Friday, December 19, 2014

१३ वर्षपछि निकालियो पेटबाट कैँची

भोक नलाग्ने समस्या लिएर उपचारका लागि गएका एक मानिसको पेटबाट डाक्टरहरुले कैँची निकालेका छन् । निकै भयानक लाग्ने समाचार अनुसार डाक्टरहरुले ती मानिसको आन्द्राबाट ८ इन्च लामो १३ वर्ष पूरानो कैँची निकालिदिएका हुन् ।

 उनले कैँची खाएर पेटमा अड्किएको होइन । न त, जिउमा चमत्कार भएर कैँचीको प्रादुर्भाव भएको । आखिर डाक्टरहरुले निकालेको त्यो कैँची १३ वर्ष अगाडि डाक्टरहरुले नै शल्यक्रियाको क्रममा भुलबस उनको जिउभित्र छाडेका रहेछन् । घटना काजखस्तानको हो । देशको शाखटिन्स्क सहरका एक पुरुषले सहरकै एक अस्पतालमा १३ वर्ष अगाडि पेटको शल्यक्रिया गराउने क्रममा शल्यचिकित्सकहरुले उनको पेटभित्र भुलबस कैँची छाडेका रहेछन् ।


शल्यक्रियापछि उनको पेटको पूरानो रोग त निको भयो, तर भोक नलाग्ने समस्या भने सुरु भयो । झिकिदे गाँड भन्दा थपिदे गाँड भनेझैँ पूरानो पेटको रोगको उपचारपछि उनलाई खानै मन नलाग्ने भएपछि झनै दुब्लाउँदै गए । उनले ठ्याक्कै खान छाडेपछि उनकी श्रीमतीले कर गरी स्थानीय क्लिनिकमा गएर जँचाउँदा पो खान मन नलाग्नुको गुदी कुरो पत्तो लाग्यो ।

एक्सरेका क्रममा उनको पेटमा कैँची रहेको देखियो । पछि अर्को शल्यक्रिया गरी उनको पेटमा रहेको कैँची निकालियो । पेटमा त्यति ठूलो कैँची अड्किँदा समेत १३ वर्ष सम्म दुखाइको समस्या नहुनु र केवल खान मन नलाग्ने समस्या मात्र देखिनु आश्चर्यको कुरा भएको डाक्टरहरुले बताएका छन् । डाक्टरहरुको लापरवाहीका कारण १३ वर्षसम्म पेटमा कैँची बोकेका ती पुरुषले अहिलेसम्म उक्त अस्पताल र त्यसका डाक्टर विरुद्ध उजुरी नगरेको हुँदा कुनै कारवाही अगाडि नबढाइएको कजाखको चिकित्सा तथा औषधी नियमन समितिले जनाएको स्थानीय एक अनलाइनलाई उधृत गर्दै बीबीसीले जनाएको छ । अनलाइनखबर.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...