Monday, April 6, 2015

हिमानी कामदारसहित नयाँदिल्लीमा

पूर्वयुवराज्ञी हिमानी शाह आइतबार नयाँदिल्ली गएकी छिन् । निर्मलनिवासका केही कामदार र पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव सागर तिमल्सिनासहित उनी दिल्ली गएकी हुन् ।



हिमानी आइतबार बिहान आठ बजेको उडानबाट दिल्ली गएकी हुन् । उनी एक महिना उतै रहनेछिन् । उनले छोराछोरी भने लगेकी छैनन् । पूर्वरानी कोमलको उपचार र ज्ञानेन्द्रको राजनीतिक तथा पारिवारिक भेटवार्तासमेत गर्दा एक महिनाभन्दा बढी रहनुपर्ने भएकाले हिमानीले अपार्टमेन्टको समेत व्यवस्था गर्ने भएकी छिन् । पूर्वराजा ज्ञानेन्द्र पनि यही साता दिल्ली जाने कार्यक्रम छ ।

पूर्वयुवराज पारस १९ चैतमा स्वदेश फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमानी स्वागत गर्न गइनन् । जब कि अघिल्लो मंगलबार पारसलाई थाइल्यान्डको जेलबाट मुक्त गराउन त्यहाँको राजपरिवारसँग हिमानीले नै कुराकानी गरेकी थिइन् । नयाँ पत्रिकामा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...