Tuesday, December 23, 2014

काठमाडौंमा वैद्य र विप्लव माओवादीका कार्यक्रम एकैदिन

सम्बन्धविच्छेद गरेका मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एकैदिन काठमाडौंमा राष्ट्रियस्तरका कार्यक्रम आयोजना गरेका छन् । माओत्सेतुङको १२१औँ जन्मजयन्तीको सन्दर्भ पारेर दुवै माओवादीले ११ पुसमा कार्यक्रम राखेका हुन् ।



नेकपा–माओवादीले केन्द्रीय समितिको पाँचौँ विस्तारित बैठकको निर्णयअनुसार १० र ११ पुसमा पार्टीको राष्ट्रिय भेला आयोजना गरिने भएको छ । वैद्य माओवादीसँग सम्बन्धविच्छेद गरेपछि चितवनमा भएको नेकपा माओवादीको केन्द्रीय समिति बैठकले ११ पुसमा खुलामञ्चमा जनसभा गर्ने निर्णय गरेको हो । करिब एक महिनाअघि वैद्य माओवादीसँग सम्बन्धविच्छेद गरेपछि विप्लव माओवादीले आयोजना गरेको यो पहिलो सार्वजनिक कार्यक्रम हो ।

नेकपा–माओवादीका पोलिटब्युरो सदस्य नारायण शर्माले पार्टीमा वैचारिक, राजनीतिक तथा सांगठनिक रूपमा देखा परेका गम्भीर प्रकृतिका समस्या र तिनको समाधानका लागि जनवादको अभ्यासका बीचबाट सही निर्णयमा पुग्न राष्ट्रिय भेला आह्वान गरिएको बताए । भेलाले राजनीतिक कार्यदिशामा स्पष्टतासँगै संघर्षका कार्यक्रम तय र विप्लवपक्ष अलग भएपछि खाली रहेको संगठनात्मक ठाउँमा कसलाई राख्ने भन्ने टुंगो पनि लगाउने नेताहरूले बताएका छन् ।

विप्लव माओवादीले भने माओजयन्तीका दिन खुलामञ्चमा कार्यक्रम गरेर शक्तिप्रदर्शन गर्ने तयारी गरेको छ । पार्टीका केन्द्रीय सदस्य झकबहादुर मल्ल सुदीपले जनसभामा कम्तीमा २५ हजार नेता–कार्यकर्ता सहभागी हुने दाबी गरे । पार्टी संयोजक विप्लवले सम्बोधन गर्ने यो जनसभाबाट माओवादी आन्दोलन जीवित रहेको र आफूहरू सशक्त आन्दोलन गर्न तयार रहेको सन्देश दिने सो पार्टीको योजना छ ।

वैद्य माओवादीले तत्कालीन पार्टीसचिव विप्लवले सम्बन्धविच्छेद गरेपछि उत्पन्न राजनीतिक–वैचारिक एवं संगठनात्मक समस्याको हल खोज्न राष्ट्रिय भेला आह्वान गरेको हो । भेलाले पार्टी फुटको कारण खोज्ने भएको छ।

सो माओवादीले तत्कालीन कार्यनीतिका संघर्षका रूपमा संविधानसभाको विघटन, सर्वपक्षीय राजनीतिक सभाको गठन, राष्ट्रघाती सरकारको विघटन र राष्ट्रिय सरकार गठनलाई लिएको छ । राष्ट्रिय भेलामा पनि यसमाथि छलफल हुने भएको छ । राष्ट्रिय भेलाका लागि अध्यक्ष वैद्यले तयार पारेको राजनीतिक प्रस्तावमाथि पोलिटब्युरो बैठकमा छलफल जारी छ ।

उता, नयाँ पार्टी गठन र त्यसको राजनीतिक–वैचारिक कार्यदिशाबारे जानकारी गराउन १५ मंसिरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विप्लवले राष्ट्रिय स्वाधीनता र जनताको अधिकारका लागि सीमाहीन संघर्ष गर्ने घोषणा गरेका थिए । जनताका माग सम्बोधन गर्न गरिने संघर्षमा राज्यले दमन गरे सोहीअनुरूप जवाफ दिइने सो पार्टीको दाबी छ ।

वैदेशिक हस्तक्षेपविरुद्ध देशभक्त, स्वाधीनताप्रेमी, प्रगतिशील र वामपन्थी शक्तिसँग मिलेर प्रतिरोध संघर्ष चलाउने सो पार्टीको घोषणा छ । त्यस्तै, अहिलेको राजनीतिक निकासका लागि संविधानसभा विघटनलाई तत्कालीन नारा बनाइएको छ ।
आजको राजनीतिक संघर्षको अग्रगामी समाधानका लागि संविधानसभा विघटन गरी अधिकारसम्पन्न राष्ट्रिय राजनीतिक सभा गठन गर्नुपर्ने विप्लव माओवादीको माग छ । सो पार्टीले भावी कार्यदिशा र पार्टी संगठनलाई पूर्णता दिन २३ देखि २६ पुससम्म राष्ट्रिय सम्मेलन गर्ने भएको छ । नयाँ पत्रिकामा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...