेको यो सामग्रीमा यसको जवाफ छ। 

घटना १



काठमाडौँ, सीतापाइलास्थित संगमबस्तीकी २८ वर्षे संगीता लामा र बारा, गढीमाई–१५ का इराज रुम्बाबीच गाढा प्रेम थियो। आर्यन रञ्जित भनिने इराज स्वयम्भू, किमाडोलमा बस्थे। उनको कोठा भाडा संगीताले नै तिर्थिन्। इराज लागुऔषध कारोबारी थिए। उनले संगीतालाई पनि आफ्नै धन्दामा भित्र्याए। लागू औषध स्याम्पलको विषयमा उनीहरूबीच बेलाबखत झगडा पथ्र्यो। संगीता र इराज दुवै विवाहित थिए। एकदिन श्रीमान् दीपकसँग संगीताको ठाकठुक पर्‍यो। संगीता भाउन्निँदै इराजकहाँ पुगिन्। इराजले थुमथुम्याउन खोजे। तर, संगीता उल्टै क्रुद्ध भइन्। र, इराजलाई तथानाम गाली गर्न थालिन्। ुउसले मलाई सहन नसक्ने गरी गाली गरेकाले उसको घाँटीमा सलले बाँधेर, नाक, मुख थुनी उसलाई मारेको हुँ,ु अभियुक्त इराजले प्रहरी बयानमा भनेका छन्।  

घटना २

काठमाडौँ, गोकर्णेश्वर–६ मा डेरा गरी बस्ने ५० वर्षे मीनबहादुर लोप्चन गत भदौ २६ गते आफ्नै घरको बरन्डामा मृत अवस्थामा भेटिए। उनको शरीरमा नीलडाम थिए भने टाउकोमा चोट लागेको थियो। घाउ–चोट देखेपछि प्रहरीले अनुसन्धान थाल्यो। गोकर्णेश्वरकै बासिन्दा कान्छा श्रेष्ठकी कान्छी श्रीमतीसँग मीनबहादुरको अवैध सम्बन्ध रहेको पत्ता लाग्यो। उक्त सम्बन्धबारे चाल पाएपछि कान्छाले रिसइवीका कारण मीनबहादुरको हत्या गरेको स्वीकारेका छन्। उनले मीनबहादुरलाई लाठी र धारिलो हतियार प्रयोग गरी मारेका थिए।  

घटना ३

धनुषा घर भई हाल काठमाडौँ, मैतीदेवीस्थित एफ एन्ड एफ गल्र्स होस्टेलमा बस्दै आएकी रितु महासेठ बालाजुमा बस्ने विमलेशप्रसाद यादवको हातबाट मारिइन्। मंसिर २० गते उनी साथीको बिहेमा जान भनी होस्टेलबाट निस्किएकी थिइन्। अश्लील गाली गर्दै यादवले उनको पेट र छातीमा अन्धाधुन्द छुरा प्रहार गरेका थिए। घटनाको चार दिनपछि समातिएका यादवले रितुले आफ्नो प्रेम अस्वीकार गरेकाले हत्या गरेको बताए। रितुले ुतिमीसँग कुनै पनि हालतमा सम्बन्ध हुन सक्दैनु भनेपछि यादव राक्षस भएका थिए। उनी पहिला रितुकै घरमा ट्र्याक्टर चलाउने गर्थे।

 ०००

 प्रेमलाई सबैभन्दा पवित्र मानवीय भावना मानिन्छ। तर, यसकै कारण उब्जिएका हत्या र हिंसाका घटनाले प्रेममाथि प्रश्न चिह्न लगाएका छन्। यो अब सद्भाव कायम गर्ने कडीमात्रै नभएर मान्छेमा दुर्भाव जगाउने माध्यम पनि बन्न थालेको छ। प्रेम सम्बन्ध डरलाग्दो बन्दै जानुको एक प्रमुख कारण मानिसमा व्याप्त हिंस्रक भावना भएको महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाका डीएसपी देवेन्द्र पाल बताउँछन्। ुप्रलोभन र स्वार्थले मान्छेलाई अन्धो बनाउँछ,ु उनी भन्छन्, ुफेरि, अहिले समाजै संक्रमणकालीन अवस्थामा छ। यस्तो बेला घात÷प्रतिघातका कुरा भइरहन्छन्। र, मानिसमा हिंस्रक भावना जागिरहन्छ।ु   सर्वत्र त्रास गोंगबु, गणेस्थानका अजित ढकालले घुमाउन भन्दै प्रेमिका रीता गुरुङलाई नुवाकोटको सुनखानी–७, सिस्नेरी पुर्‍याए।

