एजेन्सी । न्युजिल्यान्डको अकल्यान्डमा रहेको एउटा क्याफेमा काम गर्ने वेट्रेसले प्रधानमन्त्री जोन कीले पटक–पटक आफ्नो कपाल तानेको सार्वजनिक गरेपछि प्रधानमन्त्रीले माफी मागेका छन् ।
ती वेट्रेसले एउटा ब्लगमार्फत् प्रधानमन्त्रीको हर्कत सार्वजनिक गरेपछि प्रधानमन्त्री कीले महिलासँग माफी मागेका हुन् । न्युजिल्यान्डको प्रधानमन्त्री कार्यालयले एक वक्तव्य प्रकाशित गरी ठट्टा गर्ने क्रममा त्यसो गरिएको बताएका छन् ।
वेट्रेसले ब्लगमा आफ्नो कपाल तान्ने सिलसिला गत वर्षको नोभेम्बरबाट सुरु भएको बताएकी थिइन् । त्यो न्युजिल्यान्डमा भएको पछिल्लो आमनिर्वाचनभन्दा अघिको कुरा हो । उक्त चुनावमा की पुनस् चुनाव जित्न सफल भएका थिए ।
प्रधानमन्त्री कार्यालयको बयानमा भनिएको छ, ‘प्रधानमन्त्रीले ठट्टा–मजाक गर्ने क्रममा यसो गरेका हुन् । उनको इरादा महिलालाई कुनै किसिमको असहज महसुस गराउने थिएन र यसका लागि उनी माफी माग्छन् ।’ प्रधानमन्त्री कीले वेट्ेरससँग माफी माग्ने क्रममा व्यक्तिगत रूपमा भेटेर दुई बोतल वाइन पनि दिएका छन् ।
यसैबीच प्रधानमन्त्रीले सोमबार पत्रकारसँग कुरा गर्दै भनेका छन्, ‘क्याफेका कर्मचारीसँग मेरो मित्रवत् सम्बन्ध छ । हामी त्यहाँ कैयौँ खालका खेल खेल्छौँ, रमाइलो गर्छौं ।’
आफ्नो कपाल बारम्बार तान्ने हर्कतका कारण कीले क्याफेमा आएका बखत आफू तर्कने गरेको र आफ्नो कपाल तानेको आफूलाई मन नपरेको प्रधानमन्त्रीका सुरक्षा अधिकारीलाई बताएको पनि उल्लेख गरेकी थिइन् । उनले अन्ततस् एक महिनाअघि मार्चमा प्रधानमन्त्रीलाई यस्तो नगर्न सीधै भन्दा पनि कीले आफ्नो हर्कत जारी राखेको ब्लकमा लेखेकी छिन् । प्रधानमन्त्रीको यस्तो हर्कतप्रति यहाँका विपक्षीले कडा प्रतिक्रिया जनाएका छन् । नयाँ पत्रिकामा खबर छ ।

No comments:
Post a Comment