Thursday, April 23, 2015

सुतेकै १८ लाख पारिश्रमिक !

एजेन्सी । सोच्नुहोस् त, सुती–सुती लाखौँ तलब रु वाहियात कुरा गरेको भन्ठान्नुहोला । यो सत्य हो । अमेरिकाको अन्तरिक्ष अनुसन्धानसम्बन्धी संस्था नासाले यस्तो प्रस्ताव गरेको छ । तर, सर्त छ– ७० दिनसम्म सुतेको सुत्यै गर्नुपर्छ । यत्ति गरेपछि मिल्छ पूरा १८ लाख रुपैयाँ ।


नासाले एउटा अनुसन्धान गर्नका लागि यस्तो प्रस्ताव गरेको हो । ‘माइक्रोग्य्राभिटी’को लामो समयसम्म रहने प्रभावको अध्ययन गर्नका लागि यस्तो प्रस्ताव गरेको हो । नासाको यो अध्ययनमा सहभागी हुनेले लगातार ७० दिनसम्म तेर्सो परेर सुतिरहनुपर्नेछ ।

यो अध्ययनमा नासाका वैज्ञानिकहरू अन्तरिक्ष यात्रीहरूका लागि शून्य गुरुत्वाकर्षणको स्थितिमा मांसपेशी, मुट र हड्डीहरूको कामकाजका लागि कुन–कुन अभ्यास राम्रो हुनेछ भनेर हेर्नेछन् ।

अध्ययनको दौरानमा सहभागीहरूले टाउकोलाई तल र खुट्टा उचालेर शरीरलाई अलि–अलि घुमाउन सक्नेछन् । नुहाउन र आफू सफासुग्घर राख्नका लागि एउटा प्लास्टिकको ओच्छ्यान मिल्नेछ । उनीहरूले हातले नै सञ्चालित हुने सावर प्रयोग गर्नेछन् । सबै काम तेर्सो परेकै अवस्थामा गर्नुपर्नेछ ।

यसक्रममा सहभागीहरूको शरीरको पछिल्लो भाग र घाँटीमा हुने दुखाइका बारेमा पनि पत्ता लगाइनेछ । नासाको यो अनुसन्धानमा स्वस्थ अमेरिकी वा अमेरिकामा स्थायी बसोबास गरिरहेको व्यक्तिले मात्र भाग लिन पाउनेछ । नयाँ पत्रिकामा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...