 उनीहरूबीच पाँच वर्षदेखि प्रेम सम्बन्ध थियो। तर, पछिल्ला केही महिनायता २३ वर्षे रीताको अर्कै केटासँग प्रेम भएको आशंकामा अजय र रीताबीच खटपट बढेको थियो। सिस्नेरीमा पनि उनीहरूबीच भनाभन भयो। अजितले रीताको घाँटी अँठ्याए। उनी छट्पटिँदै परलोक भइन्। रीताको कम्मरमुनिको कपडा खोलिएको, मुखबाट रगत बगेको र स्टकिङले रूखको हाँगामा झुन्ड्याइएको अवस्थामा शव भेटिएको थियो। रीताको त्यो भयानक हत्याले उनका साथीहरूलाई अत्याएको छ। कक्षा ११ देखि स्नातकसम्म रीतासँगै पढेकी कल्पना तामाङ निष्कर्षमा पुगेकी छिन्, ुलभ त गर्नै नहुने चिज भो। कोहीमाथि विश्वासै गर्नै नसकिने भयो। आशंकाकै भरमा ज्यान लिँदा रैछन्। अब त लभ गर्नु, ब्वाईफ्रेन्ड बनाउनु भनेको काल निम्त्याउनुसरह भयो।ु

अविवाहित छोराछोरीको प्रेम सम्बन्धलाई दुत्कार्दैै आएका बाबु–आमामात्रै होइनन्, अहिले युवायुवती आफैँ पनि ुप्रेमु देखि तर्सिएका छन्। प्रेमको त्रास फैलिँदो छ। मैतिदेवीकी रितु महासेठलाई दिनदहाडै छुरा हानेको घटनाले सोही ठाउँकी कवित्रालाई हायलकायल बनाएको छ। उनी ुसिंगलु हुने बाटो खोज्दै छिन्। ुएक्कासि बे्रक–अप दिऊँ भने रिसइवी मोल्ला भन्ने पिर,ु उनी संकटमा छिन्, ुनदिऊँ भने ुलङ टर्मु का लागि सोचेको सम्बन्ध होइन।ु   जिद्दी प्रेम भनिन्छ, प्रेममा समर्पण हुन्छ।

तर, अहिलेका प्रेमी समर्पण रुचाउँदैनन् र सम्झौताको ुसु पनि सुन्न चाँहदैनन्। मन परेको मान्छेलाई पाउनै पर्छ भन्ने जित पाल्नेहरू स–सानै मनमुटाव वा शंकाकै भरमा अपराधको सुरुङ खन्दै छन्। रितुका हत्यारा विमलेशप्रसादले आफ्नो प्रेम अस्वीकृत भएको झिनो निहुँमा रगतको खेल खेले। गोंगबुकी रीतालाई प्रेमी भनाउँदाको आशंकाले दुनियाँबाट विलय गरायो। ब्रुकलिन कलेजका शिरीष गुरुङको बुझाइमा एकतर्फी प्रेम यस्ता खालका अपराधको जड हो। उनी भन्छन्, ुवान–साइड लभ गर्नेहरू एकदमै आरिसे हुन्छन्। आफूले मन पराएको मान्छे अरूसँग बोलेको, हिँडेको देखिसहँदैनन्। त्यही डाहले उनीहरूलाई जथाभावी गर्न हौस्याउँछ।ु केही समयअघि शुक्रवारमै प्रकाशित प्रेम र हत्यासम्बन्धी सामग्रीका लागि कुरा गर्दा जिल्ला अदालत, चितवनका दीनबन्धु बरालले प्रेम अचेल विकृतिका रूपमा मौलाउँदै गएको बताएका थिए।

