Thursday, April 23, 2015

पानी प्रशोधनमा नेपाली वैज्ञानिकको अनुसन्धान उत्कृष्ट

११ बैशाख, काठमाडौं । विश्वका बढ्दै गएको पानी र खाद्यान्नको संकट समाधानका लागि विभिन्न २९ देशका वैज्ञानिकले प्रस्तुत गरेका ७० प्रविधिमध्ये नेपाली वैज्ञानिक एमपी भट्ट ९मायाप्रसाद०को टोलीले प्रस्तुत गरेको प्रविधि उत्कृष्ट तीनमा परेको छ ।

अमेरिका, स्वीडेन र नेदरल्यान्डको संयुक्त आयोजनामा पानी र खाद्यान्नको समस्या समाधानका लागि आधुनिक प्रविधिको विकास गर्न विश्वभरका बैज्ञानिकबाट प्रस्ताव आह्वा गरिएको थियो । गत चैत २६ देखि २८ सम्म अमेरिकाको न्यु मेक्सिकोमा भएको प्रतिस्पर्धामा उत्कृष्ठ ठहरिएको प्रविधिलाई आयोजकले डिसेलिनेसन पुरस्कार प्रदान गर्ने गोरखापत्रमा खबर छ ।

सस्तोमा सुन किन्न खोज्दा ३० लाख गुम्यो

काठमाडौं,वैशाख ११ – राजधानीको चाबहिलमा बिहीबार साँझ दुईजनाले सुन व्यापारीको ३० लाख रुपैयाँ ठगेका छन् । गणेशस्थान अगाडि न्यू भिन्तुना ज्वेलर्सका सञ्चालक हीराभाइ शाक्यलाई सस्तोमा भन्दै नक्कली सुन बेचेर उनीहरुले ३० लाख रुपैयाँ ठगेका हुन् ।

सरकारी विद्यालयमा विद्यार्थीको ओइरो

कास्की, ११ वैशाख । कास्कीको लेखनाथ नगरपालिका–१७, भरतपोखरीकी विष्णु नेपाली नयाँ शैक्षिक सत्र सुरु भएको पहिलो दिन बुधबार दुई छोरी विपाशा र दियालाई लिएर स्थानीय सरस्वती टीका उच्चमावि पुगिन्। मर्निङ ग्लोरी एकेडेमी नामक अंग्रेजी स्कुलबाट झिकेर आफ्ना छोरीलाई उनले यही सरकारी स्कुलमा भर्ना गरिन्।

स्थानीय लक्ष्मी कार्की र पार्वती थापाले पनि विष्णुकै सिको गरे। यसपालि अंग्रेजी माध्यमका निजी बोर्डिङबाट आफ्ना सन्तान झिकेर यस स्कुलमा भर्ना गर्ने अभिभावक संख्या पहिलो सातामै १ सय ६२ पुगेको छ। भरतपोखरी गाउँमा मात्रै त्यस्ता अभिभावक सयभन्दा बढी  रहेको छ ।

१० वर्षदेखि निरन्तर विद्यार्थी घटिरहेको यो स्कुलमा यसपालि किन यस्तो आकर्षण देखियो तरु

त्यसका मुख्य दुई कारण छन् स्  सरकारी भए पनि यसपालिदेखि अंग्रेजी माध्यममै पढाउने व्यवस्था र प्राचार्य, शिक्षक तथा व्यवस्थापन पदाधिकारी स्वयंले आफ्ना छोराछोरी निजीबाट झिकेर आफू संलग्न स्कुलमै ल्याउने अभियान।

वैदेशिक रोजगारीमा गएका आफ्ना पतिको कमाइले छोराछोरीको पढाइ खर्च धान्दै आएकी विष्णुका अनुसार बोर्डिङ स्कुलमा छोराछोरी पढाउने अभिभावकको एउटै इच्छा हुन्छ– सन्तानले अंग्रेजी फरर्र बोल्न र लेख्न जानून्। ‘अब त्यस्तो अंग्रेजी त यही सरस्वती स्कुलमै हुने भएछ,’ पार्वतीले भनिन्, ‘त्यसैले बोर्डिङबाट झिकेर बच्चालाई यता राखेँ, बोर्डिङमा जस्तो चर्को शुल्क पनि तिर्नुपर्दैन।’

विद्यालयका प्राचार्य लालप्रसाद भण्डारी आफैंले यस शैक्षिक सत्रदेखि छोरालाई आफूले पढाउने स्कुलमै भर्ना गरेका छन्। ‘आफ्ना छोराछोरी अन्यत्र बोर्डिङमा पढाउँदा हामीले पढाउने स्कुलमा अरूका छोराछोरी पनि आउन छाडे,’ उनले कारण खुलाए।

