सरकारले सशस्त्र द्वन्द्वमा पारिएका र बेपत्ता व्यक्तिका परिवारलाई थप दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को १३ चैतको बैठकले द्वन्द्वमा मारिएका र बेपत्ता पारिएका व्यक्तिलाई दुई किस्तामा थप दुई लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
१ फागुन ०५२ देखि विस्तृत शान्तिसम्झौता भएको ५ मंसिर ०६३ को अवधिमा राज्य र माओवादीबाट मारिएका र बेपत्ता पारिएका करिब ११ हजारका परिवारले राहत पाउने नयाँ पत्रिकामा खबर छ ।
उनीहरुले यसअघि नै तीन लाख रुपैयाँ राहत पाइसकेका छन् । थप दुई लाख पाएपछि उनीहरुले पाउने राहत रकम पाँच लाख रुपैयाँ पुग्नेछ ।
शान्ति तथा पुननिर्माण मन्त्रालयका सचिव खुमराज पुञ्जालीले मन्त्रिपरिषदको निर्णयअनुसार रकम निकासाका लागि अर्थमन्त्रालयमा पत्रचार गरिसकेको जानकारी दिए ।

No comments:
Post a Comment