उनले भनेका थिए, ुआफ्ना आवश्यकता पूरा गर्न युवायुवती जोसँग पनि प्रेमको नाटक गरिदिन्छन्। र, अन्त्यमा आफैँ फस्छन्।ु महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी पाललाई भने अहिले केटाकेटीको हुकाईमै समस्या छ भन्ने लाग्छ। ुअचेल छोराछोरीले जे माग्यो त्यही पुर्‍याइदिन्छन् अभिभावकहरू। यसले उनीहरूलाई चाहेको चिज पाइन्छ र पाउनैपर्छ भन्ने भान दिलाइरहेको छ। त्यसैले उनीहरू जिद्दी भइरहेका छन्। जिद्दीपन भयानक चिज हो,ु उनको बुझाई छ।   ुलिभिङ टुगेदरु र गर्भपतन बिहेअघि नै गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड सँगै बस्ने चलन हाम्रो समाजमा काउसो बनिरहेको छ। यसका कारण भइरहेका अपराधजन्य घटनाले निकै तनाव थपेका छन्।

प्रेमीको हत्यामा ुलिभिङ टुगेदरु पनि एउटा कारक भएको प्रहरीहरू बताउँछन्। ुगाउँबाट पढाइका लागि काठमाडौँ आउने, पार्टनर बनाउने अनि सँगै बस्ने गरेका छन् केहीले,ु डीएसपी पाल भन्छन्, ुत्यसपछि गर्भ र गर्भपतनलगायत विषयमा उनीहरूबीच खिचातानी सुरु हुन्छ। त्यो खिचातानी हत्याहिंसासम्म पनि पुग्न सक्छ।ु ललितपुर, च्यासलकी रीता थापा र उनका ब्वाइफ्रेन्ड निर्मलराज गिरी ुलिभिङ टुगेदरु सम्बन्धमा थिए। उनीहरूले कोठा ुसेयरु गर्न थालेको आठरनौ महिना भइसकेको थियो। सोही क्रममा रीता दुई जीउकी भइन्। उनले गर्भपतन गराइन्। यही विषयमा उनीहरूबीच मनमुटाव सुरु भयो। विवाद बढ्न थालेपछि निर्मलको मनमा पाप उब्जियो। उनले फागुन १६ गते राति रीताको घाँटी थिची हत्या गरे।

हत्यापश्चात् फरार रहेका उनलाई काभ्रे, सापिङबाट पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको थियो।   बहुसम्बन्ध अचेल स्कुलरकलेज पढ्ने कतिपय केटाकेटीदेखि छोराछोरी भइसकेका महिलारपुरुषसमेत ुमल्टिपल रिलेसनसिपुमा हुने गरेका पाइन्छन्। युवायुवती एकभन्दा बढी व्यक्तिसँग ुअफेयरु चलाउँछन् भने महिलारपुरुषहरू ुएक्स्ट्रा म्यारिटलु सम्बन्धमा कसिने गरेका छन्। यस्ता ुअप्राकृतिक सम्बन्धुहरू जोखिमपूर्ण हुने प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी माधवप्रसाद जोशी बताउँछन्। उनी भन्छन्, ुएकभन्दा बढीसँग प्रेम गर्दा जीवनै धरापमा पर्न सक्छ। अझ, आफू विवाहित भएको खबर दिएरै पनि, समझदारीमा सुरु गरिएका सम्बन्धले झन् धेरै वितण्डा मच्चाइरहेका छन्।ु नेपाल आर्मी क्याभलरी गण सिंहदरबारमा कार्यरत २६ वर्षीय भरत खत्रीले आफ्नै श्रीमती मेनुकाको टाउको छिनाले।

 उनले २०६८ वैशाख २० गते मेनुकालाई बालाजु जंगलमा लगी उनको प्राण लिएका थिए। भरतका साथी संघर्ष गाउँले खत्री हत्याका मतियार थिए। श्रीमतीको हत्या गर्नुको कारण भरतको अर्की केटीसँगको अफेयर थियो। प्रेमिकाको दबाबमा भरतले जेठी श्रीमतीलाई मारेका थिए। पोखरा, माटेपानीका अमर रानामगरको मृत्यु पनि बहुसम्बन्धकै परिणाम थियो। उनी रानीपौवा–११ की कल्पना नकर्मी, जो उनकी प्रेमिका थिइन्, ले बिछ्याएको पासोमा परे। अमरले आफूसँग बिहे गर्छु भनी कसम खाएको तर अर्कैसँग लगनगाँठो कसेकाले उसको हत्या गरेको कल्पनाले कास्की प्रहरीसामु बताएकी थिइन्। ुबिहेले हाम्रो सम्बन्धलाई केही असर गर्दैन भन्थ्यो,ु कल्पनाले यस्तो बयान दिएकी थिइन्, ुतर, उसको व्यवहार फेरियो। त्यसैले मैले कन्ट्रयाक्ट किलरको सहयोगमा अमरलाई मारेकी हुँ।ु   अन्जानको प्रेम सप्तरी, पिपराकी सुषमालाई आफ्नै स्कुलका शिक्षक चन्दनले प्रेम प्रस्ताव राखे। त्यो बेला कक्षा ७ मा पढ्ने सुषमाले प्रस्ताव स्वीकारिन्। गणित पढाउने चन्दनसँग सुषमा प्रत्येक साँझ ट्युसनसमेत पढ्ने गर्थिन्।