यति मात्र होइन, भर्ना अभियान सुरु हुनुअघि नै शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले घरघरै गएर अंग्रेजी माध्यममा राम्ररी पढाउने विश्वास दिलाउँदा निजीबाट निकाल्ने होड नै चल्यो।

कास्कीमा सबैभन्दा धेरै जनसंख्या भएको गाउँको यस स्कुलमा १० वर्षयता विद्यार्थी घटेका थिए। त्यसको कारण गाउँको जनसंख्या घट्नु भने थिएन। बरु केही महिनायता मात्र लेखनाथ नगरपालिकामा गाभिएको यो ठाउँ नयाँ बसाइँले भरिँदो नै छ। वरपरिका अंग्रेजी माध्यमका निजी स्कुलमा विद्यार्थी बढ्न थालेपछि भण्डारीले नयाँ तरिका अपनाए जसले अभिभावकको सोचमा ‘यु टर्न’ ल्याइदियो।

एक दशकअघिसम्म १ हजार विद्यार्थीबाट घटेर ४ सय ५० तिर आइपुगेपछि प्राचार्य भण्डारी र शिक्षकलाई आफ्नो अस्तित्वको खोजी हुन थाल्यो। चैतमा एउटा भेला डाकेर सबै शिक्षकले आफ्ना छोराछोरीलाई आफूले पढाउने स्कुलमै भर्ना गर्ने कसम खाए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य र अन्य पदाधिकारी एवं सदस्यले पनि त्यही प्रतिबद्धता जनाए। त्यसैअनुरुप ऋषिले छोरी कृतिकालाई सरस्वती टीकाकै कक्षा ७ मा भर्ना गरेका छन्। समितिका पूर्वअध्यक्ष धर्मराज अधिकारीले त झन् ४ नातिनी र २ नातिलाई निजीबाट निकालेर त्यही स्कुल ल्याए।

‘हामीलाई नाफा कमाउनु छैन, शिक्षक पाल्ने समस्या मात्रै हो,’ प्राचार्य भण्डारीले भने, ‘अभिभावकसँग बोर्डिङका जसरी पैसा चुस्नुपरेको पनि छैन, उनीहरूको सानो सहयोग नै काफी छ।’ नागरिक दैनिकमा खबर छ ।

यस्तो छ न्युयोर्कको यौन संग्राहलय

अमेरिकाको न्युयोर्कस्थित यौन संग्राहलय ९न्युयोर्कस् म्युजियम फर सेक्स० पछिल्लो १३ वर्षयता यौनिकताका हरेक पाटोलाई समावेश गर्ने उल्लेखनीय सामाग्रीहरुको संग्रह तथा प्रदर्शनीका कारण चर्चामै छ ।

साँच्चीकै यो संग्राहलयले यौनिकताका सुस्पष्ट दृश्यहरु प्रदर्शन गरेको छ । जब दर्शंकहरु संग्राहलयभित्र छिरेर पहिलो तलामा उक्लिन्छन् तब चर्चित अमेरिकी पोर्नस्टार लिन्डा लभसेसको ओरल सेक्सको ठूलो भिडियो आँखैमा ठोकिन्छ ।

एउटै तरबार २१ करोड भारुमा लिलाम

भारतको प्राचीन मैसुर राज्यका शासक टीपू सुल्तानको एउटै तरबार २१ करोड भारतीय रुपैयाँ लिलाम भएको छ। १८औं शताब्दीका शासक टीपू सुल्तानको केही हतियार र कवज हालै लन्डनमा लिलामीमा राखिएको थियो।

जहाँ ६० लाख पाउन्डमा उनका ती सामग्रीहरु लिलाम भएका हुन्। त्यसैमध्येको एक विशेष तरबार २१ करोड भारुमा लिलाम भएको हो। उक्त तरबारको समाउने भागमा रत्नजडित बाघको आकृति रहेको छ।

प्रधानमन्त्रीले वेट्रेसको कपाल ताने

एजेन्सी । न्युजिल्यान्डको अकल्यान्डमा रहेको एउटा क्याफेमा काम गर्ने वेट्रेसले प्रधानमन्त्री जोन कीले पटक–पटक आफ्नो कपाल तानेको सार्वजनिक गरेपछि प्रधानमन्त्रीले माफी मागेका छन् ।

ती वेट्रेसले एउटा ब्लगमार्फत् प्रधानमन्त्रीको हर्कत सार्वजनिक गरेपछि प्रधानमन्त्री कीले महिलासँग माफी मागेका हुन् । न्युजिल्यान्डको प्रधानमन्त्री कार्यालयले एक वक्तव्य प्रकाशित गरी ठट्टा गर्ने क्रममा त्यसो गरिएको बताएका छन् ।

सुतेकै १८ लाख पारिश्रमिक !

