Monday, December 22, 2014

२६ लाखसहित ढुकुटी खेल्ने २५ पक्राउ

प्रहरीले ढुकुटी खेल्ने, खेलाउने २५ जनालाई २६ लाख नगदसहित पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धले आइतबार बौद्धस्थित लक्ष्मी टोलमा सपना लामाको कोठामा छापा मारी २५ जनालाई पक्राउ गरेको हो । ढुकुटीको हिसाब–किताब गरिरहेको अवस्थामा पक्राउ पर्नेमा २३ महिला र दुई पुरुष छन् । प्रहरीले उनीहरूबाट २५ लाख १५ हजार पाँच सय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ पर्नेमा नानीमाया बस्नेत, शान्ति गुरुङ, पुनम श्रेष्ठ, सुजिता कपाली, मनिता राई, बबिता भट्ट, कल्पना भण्डारी, डोल्मा लामा, गिता थापा, मन्दिरा खड्का र रिता श्रेष्ठ छन् ।
त्यस्तै श्वेता राई, मिना पुन, कमला भुजेल, सुदीक्षा घर्ती, निशा गुरुङ, गायत्री कार्की, पूजा बखती, मैया कार्की, तारा भुषाल, जमुना रेग्मी, सपना लामा, राधा श्रेष्ठ, राजेश बस्नेत र नारायण उप्रेती पक्राउ परेका छन् । पक्राउ परेकालाई राष्ट्र बैंक ऐनअनुसार कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

ढुकुटी खेल्नेलाई पक्राउ गरी प्रहरीले कारबाही गरेको यो दोस्रोपटक हो । दुई वर्षअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले बौद्धबाटै एक समूहलाई पक्राउ गरी कारबाही गरेको थियो । राष्ट्र बैंक ऐनअुनसार अनुमति नलिई त्यसरी निक्षेप संकलन गर्न पाइँदैन । पक्राउ गरिएकालाई उक्त ऐनअनुसार नै कारबाही अगाडि बढाइएको काठमाडौं प्रहरीका प्रवक्ता डिएसपी दिनेश आचार्यले बताए ।

राजधानीका टोलटोलमा ढुकुटीको धन्दा हुने गरेको छ । ढुकुटी खेलेरै कतिपय घरबार डुबेका घटनासमेत रहेको प्रहरी अधिकारी बताउँछन् । यसले आर्थिक अपराध बढाएको प्रहरीको भनाइ छ ।

जुत्तामा ९० लाखको सुन
तातोपानीबाट जुत्तामा दुई किलो सुन लुकाएर तस्करी गर्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरीले आइतबार साँझ तातोपानीबाट आउँदै गरेको बलेरोमा सवार इन्द्रकुमार श्रेष्ठको जुत्ताबाट करिब ९० लाख रुपैयाँबराबरको सुनको दुईवटा टुक्रा फेला पारेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सुराकीका आधारमा गाडी नियन्त्रणमा लिएर चेक गर्दा सुन बरामद भएको हो । ना।२च ४१३५ नम्बरको गाडीमा सवार तातोपानी गाविसका श्रेष्ठ र गाडीचालक धाबो तामाङलाई प्रहरीले पक्राउ गरेको हो । जिम्मी भन्ने चिनियाँ नागरिकले आफूलाई उक्त सुन दिएको श्रेष्ठले बताएका छन् । उक्त सुन काठमाडौं ल्याइदिएबापत ४० हजार दिने बताएपछि आफूले लुकाएर ल्याएको उनले प्रहरीलाई बताएका छन् । श्रेष्ठ तातोपानीमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका व्यक्ति हुन् ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...