बिस्तारै उनीहरूको सम्बन्धबारे गाउँमा हल्ला भयो। सुषमालाई परिवारले रातारात काठमाडौँ पठाए। राजधानी आएपछि सुषमाको मन फेरियो। गाउँको बुढो शिक्षक सम्झेर उनलाई घिन लाग्न थाल्यो। एसएसएलसी परीक्षा दिएर जब उनी गाउँ फर्किइन्, चन्दनले उनलाई पुनः पछ्याउन थाले। एकदिन हटियाबाट फर्किदै गर्दा चन्दनले उनको बाटो छेके। सुषमाले उनलाई धकेलेकी मात्र के थिइन्, चन्दन जाइलागिहाले। उनले सुषमालाई घिसार्दै नहरतिर लगेको देखेपछि गाउँले उर्लिए। पुलिस केस गर्दा लफडा होला भनी चन्दनलाई भारत र सुषमालाई काठमाडौँ पठाइयो। सुषमाले झैँ सानै उमेरमा वा अन्जानमा गरेका यस्ता प्रेमले दुर्घटना डाक्ने गरेका छन्। गाउँमा प्रेम गर्ने र शहरमा आएर बिर्सिने प्रवृत्तिले आपसमा दुश्मनी मोलिरहेका छन्। गाउँमा श्रीमती हुँदाहुँदै शहरमा अर्की भिœयाउने, श्रीमान् विदेशमा छँदा स्वदेशका श्रीमतीहरू परपुरुषसँग लहसिनेजस्ता घटना हाम्रै आँखाअघि हुने गरेका छन्।

तिनले ढिलोचाँडो अप्रिय घटना ननिम्त्याउलान् भन्न सकिन्न। अपराधाशास्त्री माधव आचार्य कलेज पढ्ने युवायुवती एकरदुई भेटमै प्रेममा पर्ने, डेटिङ जाने, यौनकार्यमा संलग्न हुने र समस्यामा फस्ने गरेको बताउँछन्। ुपैसाका कुरा, गर्भका कुरा र सामाजिक प्रतिष्ठाका कुराले उनीहरूबीच मतभेद जन्माउँछ,ु उनी भन्छन्, ुअन्ततः हत्याजस्तो जघन्य अपराधमा मुछिन पुग्छन् उनीहरू।ु   तातो रगतको परिणाम धादिङ तिप्लिङ घर भई काठमाडौँ, गोंगबुमा बस्दै आएका १८ वर्षे युयन तामाङ मध्य–दिउँसो मूल सडकमै मारिए। उनलाई कृष्ण कार्की, सुरेश राउत, सन्तबहादुर तामाङ गरी सातजना केटाले जाल्पाचोकमा बाटो छेकी इँटा, ढुंगा, लात्ती र मुड्की हानी मारेका थिए।

भाइटीकाको दिन तास खेल्दै गर्दा सन्तबहादुरकी श्रीमती रिनालाई अभद्र व्यवहार गरेको र भण्डारीटोलमा कृष्णलाई कुटपिट गरेको निहुँमा युयन मारिएका थिए। हनुमानढोका अपराध महाशाखाका प्रहरी नायब निरीक्षक केशव बराकोटीको अनुभवमा तातो रगत भएको उमेरमा धेरैले आवेशमा आएर हत्या गर्छन्। उनी भन्छन्, ु१६ देखि ४० वर्ष उमेरका हत्यारा धेरै हुन्छन्। सबैभन्दा कममा १३ वर्षको एउटा बालक र सबैभन्दा बढीमा ६२ वर्षको हत्यारा हामीले भेटेका छौँ। युवा उमेरमा झनक्क रिस उठ्ने, रिस कन्ट्रोल गर्न नसक्ने र केही न केही उपद्रो गरेर रिस शान्त पार्न खोज्नेले अपराध गर्ने चान्स धेरै हुन्छ।ु शुक्रबार साप्ताहिकमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...