एजेन्सी । सोच्नुहोस् त, सुती–सुती लाखौँ तलब रु वाहियात कुरा गरेको भन्ठान्नुहोला । यो सत्य हो । अमेरिकाको अन्तरिक्ष अनुसन्धानसम्बन्धी संस्था नासाले यस्तो प्रस्ताव गरेको छ । तर, सर्त छ– ७० दिनसम्म सुतेको सुत्यै गर्नुपर्छ । यत्ति गरेपछि मिल्छ पूरा १८ लाख रुपैयाँ ।

Saturday, April 11, 2015

राष्ट्रपतिकी छोरी अनिता भन्छिन् संविधान बनेपछि लगन जुर्ला कि !

मनोज घर्तीमगर-अनिता यादव राष्ट्रपति डा. रामवरण यादवकी एक्ली छोरी हुन् । राष्ट्रपतिको विदेश भ्रमणमा ‘फस्ट लेडी’को जिम्मेवारी सम्हाल्ने गर्छिन् । उनको फेसबुक पेजमा अपलोड गरिएका स्ट्याटस र तस्बिरबाट बाहेक उनको औपचारिक धारणा कतै सुनिँदैन ।
‘सोसल वर्कर’का रूपमा चिनिने प्रयासमा रहेकी यादवलाई संवादका लागि २७ डिसेम्बर साँझ गरिएको इमेलको सेकेन्डभरमै रेस्पोन्स आयो, ‘सामाजिक इस्युमा मात्रै बोल्छु, राजनीतिबारे बोल्दिनँ ।’ उनले निवासमा निम्तो गरिन्, २४ जनवरी बिहान नौ बजे । मध्यराति सन्देश आयो, ‘जरुरी परेर तराईतिर जानुभयो, सरी ।’ सहयोगीमार्फत उनले २६ चैतमा सन्देश पठाइन्, ‘भोलि बिहान ११ बजे ठाडो ढुंगा, झम्सिखेलमा रहेको अनुज योगा शिविरमा आउनुहोला ।’

योगासनमा राष्ट्रपति डा रामवरण यादवकी सुपुत्री अनिता

एक दिन बुबालाई भनेँ, ‘म योग सिक्छु ।’ ‘इच्छा छ भने सिक,’ उहाँले भन्नुभयो । योग सिकेँ । योगले मान्छेको स्वास्थ्य र सोचाइमा सुधार ल्याउँदो रहेछ भन्ने महसुस गरेँ ।

Wednesday, April 8, 2015

सलमान खानविरुद्द हातपात र चोरी मुद्दा

बलिउड अभिनेता सलमान खानविरुद्द दिल्लीको एक अदालतमा गालीगलौज,हातपात र महत्वपूर्ण कागजात चोरी आरोपको मुद्दाबारे अनुसन्धान सुरु गरिएको छ । भारत सरकार भ्रष्टाचार उन्मूलन समितिका सदस्य रवीन्द्र द्विवेदीले खानविरुद्द अदालतमा मुद्दा दायर गरेका थिए ।

अवैध रुपमा नेपाल बस्ने अमेरिकनलाई १५ लाख जरिवाना

मुलुकमा अवैध रूपमा विदेशीहरू लुकेर बसेको आकलन भइरहेका बेला आठ वर्षदेखि प्रवेशाज्ञाबिना बसेका एक अमेरिकी नागरिकले सरकारलाई मोटो रकम जरिबाना तिरेका छन्।

गैरकानुनी रूपमा झन्डै आठ वर्षदेखि नेपाल बसेका अमेरिकी लेविस स्टेभेनले प्रवेशाज्ञा शुल्क, विलम्ब शुल्क र जरिबानाबापत १४ लाख ९२ हजार सात सय ७७ रुपैयाँ अध्यामगन विभागलाई बुधबार बुझाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

ड्रिम टिम नेपाल अनुसार राष्ट्रपति सत्यमोहन जोशी, प्रधानमन्त्री बाबुराम, गृहमन्त्री रमेश खरेल

