Thursday, April 23, 2015

एउटै तरबार २१ करोड भारुमा लिलाम

भारतको प्राचीन मैसुर राज्यका शासक टीपू सुल्तानको एउटै तरबार २१ करोड भारतीय रुपैयाँ लिलाम भएको छ। १८औं शताब्दीका शासक टीपू सुल्तानको केही हतियार र कवज हालै लन्डनमा लिलामीमा राखिएको थियो।

जहाँ ६० लाख पाउन्डमा उनका ती सामग्रीहरु लिलाम भएका हुन्। त्यसैमध्येको एक विशेष तरबार २१ करोड भारुमा लिलाम भएको हो। उक्त तरबारको समाउने भागमा रत्नजडित बाघको आकृति रहेको छ।


त्यस्तै, टीपू सुल्तानको एक बन्दुक १३ करोड भारुमा लिलाम भयो। ‘टाइगर अफ मैसुरु भनिने टीपू सुल्तानको प्रतीक चिन्ह बाघ थियो। जुन उनको सामग्रीमा प्रमुखरुपमा अंकित भएको पाइन्छ।

टीपू सुल्तानको जन्म सन् २० नोभेम्बर १७५० मा कर्नाटकको देवनाहल्लीमा भएको थियो। सन् १७९९ मा मृत्युअघिसम्म ब्रिटेनको इस्ट इन्डिया कम्पनीसँग उनको संघर्ष चलिरहह्यो। उनी संघर्षकैक्रममा अंग्रेजबाट मारिए। त्यसपछि उनको हतियार अंग्रेजले आफ्नो साथमा ब्रिटेन लिएर गएका थिए। सेतोपाटी अनलाइनमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...