Monday, April 6, 2015

रमेश खरेललाई फेरि अर्को धक्का

काठमाडौं – श्रीमतीलाई सुराक बनाएर पैसा खाएको आरोप लागेर बदनाम भएका एसएसपी रमेश खरेलको करिअरमा अर्को धक्का लागेको छ ।

भरतपुर तालिम केन्द्रमा समादेशकका रुपमा कार्यरत एसएसपी रमेश खरेलको कामप्रति लोकसेवा गम्भीर प्रश्न मात्र उठाएको छैन,
भर्ना प्रक्रिया नै रद्द गर्न निर्देशन दिएको छ । जवान पदको भर्ना प्रक्रियाअन्तर्गत पहिलेको अन्तर्वार्ता रद्द गरी पुनः अन्तर्वार्ता गर्न निर्देशन दिएको छ ।

सोही अनुसार प्रहरी प्रधान कार्यालयको भर्ना तथा छनौट शाखाले सोमबार एक सूचना निकाल्दै लिखित परीक्षामा पास भएकाहरुको वैशाख २–७ गतेसम्म फेरि अन्तर्वार्ता हुने भएको छ । लोकसेवाले बनाएको प्रहरी नियमावलीअनुसार अन्तर्वार्तामा नम्बर नदिइएको भन्दै आयोगले पहिलेको अन्तर्वार्ता नै रद्द गराएको हो । यसले एसपी रमेश खरेलको कार्यशैलीप्रति प्रश्न उठेको त छ नै प्रहरीको समग्र भर्ना प्रक्रिया नै विवादमा तानिएको छ,आजको दृष्टि साप्ताहिकमा खबर छ । 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...