ड्रिम टिम नेपाल
राष्ट्रपतिः सत्यमोहन जोशी
प्रधानमन्त्रीः डा बाबुराम भट्टराई
गृहमन्त्रीः रमेश खरेल
रक्षामन्त्रीः नेत्रविक्रम चन्द
परराष्ट्र मन्त्रीः गगन थापा
अर्थमन्त्रीः घनश्याम भूषाल
शिक्षामन्त्रीः राजकुमार लेखी
स्वास्थ्य तथा जनसङख्यामन्त्रीः डाक्टर गोविन्द केसी
उर्जामन्त्रीः गोकर्ण बिष्ट
स्थानीय विकासमन्त्रीः विश्वप्रकाश शर्मा
सूचना तथा सञ्चारमन्त्रीः रविन्द्र मिश्र
युवा तथा खेलकुदमन्त्रीः युवराज लामा
महिला बालबालिका तथा समाज कल्याणमन्त्रीः जयपुरी घर्ती
नागरिक उड्डयन तथा पर्यटनमन्त्रीः रामकुमारी झाँक्री
शान्ति तथा संबिधानसभा मन्त्रीः गोपाल किराँती
सामान्य प्रशासनमन्त्रीः अमरेशकुमार सिंह
शहरी विकास मन्त्रीः अभिशेकप्रताप साह
भूमिसुधार तथा व्यवस्थामन्त्रीः कुमार लिङ्देन
वाणिज्य तथा आपूर्तिमन्त्रीः सत्या पहाडी
सहकारी तथा गरिबी निवारणमन्त्रीः महेन्द्रबहादुर शाही
आवास तथा भौतिक योजनामन्त्रीः शेरधन राई
श्रम तथा सिञ्चाई मन्त्रीः गणेशमान पुन
विज्ञान तथा प्रविधि मन्त्रीः हरिबोल गजुरेल

राष्ट्रिय जागरण अभियान नेपालले सार्वजनिक गरेको ड्रिम टिम अफ नेपालको सुची ।


‘मर्ने न बाँच्ने अवस्थामा छु'

‘म निकै दुःखमा छु। तपाईँलाई थाहा छ, मलाई सुगर र ब्लड प्रेसर छ। क्याम्पमा उपचार हुँदैन। अब के गर्नुपर्छ तपार्इं आफैं बुझ्न सक्नुहुन्छ। नागरिकता पप्पुसँग छ, दाइसँग पठाइदिनुहोला।ु मलेसियाको सिलङ्गोरस्थित सिमिनिया क्याम्प ९घरफिर्ती केन्द्र० मा रहेका एक नेपालीले परिवारलाई लुकिछिपी पठाएको पत्रको पेटबोली हो यो। ती नेपाली अवैध रूपमा मलेसिया बसेको आरोपमा पक्राउ परी जेल सजाय काटेर घरफिर्ती केन्द्र पुगेका हुन्।

Tuesday, April 7, 2015

अब रोजगारीमा कतार जान पैसा नलाग्ने

नेपाल र कतारले नेपाली कामदारलाई शून्य खर्चमा रोजगारमा लगाउने समझदारी गरेका छन् । दुई देशका श्रममन्त्रीबीच भएको समझदारी दुई साताभित्र कार्यान्वयनमा आउनेछ ।

कतारका श्रममन्त्री डा। अब्दुल्लाह बिन सालिह अन खुलाइफीको नेपाल भ्रमणको अन्तिम दिन मंगलबार यस्तो समझदारी भएको हो ।

द्वन्द्वपीडितलाई थप २ लाख राहत

सरकारले सशस्त्र द्वन्द्वमा पारिएका र बेपत्ता व्यक्तिका परिवारलाई थप दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को १३ चैतको बैठकले द्वन्द्वमा मारिएका र बेपत्ता पारिएका व्यक्तिलाई दुई किस्तामा थप दुई लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

१ फागुन ०५२ देखि विस्तृत शान्तिसम्झौता भएको ५ मंसिर ०६३ को अवधिमा राज्य र माओवादीबाट मारिएका र बेपत्ता पारिएका करिब ११ हजारका परिवारले राहत पाउने नयाँ पत्रिकामा खबर छ ।

बन्दमा एम्बुलेन्सद्वारा ठगी

बन्दको मौका छोपेर एम्बुलेन्स चालकले सिकिस्त बिरामीलाई ुव्यापारु बनाएका छन्। बन्दका दिन मंगलबार वीर, पाटन, शिक्षण र परोपकार तथा प्रसूति अस्पताल पुग्दा एम्बुलेन्स चालकबाट ठगिएका प्रशस्त बिरामी भेटिए।

टाइफाइड बिग्रिएर रगत वान्ता गर्न थालेपछि रसुवा र्भोले(३ का ७० वर्षीय डसिङगे तितुँङलाई वीर अस्पताल ल्याउन उनका परिवारले सुरुमा एम्बुलेन्स नै पाएनन्।

