Monday, April 6, 2015

खसी बलियो बनाउने संगिनी सुई !

काठमाडौं । सुन्दै पनि अचम्म लाग्न सक्छ, परिवार नियोजनको अस्थायी साधन संगिनी सुई खसीलाई पनि लगाइन्छ भन्दा ।

बच्चाको जन्मान्तर कम गर्नका लागि महिलामा लगाइने यो सुई सिन्धुपाल्चोकका किसानहरुले भने खसीलाई नै लगाइदिने गरेका छन् ।



तीन महिने संगिनी सुईले हर्मोनमा वृद्धि भई छिट्टै मोटो हुने भएपछि किसानहरुले यस्तो सुईको प्रयोग गर्न थालेको खुलासा भएको छ ।

‘संगिनी सुई लगाएका महिलाहरु मोटो हुने गर्छन् । खसीलाई पनि सुई लगाएपछि हर्मोनमा वृद्धि भएर छिट्टै मोटो हुने भएकाले सुई लगाएको देखियो,’ जिल्ला कृषि विकास कार्यालयका एक कर्मचारीले बताएको राजधानीमा खबर छ ।

संगिनी सुई लगाएको खसी मोटो हुने र त्यसबाट राम्रो फाइदा हुने भएपछि किसानले यसको प्रयोग व्यापक रुपमा गर्ने गरेका छन् । मेडिकलबाट किसानले सुई लगेर आफैंले लगाउने गरेका छन् ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...