मलेसियाको जेलमा नेपालीलाई नांगै यातना

मलेसियामा पक्राउ परेका नेपालीहरुलाई त्यहाँका जेल तथा घरफिर्ती केन्द्रमा नांगै यातना बनाई बेइज्जतीपूर्ण यातना दिने गरिएको खुलेको छ । नागरिक दैनिकमा समाचार छ ।


Monday, April 6, 2015

जनकपुरसम्म पाइपबाट ग्यास ल्याइने

नेपाल आयल निगमले जनकपुरमा ग्यासको भण्डार गृह निर्माण गर्ने तयारी थालेपछि भारतले उक्त स्थानसम्म पाइपलाइन बिछ्याइदिने अनौपचारिक प्रस्ताव राखेको छ । उक्त प्रस्तावलाई नेपालले चासो बढाए जनकपुरसम्म पाइपलाइनबाट ग्यास दिन सकिने भारतीय अधिकारीले नेपाललाई आश्वस्त पारेका छन् ।

ग्रहदशा कटाउन पारसको पूजापाठ, भित्र पूजापाठ, बाहिर नाराबाजी

एकै दिन आधा दर्जन मन्दिरमा

पूर्वयुवराज पारस शाहले सोमबार राजधानीका आधा दर्जन मठमन्दिर र शक्तिपीठको दर्शन गरेका छन् । शिव सेनाका पदाधिकारीको सल्लाहमा पारसले पशुपतिनाथदेखि संकटा मन्दिरसम्मको दर्शन र पूजापाठ गरेका हुन् ।

रमेश खरेललाई फेरि अर्को धक्का

काठमाडौं – श्रीमतीलाई सुराक बनाएर पैसा खाएको आरोप लागेर बदनाम भएका एसएसपी रमेश खरेलको करिअरमा अर्को धक्का लागेको छ ।

भरतपुर तालिम केन्द्रमा समादेशकका रुपमा कार्यरत एसएसपी रमेश खरेलको कामप्रति लोकसेवा गम्भीर प्रश्न मात्र उठाएको छैन,

खसी बलियो बनाउने संगिनी सुई !

काठमाडौं । सुन्दै पनि अचम्म लाग्न सक्छ, परिवार नियोजनको अस्थायी साधन संगिनी सुई खसीलाई पनि लगाइन्छ भन्दा ।

बच्चाको जन्मान्तर कम गर्नका लागि महिलामा लगाइने यो सुई सिन्धुपाल्चोकका किसानहरुले भने खसीलाई नै लगाइदिने गरेका छन् ।

हिमानी कामदारसहित नयाँदिल्लीमा

पूर्वयुवराज्ञी हिमानी शाह आइतबार नयाँदिल्ली गएकी छिन् । निर्मलनिवासका केही कामदार र पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव सागर तिमल्सिनासहित उनी दिल्ली गएकी हुन् ।

चिया साहुनीको अचम्मै–अचम्म!

शान्तिनगर गेटैमा छ, हरिसिद्धि आयल स्टोर । यही आयल स्टोरको ठीकअगाडि एकाबिहानै दर्जनौं ट्याक्सीको लाइन लाग्ने गर्दछ । टयाक्सीको लस्करले संकेत गर्दछ, पेट्रोलियम पदार्थको हाहाकार छ । तर, कुरा त्यस्तो होइन ।

 चियाका लागि ट्याक्सीको लाइन लाग्ने गर्दछ ।
बाटोको छेउमै पेट्रोल पम्पसँगै बिहान चिया पसल थाप्ने गर्छिन्, ओखलढुंगाकी अनुकुमारी कार्की । छातामुनि टेबल राखेर बनाइएको अस्थायी पसल अचम्म दिदीको पसलका रूपमा परिचित छ । बोलीपिच्छे जोड्ने ‘अचम्म’ थेगो नै उनको नाम बनेको छ । अर्को हिसाबले भन्दा पसलको ब्रान्ड ।

Friday, April 3, 2015

काकासँग सल्किएको भन्दै श्रीमतीको यौनांगमा सुपर ग्लू

ती सनकी पुरुषलाई आफ्नी श्रीमती अरु कसैसँग अवैध सम्बन्धमा रहेको शंका लाग्यो । आखिर शंकाले लंका डढायो । श्रीमतीलाई धोकेबाज करार गर्दै उनले स्वाद चखाउन भन्दै श्रीमतीको गुप्तांगमा सुपर ग्लु खन्याइदिए ।

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...